अध्यक्ष केसीद्वारा धन्यवाद एवं शुभकामना व्यक्त

काठमाडौं । उपनिर्वाचन २०७६ भर्खरै सम्पन्न पश्चात राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीका तर्पmदेखि एक वक्तव्य जारि गरि उपनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई निर्वाचन सफल पार्ने सम्पूर्ण पक्षहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ । त्यसका साथै केसीले निर्वाचनमा विजयी सबैलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“बागलुङ निर्वाचन क्षेत्र नं. २ (ख)मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उमेदवार खिमविक्रम शाही विजयी हुनुभएको छ ।” अध्यक्ष केसीले वक्तव्यमा लेख्नु भएको छः “हाम्रो पार्टीका उमेदवारलाई विजय गराउनका लागि सक्रिय सहभागीता दर्शाउने सम्पूर्ण मतदाता, गठबन्धनमा सामेल दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा हाम्रो पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सबैप्रति धन्यवाद व्यक्त गर्दछौँ ।”

निर्वाचनमा विजय हुनुभएकोमा का. खिमविक्रम शाहीलाई बधाइ दिँदै सफल कार्यकालको लागि हार्दिक शुभकामना समेत केसीले वक्तव्य मार्फत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार