अखिल (छैठौं) घोराहीको नगर भेला तथा प्रशिक्षण सम्पन्न

दिनेश रैदास,

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) घोराही नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । शनिबार राष्ट्रिय जनमोर्चा, दाङको कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अखिल (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्टले विद्यार्थी अनुशासन र हकहितको बारेमा प्रष्ट पार्नु भएको थियो।

यस्तै, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले राजनीति इतिहासको बारेमा प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले वैज्ञानिक र व्यवहरिक शिक्षा एवम् विद्यार्थी राजनीतिका बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघ दाङ जिल्ला सचिव शारदा थापा, जनजाति सम्मलेन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम लगायतले मन्तव्य राख्नु भएको थियो ।

भेलाले सुनिता आचार्यको अध्यक्षतामा १३ सदस्यीय घोराही उपमहानगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिव बन्जाडे, सचिव गंगा वली, सहसचिव हेमराज महरा, कोषाध्यक्ष चेतराम विश्वकर्मा र सदस्यहरुमा प्रकृति विष्ट, सर्मिला भट्टराई, सर्मिला सुनार, उत्सव पुन, विक्रम केसी, ज्योति संगीत मगर, योगेन्द्र कुँवर, बीमा रोकामगर चयन हुनुभएको छ ।

अखिल (छैठौं) दाङ जिल्ला सदस्य सुनिता आचार्यको अधयक्षतामा भएको प्रशिक्षण भेलाको सञ्चालन मधुकर पुन र स्वागत दिनेश रैदासले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार