कृष्टि राई
भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ ।
काजीराम श्रेष्ठको अध्यक्षता र कृष्टि राईको सञ्चालनमा सुरुभएको कार्यक्रममा प्रमुख अतिथीको स्थानमा केन्द्रीय सदस्य र पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य र अन्य अतिथिको स्थानमा क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे, क्षेत्रीय सदस्य रामबहादुर थापा, विद्यार्थी केन्द्रीय सदस्य सृष्टि राई, विद्यार्थी क्षेत्रीय सदस्य रानी थापा उपस्थित हुनुभएको थियो । श्रमजीवी बर्गको हकहितका लागि वीरगती प्राप्त गरेका शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण पछी तैयारी भेलामा साहभागिहरुलाइ नगर सदस्य नारायण शर्माले स्वागत गर्नुभएको थियो ।
भेलाको उद्घाटन केन्द्रीय सदस्य र पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्यले गर्नुभएको थियो । उहाँले आफ्नो मन्तव्य राख्दै मूल प्रवाहको स्थापना देखिनै भारतस्थित नेपालीहरुको हकहितको लागि सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो ।
भेलाले बिभिन्न तयारी समितिहरू चयन गरेको छ । चयन भएका समितिहरूको प्रस्तुति नगर कोषाध्यक्ष किशोर राईले गर्नुभएको थियो । जसमा काजीराम श्रेष्ठको संयोजकत्वमा १६ सदस्यीय मूल समिति गठन गरियो । जसमा: १. किशोर राई, २. कृष्टी राई, ३. अर्जुन नेपाली, ४. डम्बर के.सी. ५. धुर्व थापा ६. गोपीश्वर शर्मा, ७. राम प्रसाद घिमिरे, ९. रामबहादुर थापा, १०. किरण पुन, ११. देवबहादुर बगाले, १२. राजु बुढा मगर, १३. गिरबहादुर थापा, १४. होम बहादुर कुमाल, १५. रमेश परियार, १६. डी. वी. राना रहनुभएको छ ।
किशोर राईको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति गठन गरियो जसमाः १. रबहादुर थापा, २. धुर्व थापा, ३. नारायण शर्मा, ४. काजीराम श्रेष्ठ, ५. अर्जुन नेपाली रहनुभएको छ ।
काजीराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरियो जसमाः १. किशोर राई, २. कृष्टी राई, ३. रामप्रसाद घिमिरे, ४. राम बहादुर थापा, ५. अर्जुन नेपाली रहनुभएको छ ।
मेश व्यवस्थापनको जिम्मा रामप्रसाद घिमिरे र अर्जुन नेपालीलाई दिइयो । राम बहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय स्वयं सेवक समिति गठन गरियो जसमाः १. धुर्व थापा, २. डम्बर के.सी. ३. गोपीश्वर शर्मा, ४. अर्जुन नेपाली, ५. रमेश परियार, ६. गिर बहादुर थापा, ७. नरेश जी.सी., ८. भीमबहादुर जी.सी., (। फूल माया कुमाल) १०. फूलकुमारी राई, ११. कृष्टी राई, १२. यधु धिताल, १३. बुद्ध थापा, १४. किरण पुन, १५. डी.वी. राना रहनुभएको छ र प्रचार–प्रसारको जिम्मा नगर , विभागहरुको सबैसदस्यहरुलाइ दिइयो ।
त्यसैगरी अतिथिहरू, नगर र विभिन्न एरिया टोल विभागबाट प्रतिनिधित्व गर्नुभएका सदस्यहरुले आफ्ना भनाइहरू राख्दै दशौं नगर सम्मेलन र २०८१ सालको हरितालिका तीज सफल पार्नको लागि अग्रिम सफलताको शुभकामना दिनुभएको थियो।