अतिक्रमित पर्यावरणीय समस्या र उत्पन्न मानव संकट

रश्मीराज नेपाली, अध्यक्ष भू–तथा पर्यावरण संरक्षण अभियान नेपाल

विश्वका ८० प्रतिशत मानव जाति, पर्यावरणी–वातावरणीय समस्याबाट प्रत्यक्ष रुपमा प्रभावित छन् । यसरी बहुसंख्यक मानवजातिको जीवन रक्षा र पृथ्वीको तीव्र विनास हुने गतिलाई रोक्नका लागि विश्वका समग्र मानव समुदाय पर्यावरणको क्षेत्रमा कार्य गर्ने संघसंस्था विज्ञहरु र सरोकारवालाहरु व्यापक एकता र संगठित अवस्थाको आवश्यकता प्रति गंभीर रुपमा आकर्षण भएको विद्यमान परिस्थिति रहेको छ ।

वर्तमान विश्व पर्यावरणीय संकटबाट गुज्रिरहेको छ । यस समस्या जलवायु, वित्तीय, खाद्य र संस्थागत संकटको रुपमा प्रकट भएको छ । सीमित तप्काको आर्थिक लाभका उद्देश्यमा निहीत पु“जीवादी आर्थिक प्रणालीको जगमा भइरहेको औद्योगीकरण र अनियन्त्रित शहरीकरण, खनिज इन्धनको व्यापक प्रयोग, जल–जमिन र आकाशमा प्रदुषण यसका कारक तत्व हुन् ।

वैज्ञानिक अध्ययनहरुका अनुसार विगत दुई हजार वर्षमा लोप भएका प्रजातिमध्ये आधा प्रजाति सन् १९०० पछि लोप भएका छन् । औद्यागिक युगको शुरुवात पश्चात विश्व ०.८० डीग्री सल्सियस तातो भएको छ । सन् १९६१ देखि २००३ सम्ममा समुन्द्र सतह १.८ मिलिमिटर प्रति वर्ष बढिरहेको छ । माल्दिभ्स र टुभालु जस्ता टापु देशहरु समुन्द्रमा डुब्ने खतरा बढेको छ । भू–क्षय र बाढी पहिरोका घटना, असामान्य खडेरी जस्ता प्रकोपहरु दिन प्रतिदिन बढ्दै छन् । जलवायु परिवर्तनको कारण वातावरणमा आएको परिवर्तन अनुसार आफूलाई ढाल्न नसक्दा सम्पूर्ण प्राकृतिक प्रणाली मै खलबल भएको छ र मानवीय अस्तित्व नै शंकाको घेरामा पुगेको छ ।

आज संसारभर साम्राज्यवादको विनासकारी भूमिकाले समस्त मानव जाति र पृथ्वीको रक्षाको प्रश्न सङ्कटमा पर्न गएको छ । साम्राज्यवादको भूमण्डलीय प्रभाव राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विकृत रूपले प्रकट भएको छ । आर्थिक रूपमा सम्पूर्ण बजार कब्जा गरे जस्तै गरी, पृथ्वीका खानी, नदीनाला, वनजङ्ल, समुन्द्र, हिमाल लगायतका क्षेत्रहरूमा पनि किनबेचको व्यापार चलाएर पर्यावरणीय समस्याहरू बढाउ“दै लगिरहेको छ । साम्राज्यवादले दिनप्रतिदिन संसारका मानवीय र प्राकृतिक स्रोतमाथि शोषण गरेर विश्वका बहुसङ्ख्यक जनतामाथि गरिबी थोपर्नका साथै प्राकृतिक विनास गर्ने काम गरेको छ । विश्वको एकमात्र महाशक्तिको रूपमा रहेको अमेरिकाले ४९ प्रतिशतभन्दा बढी कार्वन मोनोक्साइड जस्ता दुषित ग्या“सहरू उत्र्सजन गर्दछ ।

