राम प्रसाद पौडेल
मिते रोजगारीको लागि भारतमा आएको २० बर्ष भयो तर उसले यहाँ कुनै राम्रो कम्पनी वा संस्थानमा स्थायी प्रकारको काम पाउन सकेन । सधैं जताततै भौतारिएर दश हण्डर खाँदा पनि आफुले भने जस्तो र सोंचे जस्तो काम पाउन नसक्नु आफ्नो किस्मतको खेल भन्दै कर्मलाई दोष लगाउँदै आफ्नो जिबिकाको लागि फुट्पाथ मै काम गर्दथ्यो।काम फुटपाथमा गरे पनि बर्ष को एकपटक परिवार सङ भेट हुन नेपाल जाने गर्दथ्यो । त्यही समयमा उसले गाउँका इस्टमित्र, दाजुभाइ र सबै आफन्त जनसँग भेट गरि एक बर्ष पछि फेरी भेट हुने बाचा गरि नेपालबाट भारत आउँथ्यो । यतिखेर पनि नेपाल जाने तयरी गर्दै थियो तर यति बेला बिस्वब्यापी रूपमा फैलिएको कोरोनाको कारणले गर्दा लकडाउन छ, जसको कारणले यातायातका सबै साधन र माध्यमहरु केहि छैनन् । त्यसैले उ नेपाल जान पाएन ।
अब उ पिरोलिन थालेको छ, काम गर्नलाई काम छैन, खानलाई राशन पानी छैन, बाहिर कहिँ कतै निक्लनु छैन । यस्तो अस्तब्यस्त अबस्थामा रमिते मनलाई पिडाबोध गराउँदै दिन काटेको छ । मनमनै सोंचिरहेको छ– “हे भगवान यस्तो के दशा आइलाग्यो, नत यसको कुनै ओखतिमुलो छ, नत देखिने कुनै दृष्य छ । किन मानिसहरुलाई यति धेरै दुःख दिएर तडपाएको छ ? मानिसको के दोष छ र दैब किन यस्तो गराएको ? हुनत यो कलियुगमा केहि न केहि अशुभ घटनाहरु धरैजसो घटिरहेका हुन्छन, यो कलियुगमा मानिसहरु अधर्मी र अल्छी भएका छन्, आफु बाहेक अरुको कुनै पनि चासो र चिन्ता नलिने खालको स्वार्थी चिन्तन बढेर गएको छ । यहि स्वार्थले मानिस मानिसको बिचमा यतिबिधी घृणा र बितृस्णा अनि हेलत्वको भाबाबोध बढाएको छ । सायद कलियुग भन्ने यहि होला जताततै स्वार्थ, खिंचातानी, मै खाउ, मै लाउ, सुख सयल मै गरुँ भन्ने मानब रुपि दानब यहि कलियुगमा आउँछन् र सबै तहसनहस बनाउँछन् भन्ने कुराको गाउँमा प्रचार हुन्थ्यो सायद रहेछ ।”
उफ ! के गरु कसलाई गुहार लगाऔं यो छट्पटी भएको मनलाई कसरी काबुमा राखौं ? उफ !……….. फोनमा घण्टी बज्छ, आखिरी घन्टिमा फोन रिसिभ हुन्छ……. “ए रमिते निदायको थियौ र ? फोन उठाउन किन ढिला गरेको त ?”
“होइन निशाने यस्तो छट्पटी भएको बेलामा कहाँ निदाउनु नि !? यत्तिकै मनमा कुरा खेलाएर बसेको के । बुढापाकाले कलियुग आउँछ, सबै मानिसको नाश हुन्छ भन्थे, अहिलेको स्थिति हेर्दा त्यहि कुराको संकेत हो कि भनेजस्तो ……… यस्तै सोंचेर बसेको नि यहि त हो नि कलियुग भनेर ।”
“ओहो ! रमिते त्यस्तो हो ?”
“अ के यस्तै त भन्नु पर्यो नि ! अब मलाई त कलियुगमा पापिहरुको नाश हुन्छ, भन्ने सुनेको थि, तिनै पापिहरुसँग हामी जस्ता सिधासाधा कसैलाई नपिराउने मानिसहरू पनि यहि भेलमा परिन्छ कि भन्ने डर लाउने । अनि मत साँझ बिहान भगवानसँग प्रार्थना गरिरहेको छु, कि कसैलाई नि असुभ नहोस् भनेर । भारतमा प्रधानमन्त्रीले पनि यो अशुभ र प्राण्घातक भाइरसलाई भगाउन र सबैलाई सतर्क र जागरुक बनाउन आह्वान गरिसकेका छन् दिया जलाउने, ताली लगाउने अनि थाली पिट्ने ….. मलाई निकै मन पर्यो, सामाजिक भाबनाको प्रस्फुटन गराउन गरिएको यो तरिका निकै प्रसंशनिय छ । मलाई लाग्छ हामी पनि यसै गरौं र सबैको भलो चिताउँ भन्ने लागछ । तर आफैं यस्तो अबस्थामा परेपछि त ….. हे अब के को अरुको भलो चिताउने– आफैं त महादेव उत्तानो पर, कसले देला बर भने झैं आफ्नै स्थिति यस्तो नाजुक छ अब अरुको बारेमा के सोंच्ने खोई ?”
निशानेले रमितेलाई सम्झाउन थाल्दै भन्छ– “तिमि पीडामा रहेको कुरा सत्य हो, तर यो कुरासँग तिमि किन बिमती राख्न खोज्दै छौ ? तिमि मात्रै होइन, भारत मात्रै होइन नेपाल मात्रै होइन यो त बिस्व ब्यापी समस्या हो । त्यसैले अहिले बिश्व नै आक्रन्त बनि दुश्मनका अगाडि स्तब्ध बनेको छ । यो अवस्था भनेको सिङ्गो मानब सभ्यताको लागि ठुलो चिन्ताजनक र चुनौतीपूर्ण अवस्था हो । यो अबस्थाबाट पार पाउनका लागि हामीहरु कुनै अलौकिक शक्तिको पछाडी लागेर सम्भब छैन, कुनै देवि देउताले कोरोनाको प्रभाबलाई कम गर्न या निर्मुल गर्न सक्छ भन्ने भ्रममा परि देवि देउताको नाममा समय बर्बाद गर्न हुदैन । हो यो पृथ्वीमा हुने खाने, धनिहरुले हुँदा खानेहरुलाई दबाएका छन्, दुःख दिइरहेका छन्, हेपेका छन्, मिचेका छन्, तिनिहरु सधैं गरिबको खुन र पसिना माथी आफ्नो अस्तित्व बचाएका हुन्छन् तिनिहरुलाई शोशक भनिन्छ । तिनिहरुबाट आजित भएका गरिब, किसान र मजदुरहरुलाई श्रमजिबि बर्ग भनिन्छ । श्रमजिबि बर्गले मुक्ती पाउनका लागि सचेत र संगठित हुन आबश्यक छ । संगठनमा आबद्ध भयौं भनेमात्र हामीहरु सबैप्रकारका अन्याय, अत्याचार, शोषण, दमन, बिभेद र थिचो मिचोबाट मुक्ति पाउन संघर्ष गर्नु पर्छ र त्यहि संघर्षको रापिलो भट्टीबाट मुक्ती पाउन सक्छौं । नकि भगवानको नाम जपेर । भगवान भन्ने त्यस्तो कुनै प्रकारको अलौकिक तथा शक्तिशाली शक्ति यो दुनियाँमा कहिँ कतै पनि छैन । यो त केबल तिनै हुनेखाने मानिसहरूले गरिब मजदुरहरुलाई अझै दबाएर राख्नका लागि रचेको प्रपन्च मात्र हो । जुन प्रपञ्चबाट गरिबहरु आक्रान्त बनेर उनीहरुकै अधिनमा बसिरहुन, अन्यायका विरुद्ध आबाज उठाउने हिम्मत गर्न नसकुन भन्ने चाहनाका साथ कल्पना गरिएको काल्पनिक शक्तिको रुप नै भगवान हो ।”
निशानेले कुरा नसक्दै फेरी रमितेले प्रश्न गर्छ– “उसो भए यि नानाथरीका देवि देउताको कुनै महत्व र अर्थ छैन त ?”
“यि सबै ब्यर्थका कुरा हुन्, ब्यर्थका कुरा नभएको भए राम्रो काम गर्नेलाई ईश्वरले बचाउनु पर्ने अनि नराम्रो काम गर्नेलाई खोजी खोजी मार्नुपर्ने हो नि ?…. त्यस्तो त हुदैन नि । यो मानब समाजमा परापुर्ब कालदेखि नै सोझा सिधा जनतामाथी जबर जस्ति थोप्दै आइरहेको त्रास र भयको बिम्ब नै धर्म हो । त्यसैले यस्तो फजुल कुराको पछि लाग्ने र समय बर्बाद नगर रमिते । बरु ब्यबहारिक रूपमा कठिनाइ के के छन् ति बिसयमा चर्चा गर्ने कोशिश गर ।”
यति सुन्दै गर्दा फेरी रमितेले प्रश्न तेर्साउँछ– “के उसो भए यि धर्म मान्ने सबै मानिसहरु किन मान्न छाड्दैनन् त ? किन दिनानुदिन धर्म मान्ने मानिस बड्दै छन् ?”
प्रश्न सुनेपछि निशानेले बिस्तारसँग सम्झाउने प्रयास गर्छ । “….. हेर रमिते यो समाज जोसँग पैसा धेरै छन्, सम्पत्ति धेरै छ, जसले अरुलाई दबाउन सक्छ, त्यस्तै प्रकारका केहि औंलामा गन्न सकिने मानिसहरु मिलेर अरु अधिकांस मानिसहरूलाई अन्यौलमा पार्न खेल्ने खेल हो यो । यसमा मुक्तीको कुनै साइनो नै रहेको छैन । मुक्ती पाउन वा गरिबले भने जस्तो हुनत गरिबहरु नै राज्यसत्ता सञ्चालन गर्न सक्ने अबस्थामा आउनु पर्दछ । तब मात्र बल्ल सम्भब हुन्छ । त्यसकारण यि हुनेखाने हरुले मानिसहरू को अज्ञानता र अशिक्षा को फाइदा उठाउदै धर्मको प्रचार गरिरहेका हुन्छन् । अझ उदेकलाग्दो कुरा त के भने नी, इसाई धर्म मान्नेहरुले त पैसाको खोलो बगाएर धर्मको प्रचार गर्छन्, पुर्ब जन्म, पुनर्जन्मको कल्पना गरेर इसु प्रभुले मुक्ती गरिदिने भनेर ठुलो भ्रम छर्छन् । मुक्ती भन्ने कुरा कसैले दिएर मिल्ने बरदान या उपहार होइन, यो त ध्वंसात्मक तर सचेत लडाइबाट बिजय प्राप्त गरि निर्माण गर्ने ज्योति हो जुन ज्योतिले धर्ममा होइन कर्ममा (काममा) बिश्वास गर्न सिकाउँछ । बास्तबिक जीबनको परिभाषा गर्न सिकाउँछ र अन्धकारमा रुमलिएको समाजलाई चम्किलो बनाउँछ । अतः तिमि अन्योलमा नपर ।
हुनत धर्म यदि कसैले मान्छ भने उसको मान्न पाउने अधिकारलाई कसैले रोक्न सक्दैन र यो धर्म मान, त्यो धर्म नमान भन्न पनि सक्दैन त्यो उसको स्वतन्त्रताको कुरा भयो । कुरा के हो भने यो धर्म त्यो धर्म भन्ने भन्दा पनि धर्म जुनसुकै किन नहोस, मानेर समाजमा त्यसको ब्यबहारिक उपादेयता छ कि छैन भन्ने नै हो, तर अहिले धर्म मान्नेहरुले भोलिका दिनमा हामी ब्यर्थै र अन्यौल मै रहेछौं भन्ने कुरा थाहा पाउने छन्, तबसम्म निकै ढिला भैसकेको हुनेछ ।
सतिप्रथा धार्मिक मान्यतामा आधारित समाजको कलंकित कुप्रथा थियो त्यसको प्रगतिशील बिचारले बिस्थापित गर्यो तर केहि मानिसहरुले बिरोध गरे । अहिले इतिहासकै कुरा भैसक्यो । छुवाछूतको प्रचलन पनि अब हराउँदै गयो । क्रमिक रूपमा मानिसको चेतना जुन स्तरमा बिकास हुँदै जान्छ, त्यही स्तरमा समाजको पनि बिकास हुँदै जान्छ । त्यहि भयर मानिसको चेतनाको बिकास गर्नु प्राथमिक काम हो । समाजको कुरिती र कुसंस्कारलाई हटाउने र त्यसका ठाउँमा प्रगतिशील बिचारको संस्कार बसाल्नु सचेत नागरिकको दायित्व हो ।”
फेरी निशानेको कुरालाई क्रस गर्दै रमितेले प्रश्न खडा गर्छ………“भने पछि धर्म नै नमाने पछि त अधर्मी, नास्तिक र पापी भन्छन् नि ! मानिसले ……..?”
“तिमि अझैसम्म स्पष्ट हुन सकेनौ रमिते ! कुरा के हो भनेनी ! धर्म नमाने अधर्मी र पापी भइन्छ भन्ने कुरा नै भ्रम हो । अर्को कुरा, जुन कुरा मानवीय सम्बेदना भन्दा बाहिर रहन्छ, मानबत्वको गुण भन्दा बाहिर रहन्छ, त्यो नै काल्पनिक, बनावटी र भ्रम पार्ने कुरा हो भनेर बुझ्नु पर्यो क्या । जसले आफ्नो कर्तव्य बिर्सन्छ, आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन, मानवीय संबेदना गुमाउछ नि हो त्यहि हो अधर्मी । आफ्नो कर्तव्य भुल्ने, जिम्मेवारी पुरा नगर्ने, मै खाउँ, मै लआउँ भन्ने सोंच बोकेर हिड्ने, सधैं अरुलाई दुःख दिने, सधैं गरिबको शोषण गर्ने र खुन पसिनामा रमाउनेहरु नै लोभी, पापी र अधर्मी हुन् । कसैको पुजा नगर्ने, धर्म नमान्ने अधर्मी होइन । कुरा बुझ्यौ ?”
रमितेले “अ अ” भन्दै बल्ल बुझे भन्यो र फेरी आफ्नो गुनासो राख्दै भन्यो– “कुराहरू त गरियो अब उहि पुरानो उखान सम्झना आयो क्या मलाइ त, दिवालिका कुरा गरि खिर खाएको झल्को मेट्ने भन्छन नि ! त्यस्तै अब तिम्रा कुरासँग म ढुक्क भएँ तर मेरा सामु धेरै समस्या छन्, काम छैन, खोल्तिमा दाम छैन ………..” भनेर आफ्नो कुरा राख्यो ।
निशानेले सम्झाउँदै भन्यो “…… चिन्ता नगर,यो मानब जगत कै शत्रु कोरोना भाइरससँग निकै सतर्क भएर धैर्यधारण गरेर मात्र लड्न सकिन्छ र जीत हासिल गर्न सकिन्छ, त्यो भनेको लकडाउन र यस भित्रका नियमहरुलाई पालन गर्नु नै हो । हो रमिते तिम्रा समस्या धेरै छन्, मैले बुझेको छु । चिन्ता नलेउ, क्रमिकरूपमा समस्या समाधान हुँदै जानेछ । अहिले सरकारद्वारा बितरण गरेको राहत अन्तर्गत तिमि लाभान्वित भयौ कि नाइँ तिमिले बतायनौ ! अनि घरवेटीलाई घरको भाडा पनि २÷३ महिना पछि दिए हुन्छ । किन भने सरकारले नै निर्देशन गरिसकेको छ, सहुलियत देउ भनेर । अनि बैंक खातामा ५०० राख्ने कुरा पनि छ, त्यो के गर्छ हेरौं । राखिदिए राम्रो भयो । नराखि दिए पनि अरु उपायका बारेमा सरसल्लाह गर्दै जाउँला ।” यत्तिकैमा फेरी रमितेले क्रस गर्दै आफ्नो गुनासो राख्छ ।
म राहत केन्द्रमा गएको थिए, तर के गर्नु ? ठुलो लाइनमा सामाजिक दुरि कसरी कायम गर्ने ? यसो हेरे…… पालो आउला जस्तो लागेन र कोठामा फर्के, कोठामा आएपछी छिमेकी स्थानीय साथीले भने “अरे क्यौ परेशान लगरहे हो ? लाइनमा मे तो रहना हि पडेगा, नहि तो तुमहरा घर मे ला के कोन देगा ?”
“भोलि पल्ट म गएँ करिब २०० जना पछी मेरो पालो आयो । बुढी औंलाको स्क्यानिङ गर्यो र १२ किलो चामल जोख्यो, चामल हेर्दा सबै चिज मिसिएको ढुङ्गा, माटो, कसिङर, पलास्तिक आदि फोहर अनि मैले प्रश्न गरे, यह चामल ठिक नहि है, अच्छावाला देदो न ! यह खानालायक नहि है, जानवरको भि नहि दिया जाता ऐसे राशन ।”
“पिछे हट, दुसरोंको बारी दे,”
“अनि म हिनताबोध भएर आफुले आफैलाई धिकार्दै अघि बढे । अनि सोचें कि मेरो कर्म, मेरो भाग्यले यस्तो के दियो ? मेरो भाबिले भाग्यमा के लेखेको रहेछ यस्तो भन्दै फेरी अन्यौल कै संसारमा ……।”
निशानेले सम्झाउँदै भन्छ “…..हेर रमिते ! आपतकालीन बेलामा कुरा गर्न सजिलो छ, काम गर्न कठिनाइहरु पक्कै पनि धेरै छन् । पहिलो कुरा त तिमि लाइनमा खडा भएपछी खानलायक चामल नदिनु सप्लायरको कहिं न कहिं कमजोरी देखिन्छ, तर माथिबाट नै सबै त्यस्तै प्रकारको आएको हो भने कसैले केहि गर्न सक्ने कुरा भएन ।”
“अर्को कुरा जुन आफुलाई भाग्यले डोर्याको, भाबिले लेखेको …….. यस्ता निराशाजनक र कुण्ठा बोकेका बिचारहरु मन र मस्तिष्कबाट निकालि देउ, किनकि काम गरे खान पाइन्छ, यहि नै सत्य हो । सामाजिक नियमलाई पालना गरेमात्र समाजमा सामाजिक प्राणीको हैसियतले बाच्न र अरुलाई पनि बचाउन सकिन्छ । त्यसो भएको हुनाले तिमिले भाग्यका कुरा, भाबिका कुरा, भगवानका कुरा, सबै मनबाट निकाल जुन मैले अघिनै भनिसके ।”
अनि रमितेले फेरी आफ्नो गुनासो राख्छ – “मैले टिभिमा पनि सुने यहाँ नेपालीको बीचमा विभिन्न संघ संस्थाहरु रहेछन्, अनि यस्तै गाह्रो सार्होमा मद्दत गर्छन् होला नी ?”
“हो, सत्य हो । यहाँ नेपालीहरुको हक अधिकारका लागि भनेर बनेका थुप्रै सामाजिक संघ संस्थाहरु छन् र नेपालीहरुलाई आपत परेको बेलामा मद्दत पनि गर्दै आएका छन, तर यो बिसम परिस्थितिमा सामाजिक संघ संस्थाले पनि त्यति धेरै गर्न सक्ने अवस्था छैन । बाल्मिकी टोल, सुनसान एरिया, लाल बजार एरिया लगायतका एरियामा थुप्रै नेपालीहरु, जो दैनिक रूपमा मजदुरी गरि जिबिकोपार्जन गर्दथे उनीहरुलाई धेरै ठुलो समस्या छ, स–साना केटाकेटी सहित परिवारको साथमा झुग्गी झोपडिमा दिन बिताउन परिरहेको अवस्था छ । यस्तो अबस्थामा यहाँ सशक्त रूपमा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लाल बजार एरिया समितिले पहल गरि उनीहरुलाई राहत बितरण गरेको छ । म पनि त्यहि लाल बजार एरिया समिति मै कार्यरत छु । हामीले त्यहाँको समस्यालाई लिएर स्थानीय प्रशासनसँग बार्ता गर्यो, बिधायकसँग फोनबाट त्यहाँको समस्या राख्यो, त्यसपछि सरकारले हामीलाई थप राहत दिने काम भएको छ । यसैगरी भारतभरी नै मूल प्रवाहको संगठन बिस्तार भएको छ । तपाईंलाई थाहा छ कि छैन ! ति सबै ठाउँमा नेपालीहरु चाहे हाम्रो संगठनमा होउन् वा अन्य अथवा असङठित सबै प्रकारका नेपालीहरुलाई सचेत र सजग गर्दै आइरहेको छ । यसको बिषयमा हाम्रो केन्द्रीय समितिले राजदुतावासमा माग सहित ज्ञापन पत्र समेत बुझाएको छ । लकडाउनको समयमा पनि नेपाल जाने क्रममा बोर्डरमा पुगि अलपत्र परि दुःख पाएका नेपालीहरुको उद्दारका लागि नेपाल सरकार र भारत सरकारसँग बार्ता गरि छिटोभन्दा छिटो समाधान गर्न माग गरेको छ । त्यसरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै भारत प्रबासमा सबैभन्दा बलियो र प्रभावकारी अनि जनताको मनमा ढुक्ढुकी बनेर स्थापित बनेको संगठन हो यो बारे तिमि कत्तिको जानकार छौ ?”
रमिते– “त्यहि थाहा पाएर नै मैले तिमिसँग यति धेरै जिज्ञासा् राखेको हु, अन्यथा नलिनु” भन्छ ।
निशानेले फेरी फरक तरिकाले प्रस्तुत हुन्छ- “हेर रमिते यहाँ कतिपय मानिसहरु कस्ता भेटिन्छन् भने आफुलाई अफ्ठ्यारो स्थिति आयो भने संगठनलाई गुहार्ने, संगठनमा आबद्ध पनि हुने अनि आफुले भने जस्तो संगठनमा भएन भने अनि संगठनको बद्ख्वाइ गर्ने मानिसहरु पनि कम छैनन् । त्यस्तालाई अबसरबादी भनिन्छ” बुझ्यौ कुरा ?
“ओहो ! निशाने आज तिमिसँगको कुराकानीले मेरो सार्है चित्त बुझ्यो । म २० बर्षदेखि मूल प्रवाहको सदस्य भएको भए आज म कति ज्ञान आर्जन गर्थे होला ! मलाई आज निकै ठुलो पश्चाताप लागेको छ । अबका दिनमा मलाई जसरी पनि संगठनमा आबद्ध गर । म तिम्रो बिचारबाट निकै प्रभावित बने, बास्तब मै जीबन के हो ? जिम्मेवारी के हो भन्ने बिषयमा ठुलो पाठ सिकायौं । म आभारी छु ।”
“धन्यवाद । रमिते, कुनै पनि समस्यासँग जुध्नका लागि सामुहिक ताकत, सामुहिक प्रयासको खाँचो पर्ने हुन्छ, त्यो भनेको नै संगठन हो ।”
एक अर्कोले फोन रिसिभर राखद छन् ।