अध्यक्ष केसीद्वारा प्रेम बहादुर पराजुलीप्रति भाबपुर्ण श्रद्धाञ्जली

10705 जनाले पढ्नु भयो ।

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत भिषाखापटनम् नगर समितिका सह–सचिब प्रेम बहादुर पराजुलीको १२ अगस्त २०२० का दिन ५२ बर्षको उमेरमा असमायिक निधनको भएको छ ।

यसै बीच केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले मृतक पराजुलीप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ । केसीले– समाज सेवी, इमान्दार र अत्यन्तै मिलनसार ब्यक्तीत्वको धनि प्रेम बहादुर पराजुलीको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई मर्माहित बनाएको बताउनु भएको छ । साथै केसी शोकलाई शक्तिमा परिणत गरि समाज सेवा, इमान्दारी र मिलनसार क्षेमताको विकास गर्न सम्पूर्ण कार्यकर्ताहरु गरेमा मात्रै पराजुलीप्रतिको सच्चा श्रद्धान्जली हुने बताउनु भएको छ ।

केसीले मृतक प्रेम बहादुर पराजुलीप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकाकुल परिवारमा धैर्यधारणाको कामना गर्नुभएको छ ।

उहाँ नेपाल, बाग्लुङ नपा ७ ढिकिचौर घर भइ हाल आन्द्रा युनिभर्सिटी भिषाखापटनममा कार्यरत हुनुहुन्थ्यो । उहाँले हामी बीच श्रीमती र दुई छोरालाई छोडेर जानु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *