अध्यक्ष केसीको उपचारका लागि सहयोग गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपचारका लागि सहयोग गर्न पार्टीले सबैसँग अपिल गरेको छ । केही दिनदेखि स्वास्थ्य अवस्था विग्रेर उपचाररत अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ निमोनिया रोगबाटसमेत ग्रस्त हुनुभएको छ ।

राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीको सहयोगका लागि अपिल गर्नुभएको हो ।

उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको स्पष्ट पार्दै राजमोले पार्टीको बैंक खाता नम्बरसमेत सार्वजनिक गरेको छ ।

यस्तो छ वक्तव्य
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको छ । उहाँको स्वाव परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ पनि देखिएको छ । उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थिए । अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।

आज बसेको केन्द्रीय कार्यालयको बैठकले का। चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ । सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ ।

बैंक खाता
राष्ट्रिय जनमोर्चा
वचत खाता नं. १४२०००४१७३०१
राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार