अध्यक्ष केसीद्वारा अर्यालप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिका सदस्य विष्णु अर्यालको सडक दूर्घटनामा निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ ।

वहाँको २८ अगस्त २०२० को दिन राती करिब ११ बजे आफ्नो निवास्थान गौतम नगर तर्फ जाँदै गर्दा जागिरावादको रोडमा दुर्घटनामा परी घटना स्थल मै मृत्यु भएको छ ।

अर्याल सन् १९९४ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत बस्ति बाबाखेल एरियामा एरिया सचिव र सन् १९९७ मा सम्पन्न जालन्धर नगरको बैठकले नगर सहसचिव चयन हुनुभएको थियो ।

रोजगारीको सिलसिलामा जालन्धरबाट मध्य प्रदेशको राजधानी भोपालमा पुगी पुनः भोपालमा संगठनमा प्रवेश गर्नुभएको थियो । भोपाल नगर समितिमा सचिवको साथै केही समयसम्म नेपाली समाचार साप्ताहिकका सम्बाददाता समेत रहनु भएको थियो । हाल नगर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर सदस्य हुन्थ्यो ।

पिता ताल बहादुर अर्याल र माता हरिकला अर्यालको कोखबाट विस २०३९ सालमा दोश्रो सन्तानको रुपमा जन्मनु भएका विष्णु अर्याल नेपाल छत्रकोट गाउँपालिका ६ दौंघा गुल्मीका हुनहुन्थ्यो । वहाँले ३८ वर्षको अल्पायु मै हामी विच श्रीमति र एक छोरालाई छाडेर जानुभएको छ ।

यसै बीच समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले केन्द्रीय समितिको तर्फबाट शोक वक्तव्य जारी गर्नुभएको छ । केसीले सो शोक वक्तव्यमा एउटा युवा कार्यकर्तालाई गुमाउँदा संगठनप्रति अपूर्णीय क्षती पुगेको बताउनु भएको छ ।

शोक सन्तप्त परिवारजनप्रति दुःखको यस घडीमा धैर्यधारणको कामना प्रकट गर्दै मृतक विष्णु अर्यालप्रति अध्यक्ष केसीले समाजको केन्द्रीय समितिको तर्फदेखि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

साथै नेपाली समाचार साप्ताहिकका सम्पादक ठाकुर खनालले पत्रिकाको पूर्व सम्वाददाता गुमाएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । खनालले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै मृतक विष्णु अर्यालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार