![](http://nepaliekta.com/wp-content/uploads/2024/11/Sok1.jpg)
पञ्चकुला–डेराबसी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला–डेराबसी महिला नगर सदस्य कमला आचार्यको बुबा कमल प्रसाद खनाल वर्ष ७५ को आज ३० नोबेम्वर २०२४ को दुःखद निधन पछि वहाँलाई पितृशोक परेको हो ।
दिवांगत कमल प्रसाद खनाल मूल प्रवाह पञ्चकुला–डेराबसी नगर सचिव सुरेश आचार्यको ससुरा तथा वहाको पत्नी कमला आचार्यको बुबा हुनुहुथ्यो । लामो समयदेखि प्यारालाईसिस ग्रस्त दिवांगत कमलप्रसाद खनाल केहि वर्षदेखि भारतको चंडिगढ, पञ्चकुलामा उपचाररत हुनुहुन्थ्यो ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं १० निवासी स्मृतीशेष कमलप्रसाद खनालको आज पञ्चकुलामा दुःखद निधन पछि वहाको पार्थिव शरिरलाई चंडिगढको मनिमाजरा घाटमा मूल प्रवाहका नेता कार्यकर्ता तथा पारिवारिक सदस्यहरू र आफन्तजन समेतको उपस्थितिमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार पछि नगर सचिव थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली सभामा एकमिनट मौनधारण गरिएको थियो ।