बासको तामा खादाका फाइदाहरु के–के छन् ?

विश्वमा सबैभन्दा छिटो बढ्ने विरुवा बासको तामा हो । मोसो प्रजातिको बासको तामा एक दिनमा १०० सेमी बढ्ने गर्दछ । विश्वको धेरै देशमा मानिसहरुले बासको तामालाई खानको रुपमा प्रयोग गर्ने गरेका छन् । नेपाल लगायत इन्डिया, इन्डोनेसिया, चीन, कोरिया आदि एशियन देशहरुमा खाने गर्दछन । बासको तामालाई धेरै रुपमा प्रयोग गरेर खान सकिन्छ तामालाई उसिनेर, तरकारी बनाएर, अचार बनाएर, अथवा न्यूडल्स आइटम्समा मिसाएर खान सकिन्छ ।

ओसिलो माटो र छाँया पर्ने ठाउँमा उम्रिने गरेको तामाको तरकारी मानिसहरुमा निकै नै लोकप्रिय छ । होटेल–रेष्टुरेन्टहरुमा पनि तामाको परिकार निकै महंगोमा विक्री हुने गरेका छन् । तामामा प्रोटिन फाइवर भिटामिन मिनरल्स आदि पाइन्छ । भरखरै काटेको बासको तामा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, थायमिन, नाइसिन र फसफोरस प्रशस्तै पाइन्छ साथै व्याल्सियमम्याग्नेसियम, जिंक, पोटासियम र कपर पनि प्रशस्त मात्रामा पाइन्छ ।

तामाको स्वाद सबैलाई मन पर्छ भन्ने हुँदैन तर यसको सेवन मानव शरिरको लागि हितकारी छ भन्ने कुरा पाउन जरुरी छ । तामाको सेवनले धेरै थरीका स्वास्थ्य समस्याहरु समाधान गर्दछ ।

बासको तामाका फाइदाहरु निम्नानुसार छन् 

  • तामामा फाइटोस्टेरोयल र फाइटोन्यूट्रन्टस पाउने हुने भएकाले तामा निरन्तर खाइरहने मानिसमा कोलेस्ट्रोल घट्छ र मुटुरोग लाग्ने सम्भावनालाई कम गर्दछ ।
  • बासको तामामा प्रशस्त पोटासियम पाउने हुनाले हाम्रो शरीरको रक्तचाप घटाउने र नियन्त्रणमा राख्न् काम गर्दछ । 
  • तामामा डाइटरिफाइवर पाउने भएकाले शरीरमा क्यान्सर हुनबाट बचाउँछ ।
  • तामामा नियिमत रुपमा खाइरहने महिलाहरुमा महिनावारी सम्बन्धी समस्या निको हुन्छ र घाउचोटपटक लागेको छिटो निको हुन मद्धत गर्दछ ।
  • तामामा एकदम थोरै मात्रामा फ्याट पाउने भएकाले शरीरको मोटोपन घटाउन सहयोग गराउनुको साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
  • तामामा पाइने प्रिन्वायोटिक्स व्याक्टेरियाले शरीरको पाचन प्रणालीलाई बलियो बनाउँछ ।
  • कलिलो तामालाई उमालेको पानीमा मह मिसाएर खाने गरेमा श्वासप्रश्वास सम्बन्धी समस्या समाधान गर्दछ र पेट दुखाई पनि निको पार्दछ ।

ताजा तामामा धेरै थरीका पौष्टिक तत्वहरु पाउने भएता पनि तामालाई बट्टामा राखेर अमिलो बनाइएको अचार नखाएकै राम्रो हुन्छ । अमिलो तामाले ग्यास्ट्राटिसको समस्यालाई बढाउन सहयोग गर्दछ । तामालाई  नपकाई खानु हुँदैन किनभने काँचो तामामा साइनाइड तत्व पाइने भएकोले मानव शरीरलाई असर गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार