- सुरेशकुमार पाण्डे
अहिले यो (COVID -19) ले संसार हल्लाएको अवस्था छ । दिनानु दिन यो रोगबाट पिडित हुनेको र मृत्यु हुनेको संख्यामा लगातार बृद्धि भएको छ । अहिले संसार भरिका बिभिन्न देशहरुमा १२ लाख ७६ हजार ५७१ संक्रमिक भएका छन्, त्यस मध्य ६९ हजार ५२२ जनाले ज्यान गुमाई सकेका छन्, २ लाख ६५ हजार ९४४ जना भने निको भई आफ्नो घर फर्किसकेका छन् । हाम्रो देश नेपालमा अहिलेसम्म ९ जना संक्रमिक भएको बताइएको छ । तर दुःख साथ भन्नु पर्दा यो अत्यान्तै गम्भिर परिस्थिति आइपरेको बेलामा, कतिपयले यसैबाट पनि आर्थिक एवं राजनैतिक फाइदा उठाउने कोशिस गरेको आभास हुन्छ ।
हामी प्रवासमा बसेका नेपाली श्रमजिविहरुले भारत सरकारले गरेको लाकडाउनको घोषणा अनुसार जो जहाँ थियौँ, त्यहिं बसेर त्यो घोषणाको पालना गरेकाछौँ । सवाल निर्देशनको मात्रै होइन, सवाल सुरक्षासँग सम्बन्धित हो । जसले गर्दा हामीले भारतको वा नेपालको जुन सुकै पनि सरकारले जनपक्षिय निर्णय गर्छ भने त्यो मान्नु पर्ने हुन्छ, तर कतिपय साथिहरुको भारतमा काम बन्द भएपछि वा होटेलहरु, कलकारखानाहरु भन्द भएपछि उनीहरुले स्वदेश फर्कने निर्णय गरे । एकता समाजले उनीहरुको मज्बुरीको मुल्यांकन गरेर सरकार वा भारतस्थित नेपाली राज दूतावाससँग सम्पर्क गरि कैयौँलाई बोर्डरसम्म पुराउँने काम भयो । त्यसपछि सरकारले पुरै लकडाउन गरेपछि पनि कुनै सवारी साधन नगएको हुँदा, कतिपय साथिहरु पैदल बोर्डरसम्म पुगे ।
बोर्डर एकता समाजले चाहेर खुल्ने वा बन्द हुने पनि हुँदैन । त्यसका लागि दुबै देशका सरकारहरु बीच कुटनैतिक पहल तथा एक अर्कासँग वार्ता गर्नुपर्ने आवश्यकता हुन्छ । उनीहरुलाई बारम्बार दिएको दवाबको परिणाम दुबै देशका कुटनीतिज्ञहरुको बार्ता पछि भारतमा भएका नेपालीहरुलाई भारत सरकारले र नेपालमा भएका भारतीयहरुलाई नेपाल सरकारले ब्यबस्था गर्ने समझदारी भएको छ । त्यो समझदारी विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नै छ । तर नेपाल जान चाहेका नेपालीहरुलाई नेपाल भित्राएर उनीहरुलाई प्रशासनको सुपरबिजनमा स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार व्यवस्था मिलाउनु पर्नेमा नेपाल सरकारको खासै ध्यान गएको देखिंदैन । किन कि यदि यो रोगबाट संक्रमित एक जना मात्रै पनि कुनै भिडमा पुग्छ भने सिंगो नेपाललाई संक्रमति बनाउने छ । त्यसले गर्दा सबै देशप्रेमीहरुले यो समस्यालाई बुझेर मात्रै पाइला चाल्नु नै उत्कृष्ठ बुद्धिमत्ता हुन्छ । यो महत्वपूर्ण सवालमा सरकारको जिम्मेवारी हुन्छ । सरकारको अमेरिकामा बस्ने, चीनमा बस्ने र भारतमा बस्ने नागरिकलाई हेर्ने दृष्टिकोण पक्षपातपूर्ण हुनु हुँदैन । सरकारी निकायबाट पहल गरेर बोर्डरहरुमा अलपत्रपरेका नेपालीहरुको सुरक्षा र ब्यबस्था गर्नुपर्ने थियो, तर जो सरकारको तर्फबाट ध्यान दिएको देखिंदैन, एक प्रकार भन्नु पर्दा सरकारले कुनै पहल नै गरेन ।
कतिपय साथीहरु र शुभचिन्तकहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गर्नु पर्यो भनेर पनि आफ्ना बिचार अगाडि सार्नु भएको छ । उहाँहरुले त्यसो भन्नुको तात्पर्या के हो ? मूल प्रवाहले कुनै पहल नै गरेन भन्न खोजेको त होइन ? अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना काल देखि नै लगातार भारतस्थित नेपाली श्रमजिविहरुको पक्षमा काम गर्दै आएको छ । अहिले पनि एकता समाजले भारतस्थित नेपालीहरुको हितमा लगातार आवाज उठाउँदै आएका छ । बरु कमजोरी कहाँ छ त ? हामीले समय–समयमा जारि गरेका बिज्ञाप्तिहरु नेपालका मिडियाहरुले प्रकाशित गर्दैनन्, मूल प्रवाहको आवाजलाई सरकार समक्ष पुराउँदैन सहयोग गर्दैनन् । भारतको नयाँ दिल्ली स्थित राजदूतावास मार्फत सरकारलाई ज्ञापनहरु दिई लगातार घचघचाउने काम भइरहेको छ । साथै भारत स्थित नेपालीहरुलाई यो लकडाउनको बेलामा घरबाट बाहिर ननिस्कन पनि एकता समाजले लगातार ध्यानाकर्षण गराउँदै आइरहेको छ । सामाजिक संगठनले गर्ने काम भनेको बैधानिक पक्षका सबै काम कारवाहीहरु एकता समाजले निरन्तर गर्दै आएको छ, तर पनि यो अहिलेको लकडाउनमा जुन दुई देशका सरकारहरु बिच दुबै देशको स्वास्थ्या सुरक्षालाई लिएर भएको सझदारी महत्वपूर्ण हुँदाहुँदै पनि त्यो राजनैतिक मुद्धा हो । जसलाई देशका बुद्धिजिवीहरुसँग संस्थाहरु तथा राजनीतिक पार्टीहरुले गम्भिर भएर यसबारे बिचार बिमर्श गर्नु अहिलेको आबस्याकता हो ।
कतिपय साथिहरुले यो विषम परिस्थितिमा नकारत्मक तरिकाबाट राजनीतिक दाउँ चाल्न थाले पछि यसको ठिक त्यो अबस्था हुन सक्छ जसरी आकाशतर्फ फर्केर थुक्नु । कसैले आर्थिक सहयोग दिएर, कसैले भौतिक सहयोग दिएर र कसैले नीतिगत सहयोग दिएर यो मानव दुश्मन महामारीलाई पराजित गर्न सक्किन्छ तर यसैमा आफ्नो राजनीतिक भबिष्य देख्नुभयो भने त्यो दुर्भाग्यबस आत्माघाति नै हुने निश्चित छ ।
यो लकडाउनको समयमा कसैलाई कतै जान पाएको अवस्था छैन, मात्र प्रसाशन र स्वास्थ्य कार्यमा खटिएकाहरु बाहिर हिँड्न पाएका छन् । यो अबस्थामा एकता समाजले यो गरेन, त्यो गरेन भनेर बोलेको आगोमा यदि कसैले घ्यू राख्ने दुष्सहास गर्छ भने त्यो संगठन र संगठनका इमान्दार कार्यकर्ताहरुलाई कतै सह्य हुने छैन । भारतमा बसेका सबै नेपालीहरु अहिले समस्यासँग जुझिरहेको परिस्थिति छ । कसैले साहनुभुती दिन चाहँदैन भने, नकारात्मक सोंच पनि नराख्दा राम्रो र उत्तम होला ।
अहिले धेरै केहि नभन्दै हामी सबै देश र जनताको हितमा जो जहाँ छौँ त्यहिं रहौँ । सीमानामा भएका हाम्रा सुभचिन्तकहरुको उत्थान र ब्यबस्थापनका लागि आफ्नै देशभित्र लगेर छुट्टाछुट्टै (Quarantine) को ब्यबस्था गर्नु पर्नेमा सबैको ध्यान जानु पर्ने आवश्यकता पनि कम्ती चुनौतिपूर्ण छैन । कृपया कसैले पनि यो अबस्थामा राजनीतिक फाइदा उठाउनलाई पिडितहरुबाट फाइदा लिने जमर्को नगरोस् । अहिलेको समस्या तागतले हल गर्ने समस्या होइन, बरु बिवेक, सहनशिलताबाट यो संकटलाई पराजित गर्न सकिन्छ ।
४ अप्रेल २०२०,