आफ्नो साम्राज्यवादी नीतिका कारण औद्योगिक क्षेत्रमा भूमण्डलीय प्रभाव कायम गरी पर्यावरणको क्षेत्रमा पनि सबैभन्दा बढी नकारात्मक असर पार्ने पु“जीवादी मुलुकहरू नै यस सङ्कटका मुख्य कारक बन्न गएको कुरामा कुनै शङ्का छैन । विकास र समृद्धि मावन जीवनका लागि अनिवार्य शर्त भए पनि मानव जीवन तथा प्राणी जगतको अस्तित्वलाई नै समाप्त गर्ने गरी गरिएको पृथ्वी विनास साम्राज्यवादी कदमलाई विश्व मानव समुदायले स्वीकार गर्नु जरुरी छैन । पर्यावरण तथा वातावरण संरक्षणका लागि भए गरिएका विभिन्न सन्धि सम्झौताको उल्लङ्घन गर्ने कार्य पनि विकसित पु“जीवादी राष्ट्रहरूले नै गरिरहेका छन् । ती राष्ट्रहरूले देखाएको उदासीनता, गैरजिम्मेवार व्यवहार र मानव विरोधी कदमका विरुद्ध पर्यावरण आन्दोलनलाई सशक्त बनाएर लैजानु पर्ने आवश्यक छ ।

साम्राज्यवादी देशहरूले अपनाएको औद्योगिक प्रविधिका कारणले पर्यावरणा धेरै नै प्रतिकूल असर परिरहेको छ । त्यसका लागि उत्पादन सामाजिक सेवाका लागि नभएर व्यक्तिगत नाफाका लागि गर्ने पु“जीवादी व्यवस्था जिम्मेवार छ । सामाजिक उत्पादन प्रणाली तथा व्यक्तिगत स्वामित्वको पद्धति अनुसार चल्ने पु“जीवादी व्यवस्थाले गर्दा प्रकृतिको अत्याधिक दोहन तथा दुरूपयोग गर्ने काम भइरहेको छ । यस प्रकारको पु“जीवादी व्यवस्थाको स्थापनामा सामाजिक उत्पादन प्रणाली तथा सामाजिक स्वामित्वको समाजवादी पद्धतिलाई अपनाउनु पर्दछ । त्यसपछि नै आधारभूत रूपमा पर्यावरणको समस्या हल हुनेछ । अविकसित तथा गरिब मुलुकहरू अहिले पनि मध्ययुगीन जीवनशैलीमा छन् ।

जीवनशैली मध्ययुगीन अविकसित भए पनि पु“जीवादी शक्तिशाली देशहरूमा रहेका उनीहरूका दलालहरू मार्फत प्राकृतिक विनाश भइरहेको छ । त्यसरी अहिले विश्वमा कुनै पनि मुलुक चाहे त्यो अविकसित तथा गरिब होस् वा साम्राज्यवादी तथा पु“जीवादी होस्, प्राकृतिक स्रोतको दोहनबाट हुने प्रदुषणबाट मुक्त छैन ।
आणविक उत्पादनमा सानो दुर्घटना हुने बित्तिकै वातावरण तथा पर्यावरणमा पनि ठूलो क्षति हुन्छ भन्ने कुरा जापानको फुकुसिमाको दुर्घटनाबाट स्पष्ट हुन्छ । आणविक प्रकोपका कारणले त्यस्तो पनि हुन सक्ने कुरा फुकुसिमाको दुर्घटनाबाट प्रष्ट भएको छ । यसर्थ विश्व साम्राज्यवादका आणविक भट्टीहरू पनि भू तथा पर्यावरणलाई ध्वंस गर्ने संसाधन भएको तथ्यलाई सम्पूर्ण विश्व मानव समुदायले बुझ्नु जरुरी छ । यसबाट अत्यधिक मात्रामा उत्सर्जित गरिएको कार्बन पृथ्वीसम्म ल्याइपु¥याउने काम गरिरहेको छ र प्राणी जगतको अस्तित्वमा प्रश्नचिन्ह लाग्दैछ ।

आज नेपाल, भारत, भुटान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स, चीन, मालदिव्स लगायतका एसियन मुलुकहरूमा पनि पर्यावरणीय समस्याले गम्भीर असर गरेको छ । नेपाल जस्तो देशका हिमालहरूमा हिउ“ पग्लिएर सिद्धिने क्रम जारी छ । भने मालदिभ्स जस्ता सामुद्रिक मुलुकहरू डुब्ने खतरामा रहेका छन् । अनियन्त्रित खानी उत्खनन्हरूको असंख्य शृङ्खलाले वातावरण तथा पर्यावरणलाई मात्र प्रभाव पारेका छैनन्, बहुसंख्यक जनताको हक र अधिकारमाथि प्रश्नचिन्ह लगाएर मुुट्ठीभर व्यक्तिहरूको जीवनलाई समृद्ध बनाउने काम भइरहेको छ । विभिन्न देशहरूमा अनावृष्टि, बाढीपहिरो, आँधी–हुरी जस्ता प्राकृतिक प्रकोपका शृङ्खलाबद्ध घटनाहरू घटिरहेका छन् र ठूलो पैमानामा देशमा धनजनको क्षति भइरहेको छ । हालै नेपालको दार्चुला, कैलाली लगायतका जिल्लाहरू भारतको उत्तराञ्चलको केदारनाथ, फिलिपिन्समा भएको बाढीले पु¥याएको क्षतिबाट त्यो कुरा स्पष्ट छ ।

यस सन्दर्भमा पर्यावरणको रक्षा सम्पूर्ण विश्वको महत्वपूर्ण प्रश्न भएको छ । नेपालको सन्दर्भमा समेत यो सवाल अत्यन्तै महत्वपूर्ण प्रश्न हो । नेपालमा पर्यावरण जसरी नष्ट हुदै गइरहेको छ, त्यसबाट खालि नेपाललाई मात्र नोक्सान पुग्ने छैन, त्यसबाट सम्पूर्ण दक्षिण एसियालाई नै गम्भीर क्षति पुग्ने छ ।

विश्वव्यापी जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्तै न्यून रहेको छ तर यसको असरबाट प्रभावित हुनेमा निकै अगाडि छ । दिन प्रति दिन बाढी, पहिरोका घटना बढ्ने, पानीका मुहान कम हुने, हिम पग्लनेक्रम तिब्र हुने, जमीनको उर्वरा शक्ति कम हुने, प्रदूषण बढ्ने आदि कार्यहरू बढ्दै गइरहेका छन् । यसबाट सन् २१०० सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतले कमी आउने अध्ययनहरुले देखाएका छन् ।

हामीले माथि नै उल्लेख गरिसक्यौं आज विश्वमा नै पर्यावरणमा जुन क्षति पुगिरहेको छ, त्यसका लागि सर्वप्रथम साम्राज्यवाद एवंम नवउदारवादी पु“जीवादी आर्थिक प्रणाली र त्यसका संवाहकहरु दोषी छन् । नेपालको सन्दर्भमा पनि नवउदारबादी आर्थिक प्रणालीका अनुुसरणकर्ताहरु देशलाई अव्यवस्थित र अनियन्त्रित योजना विहीन औद्योगिक विकासको मार्गमा लैजाने नाममा प्रकृतिको अनियन्त्रित रुपमा तीब्र दोहन गरिरहेका छन् । खास गरेर तराई र चुरे क्षेत्रमा ठूलो पैमानामा ढुंगा, गिट्टी, बालुवा, रोडा, मिक्स्चर, छरींको उत्खनन र भारत निकासीले गर्दा संसारको सबै भन्दा कान्छो भौगोलिक क्षेत्रका रुपमा रहेको यो क्षेत्रमा पर्यावरणीय विनासले त्यहा“का बासिन्दाको जनजीविकामा व्यापक नकारात्मक असर पुगिरहेको छ । त्यस बाहेक मौसमी अनिश्चितता र वर्षा हुने प्रक्रियामा भइरहेको परिवर्तनले तराई क्षेत्रमा प्रति वर्ष डुवान, नदी कटान र त्यसबाट व्यापक जनधनको क्षति बढिरहेको छ ।

यसै वर्षको असार श्रावण महिनामा नेपालको पश्चिम तराईका बा“के, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला लगायतका विभिन्न स्थानहरुमा भएको व्यापक डुवान, नदी कटान, त्यसैगरी सिन्धुपाल्चोकको जुरे पहाडको काहली लाग्दो पहिरो र त्यसबाट सुनकोशी नदीको बहावमा छेकथुन हुन गइ बनेको कृतिम जलाशयले १५० जनाभन्दा बढीको मानव क्षेती र अरबौंको आर्थिक तथा भौतिक क्षति इतिहासमै सम्झना लायक प्राकृतिक प्रकोपको रुपमा लिन सकिन्छ । यस वर्ष नेपालमा प्राकृतिक प्रकोप बाढीपहिरो र नदी कटानबाट करिब ३०० जनाभन्दा बढी व्यक्तिले अकालमा ज्यान गुमाउनु प¥यो भने त्यसैगरी करिब दशांै अरब बराबरको भौतिक क्षति व्यहोर्नु परेको छ । यसैगरी भारतका विभिन्न क्षेत्र, पुणे, उत्तराखण्ड, उत्तरप्रदेश, उत्तराञ्चल क्षेत्रमा समेत काहली लाग्दा प्राकृतिक प्रकोप बाढीपहिरोबाट व्यापक रुपमा धनजन र भौतिक पुर्वाधारको क्षेति भएको छ ।

प्राकृतिक मैत्री प्रणालीलाई ख्याल नगरिकन गरिने विकास निर्माण, बाटो निर्माण, प्राकृतिक स्रोतहरुको अति तिब्र दोहान आदिले पहाडी क्षेत्रमा पानीका मुहान सुक्ने, पहिरोको प्रकोप बढ्ने र बन विनास बढिरहेको छ । विश्वव्यापी औशत तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा तीव्र हिम ग्लन, हिमताल विष्फोट लगायतका प्राकृतिक जन्य विशेष घटना बढ्दैछन् । नदीहरुले आफ्नो अतिक्रमित बहाव क्षेत्रको विरुद्धमा बाटो समात्दा अतन्त्यै खतरनाक नदी कटान भइ ठूला नदी नालाका आसपासका समुदायहरु उच्च जोखिममा गुज्रिनु परेको छ ।

नेपालको पर्यावरणमा भइरहेको विनाशकारी संकटका बीचमा पनि यहा“को नीति निर्माण र शासकीय तहमा रहेका वर्गले यस प्रश्नलाई सम्बोधन गर्ने तर्फ खासै पहलकदमी लिएका छैनन् । बरु त्यसको सट्टा उक्त क्षेत्रबाट कसरी नाफा कमाउन र कमिसन प्राप्त गर्न सकिन्छ भनी त्यसतर्फ उद्दत रहेको पाइन्छ । उपरोक्त गंभीर समस्यास“ग सम्बन्धित यो विषय आजसम्म पनि साझा राजनैतिक बहसको विषय बन्न सकेको छैन । यस सन्दर्भमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले विभिन्न समयमा यसस“ग सम्बन्धित विषयविज्ञहरुको सहभागितामा प्रायवरण–वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक एवं प्राविधिक, प्राज्ञिक र वैज्ञानिक विषयहरु उठान गरी पर्यावरण बचावटका उपायका विषय उपर राष्ट्रिय, क्षेत्रीय, स्थानीय स्तरका सम्मेलनहरु आयोजना गरी उक्त महत्वपूर्ण विषयलाई गम्भीरतापूर्वक आत्मसात गरी प्रभावकारी कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।

पर्यावरणीय प्रश्नको समाधानको उपाय निरपेक्ष हुन सक्दैन बरु यो अन्य सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय कानुनी, राजनीतिक र सांस्कृतिक पक्षहरुस“ग अन्तरसम्बन्धित हुन्छ । यसबाट बुझ्नु पर्दछ कि वातावरणीय समस्याको समाधान वर्तमान विश्वको सामाजिक व्यवस्थामा आमूल परिवर्तन नगरी हुन सक्दैन । साम्राज्यवादी, विस्तारवादी एवं नवउदारवादी, पु“जीवादी आर्थिक नीतिहरु र सामाजिक व्यवस्थाबाट संक्रमण गर्दा खनिज ईन्धनमा आधारित अर्थतन्त्रबाट स्वच्छ उर्जामा आधारित अर्थतन्त्रमा संक्रमण मात्र नभएर स“गस“गै अति उपभोगवादी अर्थतन्त्रको पनि अन्त्य गर्नु पर्दछ । यसको अन्तिम लक्ष्य न्यून उपभोग, न्यून वृद्धि र उच्च न्यायको सिद्धान्तमा आधारित प्रगतिशील समाजवादी अर्थतन्त्र हुनुपर्दछ, जसले मानिसको समृद्धिमा वृद्धि र सबैका लागि असल एवं गुणस्तरीय जीवनशैली न्यायोचित रुपमा सुनिश्चित गर्न सकोस् ।

त्यो अवस्थामा पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा नै त्यसका पक्षमा जनताको चेतना उठाउने, जनमत तयार पार्ने तथा पर्यावरण वातावरण विरोधी विश्व साम्राज्यवादी, विस्तारवादी र नवउदारवादी पु“जीवादको विश्वव्यापीकरणका आर्थिक उदारीकरण, नीजिकरण र न्यायोचित उत्पादन अनुदान वितरणमा बन्देज लगाउने जस्ता आर्थिक नीतिहरु बहुराष्ट्रिय कम्पनीहरु र वित्तीय एजेन्सीहरु मार्फत् व्यापक रुपमा पु“जीको विकास र अधिकतम नाफा कमाउनको लागि हस्तक्षेपकारी ढंगबाट विकामोन्मुख र विकसिल, अल्पविकसित राष्ट्रहरुमा जर्वजस्ती लागु गरी प्राकृतिक साधन स्रोतहरुको अधिकतम र अनियन्त्रित रुपमा दोहन गर्ने साम्राज्यवादी नीति र कार्याक्रमहरुका विरुद्ध आन्दोलन सञ्चालन गर्नुपर्ने आवश्यकता छ । र त्यो आन्दोलनलाई विश्वभरमा चलेको पर्यावरणको संरक्षणको आन्दोलनसित जोड्नुपर्ने आवश्यकता छ । यस प्रकारको आन्दोलन मूलतः मानवजातिको भौतिक विकास, सबृद्धि निर्माणको लागि सर्वप्रथम स्वच्छ स्वस्थ्य वातावरण एवं सन्तुलित पर्यावरणको दिगो रुपमा व्यवस्थापन गरी वातावरणीय मैत्री दिगो विकासका कार्यक्रमहरु मानवजातिको समस्याहरु समाधान गर्नका लागि परिलक्षित गरिनुपर्दछ र यसका लागि राष्ट्रको प्राथमिक दायित्व हुनुपर्दछ । उक्त वातावरण सिर्जना गर्नको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा पर्यावरण बचाउ आन्दोलनहरु उठाउनु जरुरी भएको छ । त्यसप्रकारको प्राकृतिक एवं न्यायोचित पर्यावरणीय आन्दोलनहरु उठाउनु अत्यन्तै जरुरी भएको छ । त्यस प्रकारका सचेत र प्रगतिशील पर्यावरणीय आन्दोलनबाट पर्यावरणको रक्षाको लागि आवश्यक कानुन बनाउन तथा प्रभावकारी, नीति र कार्यक्रमहरु सञ्चालनमा ल्याउन विशेष दवाव दिनु पर्दछ । यसका मुख्य बाहक पर्यावरणीय कार्यक्षेत्रभित्रका जनता भएकाले नीतिहरुको व्यापकरुपमा जनचेतनाको विकास गराइ सरोकारवाला जनता, विशेषज्ञहरु, उत्पादन क्षेत्रका उद्यमीहरु, कानून्विदहरु नागरिक समाज, पत्रकार, बुद्धिजीबीहरु, आम श्रमिकहरुलाई संगठित गराइ व्यवस्थित रुपमा आन्दोलनको माध्यमबाट नै सबै प्रकारका पर्यावरण वातावरण विरोधी हस्तक्षेपकारी कदमहरु प्रास्त गरी पर्यावरणको रक्षा गर्न सम्भव गराउनुपर्दछ ।

वास्तवमा भू– तथा पर्यावरणका समस्या सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो । पर्यावरणमा हुने क्षतिबाट मानवमात्र होइन, प्राणी जगत र बनस्पतिमा समेत अत्यन्तै प्रतिकूल असर पर्दछ । त्यसैले पर्यावरणको रक्षाको प्रश्न अहिलेको अन्तराष्ट्रिय र क्षेत्रीय, राष्ट्रिय कर्तव्य र दायित्व बनेको छ ।

विचार र राजनैतिक आधारमा पनि समाजमा पर्यावरण सम्बन्धी कैयौं भिन्नता र अन्तरविरोधहरु अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय रुपमा देखापरेका छन् । त्यसप्रकारका विविध मत भिन्नताका बावजुद, पर्यावरण वातावरणको रक्षाको लागि, वातावरणमैत्री समग्र दिगो विकास र सम्बृद्धि सहितको आर्थिक सामाजिक व्यवस्था निर्माणको लागि आमः ऐक्यवद्धता कायम गरेर सन्तुलित पर्यावरण, स्वच्छ वातावरण श्रृजनाका लागि हिमाल बचाउ, तराइ बचाउ अभियानहरु, वैज्ञानिक कार्यक्रमहरु कार्यान्वयन गर्नु आवश्यक छ । त्यसप्रकारको मजबुद ऐक्यबध्यताको आधारमा मात्र सम्बन्धित राष्ट्रका सरकारहरु, तथा सरकारका सरोकारवाला निकायहरु, वित्तीय तथा औद्योगिक एजेन्सीहरुलाई समेत वातावरणको रक्षाका लागि आवश्यक नीति, नियम, कानून र रणनीति तथा कार्यक्रमहरु कार्यान्वयन गराउन बाध्यकारी बनाउन सकिनेछ । यसको लागि मुख्य र निर्णयात्मक पक्ष आम सचेत जनताको प्रभावकारी पहलकदमी, खबरदारी नै हुनेछ । त्यसकारण सर्वप्रथम र मुख्यरुपलेः सन्तुलित पर्यावरणको पक्षमा सबैखाले पर्यावरण–वातारण विरोधी नीति र कार्यहरुका विरुद्धमा विश्वका सबै तह र तप्काका आम जनतालाई आन्दोलित बनाउन र उनीहरुलाई सक्रिय रुपले परिचालन गराउन जोड दिनु नै हाम्रो साझा र एकमात्र मुख्य कार्यभार भएकोले यसप्रकारको जिम्मेवारी बहन गर्न हामीहरु प्रतिबद्ध छौं ।

हाम्रो यसप्रकारको पर्यावरण संरक्षण सम्बन्धि उत्तरदायित्व र प्रतिबद्धतालाई प्रभावकारी कार्यन्वयन गर्नका लागि नेपालमा नेकपा (मसाल) राष्ट्रिय जनमोर्चाको संरक्षण र मार्गदर्शनमा पर्यावरण बचाउ अभियानलाई आन्दोलनको रुपमा निरन्तर सन्चालन गर्ने महान उद्देश्यका साथ भू–तथा पर्यावरण संरक्षण अभियानको सांगाठानिक संरचना निर्माण गरी त्यसको माध्यमबाट मूलुकभर भू–तथा प्रायवरण सम्बन्धी जनचेतनामूलक एवं दवाबमूलक रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको ध्यान आकर्षण गराउ“दछौ साथै यसप्रकारको आन्दोलनलाई क्षेत्रीय र अन्तराष्ट्रिय एवं विश्वस्तरमै जनस्तरबाट उठान गर्नको लागि हार्दिक अपिल गर्दछौ ।

सन्दर्भसामाग्रीहरु
१. भू– तथा पर्यावरण संरक्षण अभियान, काठमाडौं घोषणापत्र २०७०
२. विभिन्न मितिमा, कान्तीपुर लगायतका पत्रपत्रिकामा प्रकाशित पर्यावरणसम्बन्धी लेखरचनाहरु
३. भू– तथा पर्यावरण सम्मेलन २०७० मा प्रस्तुत कार्यपत्रहरु
४. वातावरण विशेषाङ्क “युगदर्शन
५. जलयात्रा, अजय दिक्षित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार