अंकलेश्वरमा मूल प्रवाहको नगर समिति गठन

अंकलेश्वर, गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर गत पर्ने अख्लेश्वर नगरको प्रथम नगर सम्मेलनबाट निर्बाचित समितिका अधिकांश सदस्यहरु स्वदेश फर्कि सक्नुभएकोले २० नोवेम्बरका दिन भेला सम्पन्न भएको छ ।

टेक बहादुर शाहीको सञ्चालन, सुरज कडायातको अध्यक्षता र जनक चलाउनेको स्वागत मन्तब्यबाट कार्यक्रम अगाडि बढेको थियो । भेलामा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो ।

भेलाले सुरज कडायतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– कलम बहादुर शाही, सचिव– टेक बहादुर शाही, सहसचिव– जनक चलाउने, कोषाध्यक्ष– भरत केसी, सदस्य जोरा चन्द, शेर बहादुर शाही, निराजन चन्द, भरत भुल, लोकेश भुल, कमान सिंह भुल, बैकल्पिक सदस्यमा भरत शाही र डवल शाही रहनुभएको छ ।

त्यस्तै भेलाले कमल कडायत र भिम थापालाई सल्लाकार चयन गरेको छ । नयाँ समितिलाई क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्किले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार