अखिल भारत नेपाली विद्यार्थी संघद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अन्तर्गत रहेको विभागीय संगठन अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान परिस्थितिमा नेपाल–भारत सम्बन्ध” विषायक सो अन्तक्र्रिया कार्यक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का अध्यक्ष विमल पोखरेलका प्रमुख आतित्थ्यता रहेको थियो ।

विक्रम केसीको अध्यक्षता, अजय आचार्यको सञ्चालन र नर बहादुर विकको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाहका महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, सचिव प्रेम पौडेल, नेपाली समाचारका सहसम्पादक धनवीर पुन मगरको आतित्थ्यता रहेको थियो ।

संघका अध्यक्ष प्रकाश भण्डारीले विषयमा माथि अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा पत्रमा वर्तमान अवस्थामा नेपाल–भारत बीचमा बढ्दो तिक्तता, दक्षिण एशियामा भारतले छिमेकी देशहरु माथि अपनाएको कुटैनीतिक गतिविधि, आर्थिक समस्या, सुरक्षा बहानामा गरिएको विभिन्न प्रकारका दखलहरुका बारेमा समेटिएको छ ।

त्यस्तै दुई देश बीच भौगोलिक हिसाबले मात्र सम्बन्ध नरहेर, सामरिक, आर्थिक, शैक्षिक, सांस्कृतिक हिसाबले पनि रहेको अवधारणा पत्रमा उल्लेख  गरिएको छ ।

विषयमा माथि आफ्नो धारण राख्दै प्रमुख अतिथि विमल पोखरेलले भारत प्रवासमा रहेका नेपाली विद्यार्थीहरुको नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । “नेपाल एक सार्वभौम राष्ट्र हो, भारतले पनि नेपाललाई त्यही प्रकारको व्यवहार गर्नु पर्दछ ।” पोखरेलले भन्नु भयो– “नेपालमा जुन प्रकारका क्रियाकलापहरु र हस्तक्षेप भइरहेका छन्, त्यस तर्फ सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरुको ध्यान जानुपर्ने आवश्यकता छ ।”

त्यस्तै विषयमा माथि मूल प्रवाहका महामसचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, धनवीर पुन, भाईचारा संगठनका अक्षयले आ–आफ्ना विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार