अनलाइनमा सुरेशकुमार पाण्डेका कथाहरु

0Shares

106 जनाले पढ्नु भयो ।

सपना (भाग–१)

हाम्रो जिन्दगी त जसरी तसरी यस्तै पनि कट्यो । छोरा छोरीलाई राम्रो शिक्षा दिन सके गरिबका बच्चा पनि डाक्ट्र ईञ्जिनियर बन्न सक्छन् । शुभमले आफ्नो थकाई मेटाउन दिब्य सपना प्रयोग गरेको थियो । उसले सिला तिर हेर्दै पछ्याउरीले पसिना पुच्दै भन्यो– “तपाईं पनि दिन रात यहि सपनामा डुब्नु हुन्छ” भन्दै खिसिक्क हाँस्छिन् ।

आखिर कस्को चाहाना हुदैन बच्चाहरु डाक्टर ईञ्जिनियर बनाउने, राम्रो प्रवरिश गर्ने । शुभम र सिलाका पनि तिनवटा बच्चाहरु छन् । शुभमले एउटा कम्पनिमा मजदुरी गर्थ्यो, सिलाले घरमै आफ्ना बालबच्चाको सुसार गर्थिन् । आफुहरु दुबै अनपढ भयपनि छोरा–छोरीलाई उच्च डिग्रि दिलाउने सपना देख्थे ।

खाई नखाई जसरी तसरी छोराछोरीलाई स्कुलमा भर्ना गराए । जब बच्चाहरुले स्कुलको ड्रेश लगाएर हिंड्न थाल्थे । शुभमको छाति चौडा हुन्थ्यो, उ अपार खुसि हुन्थ्यो । उसले सधंैभरी आफ्ना बच्चाले खेलकुद लगायतका सबै कार्याक्रममा भाग लिए हुनेथ्यो भन्ने गर्थ्यो । शुभमलाई कसैले ईनामको पेन्सिलनै दिएपनि त्यसलाई अमूल्य ठान्थ्यो र आफ्ना बालबालिकाले पनि यस्तै ईनाम ल्याउन भनेर कल्पना गर्थ्यो । उनीहरुलाई अनपढ हुनुको पिडा थाहा भएरै होला कसैलाई पनि शिक्षित बन्ने सल्हा दिन्थे ।

शुभम सानैमा परदेशको बाल मजदुर बन्नुपर्दाको मुटुभरी पिडा थिए । आफुले जस्तो पिडा आफ्ना छोराछोरीले भोग्न नपरोश भन्दै दिनरात मजदुरी गरेर भएपनि बच्चाहरुलाई स्कुलमा भर्ना गरेका हुन् ।

उनीहरुले ति बच्चाहरुको आँखा छलेर केहि खाने गरेनन् । लामो समयसम्म मजदुरी गर्दा र कहिले भरपेट खाने कहिले नखाने गर्दा शुभमलाई कैयौँ रोगहरु लागेका भए पनि उ कहिले निराश र हताश भने भैन । आफु बिमार भएपनि छोराछोरीलाई कष्ट होला भनेर उसले भन्दैनथ्यो । जसरी तसरी आर्थिक अबस्था लाईपनि सन्तुलित राख्थ्यो । बच्चाहरु पनि पढाईमा अब्बलनै थिए, तर शुभमले चाहेको जस्तो रिजल्ट नआउँदा अगाडिको पढाईमा आउने समस्या त थियो । किनकी आज शिक्षाको प्रतिस्पर्धामा धनीहरुका बच्चाहरुलाई जस्तो फेसलिटी गरिबले दिन पनि त सक्दैनन् । जेहोस् डाक्ट्र ईञ्जीनियर बनाउन नसके पनि राम्रो सरकारी जागिर लगाउने सपना देख्न थाल्यो । छोराहरुले आफ्नो बुढेशकालमा लाठी बनेर सहरा त कसो नदेलान त्यो त संका नै थिएन । उसले दिनरात यस्तै सपना देख्दादेख्दै दिनहरु कतिछिट्टै बिते पत्तै पाएनन् । “मनले सोंच्छ मुडा बञ्चराले ताक्छ घुँडा” भने झैं छोराछोरी जवान भैसकेको पत्तै लागेन । अब छोरा ठुलो भयो बिहे गर्नपाए हुथ्यो ? भन्दै सिलाले शुभमसँग सल्हा गर्दा बल्ल शुभम झस्किन्छ । “होर ? त्यो त मैले सोंचेकै थिएन” भन्दै जवाफ दिन्छ ।

अब उनीहरुले छोराको बिहेका सपना देख्न थालिसकेका थिए । हालात यस्तै धेरै प्रतिकुल भयो कि अब त छोरालाई चप्रासीको नोकरी पनि लगाउन नसक्ने अबस्था आयो । मान्छेले योजना बनाउँदा कम्तिमा पच्चिस बर्षको अगाडिको मुल्यांकन पहिले गरेर योजना बनाउनु पर्ने रैछ । जनतन कम्पनिहरुमा केहि स–साना जाबमा लागे । अब छोराहरुको बिहे पनि गराए जसरी तसरी गराए । “अब बिहे त भयो दुई भाई मिलेर काम गरेछन् भने त राम्रै हुन्थ्यो” शुभमले निदार खुम्चाउँदै सिला तिर हेरेर भन्छ ।

“हो नि, त्यो त कसो नमिल्लान र दुई भाई पनि ?” सिलाले प्रतिप्रश्न गर्छिन ।

“मिलेछन् भने आफ्नै केहि काम खोल्नु पर्ला नोकरीको त अब सपना नदेखे पनि हुन्छ” शुभमले निरास भए झैँ गरेर भन्छ ।

हो, सबैले जीवन काटेकै त हुन्छन् हाम्रा छोरा छोरी पनि अनपड छैनन्, आफ्नो बुरा–भला जान्न सक्ने क्षामता छ” भन्दै सिलाले शुभम तिर हेर्छिन ।

उनको बिचारमा बिश्वास्नीय झल्किए पनि शुभमको मनले दिलाशा दिएको जस्तै मान्यो ।
“हो, सबै जन्मिएका धर्तिमा ताते सर्छन् ठुला हुन्छन् बैँस आउँछ । हामी जस्तै बुढा–बुढी हुन्छन् । अनि एकदिन मर्छन् । त्यो त सत्य नै हो तर कसरी बाच्छन् यो उनीहरुको ब्यबहारमा पनि त भरपर्छ । होईन र ?” शुभमले प्रश्न गर्छ ।

“हो, हुन्ता” सिला उठेर बाहिर तिर लाग्छिन् ।

बाहिर बुहारीहरुको आपसमा तनातनि हुँदै थियो । उनीहरुको लडाई पनि स्वतन्त्रताको थियो । भनिन्छ, जीवन साथी सक्षेम छ, भने घरलाई स्वर्ग बनाई दिन्छन् यदि असक्षेम छ भने घरलाई नर्क बनाई दिन्छन् ।

“आखिर यो जिन्दगी शंघर्षले भरिएको एउटा सफर त हो, होईन र ?” शुभम र सिलाले देखेको सपना कुन चाँही पुरा भयो त ? बुहारीका कुराहरु सुनेर छोराहरुको बिचमा नैराश्यता छाएको देख्दा अब बुढाबुढिले आफ्नो शेष जीवन कस्को सहारामा बाँच्ने ? यो सपना देख्न थाले । सपना कसको कहिले पुरा हुन्थ्यो र तर बिना सपनाको पनि ता भबिष्य छैन । शुभमले सिला बुहारीहरुको कचकच सुनेर फर्के पछि एकले अर्काको अनुहारमा आउने भबिष्यको अर्को प्रतिबिम्ब खोज्छन् ।

सपना (भाग–२)

आगनमा बुहारीहरुको कचकच र त्यही बिषयमा छोराहरुको मन मोटावालाई नियालेर भर्खर भित्र पसेकी सिला अहिले शुभमको आँखामा आँखा मिलाउँदा भावुक हुँदै आँखा टिलमिल टिलमिल पार्छे । सिलाको अनुहारमा परेको कालो बादल जस्तै प्रतिबिमलाई भापेको शुभमका आँखा पनि उसतै हुन्छन्, तर चस्माको भित्र डिल–डिलसम्म आएको आँशु भने झर्न सकेनन् ।

यति बेला उनीहरुको आँखामा त्यो पुरानो दिनको दृष्य घुमेको छ । “आफु रातभरी जागेर छोरा–छोरीलाई कपडाकै पंखा बनाएर हम्किदै रात बिताएका ति दिश्यहरु झलझली आँखाको ओरी परी घुम्छन् ।

उनीहरुलाई गर्मि र मच्छरहरुबाट जोगाएर पुरा निन्द्रा दिलाउने ताकि बिहान स्कुलमा उनको पढाईमा बाधा नपुगोस् । दुःखमा दुःख महेसुस बच्चाहरुलाई हुन् नदिने जति सुकै दुःख आफुहरुले भोग्नु परेपनि खान र लगाउन उनको ट्युशनको फिस स्कुलको फिस ठिक समयमा पुराई दिन्थे । स्कुलको ड्रेसलाई स्त्री गरेर अरुका बच्चाहरु भन्दा सुन्दर पोशाकमा सजाएर पठाउँथे, ताकी बच्चाको कसैले हाँसो नउडाउन् । शुभम र सिलाले आफ्ना बच्चाहरुको चौतर्फि बिकाशको लागि हरसम्भव प्रयास गरेकै हुन् ।

आफुहरु अनपढ थिए, तर पनि छोरा छोरीहरुले डिग्रि गरेका छन् । उनीहरुको चहानानुसार नै रोजेकै डिग्री गराइए, खान र लाउनमा कुनै समस्या पनि दिएनन् । कसलाई आस हुँदैन र ? आफ्ना नानी बाबुहरु बृद्धा अबस्थाका लाठि बनुन् । सबैको सपना यस्तै त हुन्छ, आफुले हुर्काएका बच्चाहरुले प्रतिकुल वा अनुकुल अबस्थामा पनि आमा बाबाको सहयोग गरुन् । तर आज बाहिरको बुहारीहरुको अभिनय र त्यसको प्रभावमा परेका छोराहरुले उनीहरुको यो सपनामा पनि प्रश्न तेर्छाए कै थियो । छोरीलाई त अर्काको घरमा नगई नहुने हुन्छ नै । तर छोराहरु त मिलेर बसुन भन्ने इच्छामा पनि आज शंका लाग्यो । बुहारीहरुको त्यो कचकचबाट छोराहरुको मनमा रिसवीलाई जन्मिदा ।

उनीहरुको यो अभिनयले परेको दरारले सिला र शुभमको बचेकुचेको आस्थामा पनि पानी फेरेका थिए । उनीहरुको बचेको जीवन कष्टकर हुन्े संकेत थियो । सिलाका आँखाको डिलबाट बिस्तारै आँशुको ढिका टपटप खस्छ । उसले केहि बोल्न सक्दैन । शुभमले कत्ति महशुस नभएको अभिनय गर्दै आफ्नो कुममा राखेको गम्छा दिएर आँशु पुच्छन् ईसारा गर्छ ।

सिलाले आँशु पुच्दै गर्दा यतिबेर लुकेर हेरीरहेको (नाती) सानो बाबु नजिकै आएर आफ्ना कम्ला औँलाले शुभमको हात छोप्छ । उसका कमला औँलाहरुले शुभमको हातमा स्प्रसगर्दा शुभमको हृदयमा सित्तल भएको महशुस दिन्छ । शुभमले बाबु तिर करुणाले भरिएको दृष्टीले नियाल्छ । उसका आँखाहरुमा चमक थियो साहेद उसले’ धन्दा नमान्नुस् बाबा–आमा म छुनी हजुरहरुको लागि भन्न चाहिरहेका छन्’ शुभमको मनभित्र अर्को सपना पलाउन थाल्छ । सिलाले बाबुलाई उचालेर आफ्नो छातिमा टाँसेकी छन् । जस्तोकी आफ्नो मुटुसँग सटाउँदा उनको दिललाई धेरै सकुन् मिल्दैछ । बाबुलाई अलिबेर छातिमा लगाएर राख्दा यो भन्दा पहिलेका घावहरु बिस्तारै निको भएको महशुस हुँदैछ । उनले केहि बेर पहिले लागेका ति घाउहरुमा मलम लगाएर सितलताको अनुभुती गर्दैछन् ।

हो, यो संसार यस्तै त छ, जस्तो हिंजो थियो । उसतो आज छैन, जस्तो आज छ, त्यहि अबस्था भोली रहने छैन । बाहिर सिमसिम पानी परेको छ, मौसम चिसो हुँदैछ तर यहाँ मनमा आगो बलेको महशुस भएको थियो । शरिरबाट पसिना आएको छ । के यो कथा होइन, जीवनको परिवारको त्यागको संघर्षको अनि ममताको आदर्शको आकांक्षाको स्नेह हो । बुढा बुढीले आँखाभरी जीवनमा देख्दै आएको सपना,आड र भरको आखिर कथा नै हो जीवन ।

हिंजो शुभम र सिलाको मिलाप हुनु भन्दा पहिले शुभमको संसार भाई बहिनी त थिए । मात्र ब्यक्तिको जिम्मेवारी बढ्दै गयो अनुहारहरु फेरिए तर ब्यबहार बिचारमा आंशिक परिवर्तन भए पनि मूल रुपमा हिंजो भाई, छोरा अनि आज नातीमा टेक्न आएको पनि त्यही सपना त हो ।

अहिले साहेद शुभम र सिलाको सपनाहरुको पाइला आफ्नो नातीमा सरेको छ, अनुहार बदलिएका छन् । नाता बदलिएको छ, तर स्वार्थ भाई छोराबाट बिस्तारै त्यो कलिलो जसलाई समाजको बारेमा जानकारी छैन । मष्तिक अँझै रित्तो छ, निस्वार्थ छ । मात्रै उसलाई स्नेहको लोभ छ । बिस्तारै उसको मष्तिकमा भरिने ज्ञान कस्तो होला यो अझै गर्वमा छ । तर शुभम र सिलाको आशाको किरण भनौँ वा आउँदो भबिष्यको सपना अब यहि बाबुमा टिकेको छ ।

मुक्तिको बाटो

“तँलाई कति पल्ट भन्नुपर्छ मुर्दार अलि पछि गएर बस, माथि पुजाको समानछ त्यो छोईयो भने पाप लाग्छ” साहुनिले कालुलाई मारे झपार्छिन् ।

बिचारो कालु नबोली अलि आगनको ढिक तिर गएर उभिन्छ । साहुनी लगाएतका कतिपय महिलाहरुले त्यो आगनको माथि केराका थाम गाडेको तिर टपरिहरुमा केहि राख्छन् । कालुले त्यहि हेरेर थकाई मेट्दै थियो । उसले भर्खर खेतबाट एक भारी पराल लिएर आएको अँझै पसिना पनि ओबाएको छैन ।

सानैदेखि साहुको घरमा कमैया बसेको हो, भनौ बस्न बाध्य भयो । उसको बाउ थापाले पनि यँहि हलिको जीवन बिताए आमाले घाँस काटेर बिताईन् । कालु जन्मिएको बर्ष दुई पछि आमा बितेको उसलाई थाहानै छैन । बाउ पनि केहि बर्ष पहिले बिते, यसरी आफुले चाल पाउँदा देखिनै यहिं घरको कमारो जस्तै भयर बसेको आफुलाई पायो । आमा र बाबा मरेपछि कालुको रेखदेख यहि घरकी साहुनीले गरेको भएर होला कालुले आमा र साहुलाई बाबा भन्दै अनि दाई भाउजु दिदी भनेर घरका सबैलाई साईनो लगाएर बोल्थ्यो ।

तर उनीहरुले भने उसलाई सधै कमारो, गासे, भतुवा, आदि भनेर हप्काउँथे । उसले सकेसम्म काम गर्ने गथ्र्यो । यति काम गर्दा पनि घरी साहुनीले कालुलाई पालेकोमा ऐसान देखाउँथीन् । आफुले कालुमाथी दया गरेको उपकार गरेको भन्दै सुनाउ थिन् । आफुले ठुलो पुण्य कमाएको भन्दै आफुलाई आफैले ठुलो धर्मात्मा ठान्थिन् ।

कालु बिहानै भालेको डाँकामा उठेर पँधेराबाट पानी ओसारेर डियाँ बाच्छालाई ख्वाउने अनि पुजाको लागि ठुलाठुला गाग्रि र खडकरामा पानी भरेर खेत गएको थियो ।

भोकले पेट पिरो भएको कालुलाई खाना दिन्छन् की भनेर एकैछिन् पेटीमा बसेको थियो । “ए अल्छि आज गाई फुकाउने होईन ?” भन्दै बुहारी आइन् ।

“मलाई भोक लाग्या छ भाउँजु भन्दै कालुले खानेकुरा माग्छ ।”

“अहिले खालास हामीले पनि केहि खाछैनम्, अँझै भोको” भन्दै भित्र पसेर बेलुकाको एउटा रोटी ल्याएर हातमा दिन्छिन् । “जा अब गाई फुकाएर अनि आउने बेला एक भारी दाउरा पनि ल्यायस् रित्तै नआउनु ।”

कालुले त्यो रोटीलाई भोक सित चपाउँदै गाई फुकाउँछ । कमरमा नाम्लो बान्छ अनि खुर्पा भिरेर हिँड्छ ।बिहान देखि रातीहम्म काम गर्दापनि पेटभरी खान दिँदैनन् । त्यसैमा पनि “सधंै हामी नभा तेरो के हाल हुथ्यो ? तँ त मनहुस् होस् जन्मिदै आमा खाईस् अनि अलि पछि आफ्नो बालाई पनि खाईस ?” भन्दै सराप्थे ।

आज साँझमा यहाँ ठुलो पुजाको कार्यक्रम छ, त्यसैको तयारी गर्दैछन्, पाहुनाहरु आउने क्रम जारी छ । बिस्तारै घामले नेटो काट्न थाल्यो कालुले पनि एक भारी दाउरा ल्याएर भर्खर भारी बिषयको थियो । एकछिन् आएर त्यही पेटीमा बसेको हुन्छ । “अझै गाई आएका छैन, त्यो कालु काम चोर कहाँ गयो आज” साहुनी भित्रबाट निश्किन्छिन् ।

काले जुर्कै उठ्दै– “आमा म भर्खर दाउरा लिएर आएको, गाई पछि आउँदैछन् ।” उ बिहानै देखिको भोकै प्यासै भए पनि लगातार काम गरि राखेको हुन्छ ।

“गाई कसले ल्याउने हो ?” साहुनी कराउँदै भन्छिन् ।

“म ल्याउँछु आमा” कालु गाई खेर्न निस्किन्छ ।

उसले आमा बा दाई दिदी जे सुकै साईनो लगाए पनि परिवारको नजरमा उ त्यो घरको कमारो एक प्रकारको बंधुवा मजदुर नै थियो । जसलाई बिना तलब मनपरी कजाउन पाएका थिए । साहुको भनाई थियो कालुकी आमाको उपचार गर्दा थापाले एक हजार रुपियाँ ब्याजे लिएका थिए । जो बढेर अहिले पाँच हजार भै सकेको थियो ।

कालुलाई यहाँबाट निस्किन असम्भव थियो । किनकी यहाँबाट जाँदा दिन त्यो पाँच हजार तिर्नु पर्ने हुन्छ । आखिर कहाँबाट ल्याउँछ कालुले त्यो रकम ? बिस्तारै दिन बित्दै गयो । कालुले घरको सबै काम घास दाउरा जोत्ने परिआएका तमाम काम गथ्र्यो ।

कालुले अब यो धर्मात्माको घर छाड्ने योजना बनाउन थाल्यो । कालुको लागि सबै भन्दा ठुलो मुक्तिको मार्ग भनेको पहिलो यो घर छाड्ने नै हो, जहाँ उ बँधुवा मजदुर थियो ।

“आमा, अब म यहाँ काम गर्दैन है” कालुले बुढी साहुनीको खुट्टा दबाउँदै भन्छ ।

“कहाँ जान्छस् तँ काम नगरेर ? प्वँख लागे की क्य हाँ तेरा ?” बुढीले रिसाएर– “तेरो बाले लिएको रकम पाँच गुना भयो बढेर थाहा छ तँलाई मुर्दार” बुढीले डर देखाउँ छिन् । उनी रातो परो भएर आफ्ना खुट्टाबाट उसका हात हटाउँछिन् ।

“आमा, म यहाँ बसि रहें पछि बाबाको ऋण कसले तिर्छ त ?” कालुको यो कुराको उत्तर बुढिले भेटाउँदिनन् ।

“मलाई थाहा छैन, कोले तिर्छ तैँले न तिरेर कोले तिर्छ ?” बुढी फेरी रिसले कराउँ छिन् । बाताबरण शुन्य हुन्छ, उसले फेरी लाटो कोसेरो जस्तै बुढिका खुट्टा दबाई थाल्छ । एकछिन् कतैबाट पनि बोली फुट्टदैन ।

“आमा मेरो आमा कसरी मरेकी ?” कालुले मलिनो अनुहार देखाउँदै प्रश्न गर्छ ।

“मलाई के था, तेरो बा हुनी गएर सोध” बुढीले फेरी आफ्ना खुट्टा तान्छिन् ।

“आमा, हाम्रो बारी कत्ति थिएन र ?” कालुले अर्को प्रश्न राख्छ ।

बुढी अलि कता कति सोंचे झैँ गर्दै– “खै मलाई के था, तँलाई कसले सिकाएको छ यस्ता कुरा” उल्टै हप्काउँ छिन् ।

“आमा हजुरले पुजा किन लगाउँदै हुन्छ ?” कालुले फेरी सोध्छ ।
“धर्म गर्न !” बुढीले फटाकसँग भन्छिन् ।

“पहिले पाप गर्नु भएको थियो र आमा ?” कालुको यो कुराले बुढीलाई गहिरो सोंचमा पारेको थियो । उनी अनउत्तर भइन् ।

कालु जुरुक्कै उठेर बाहिर तिर जान्छ । आखिर यहाँबाट निस्किन त्यती सजिलो छैन ! कालुले मन मनै सोंचेको हुन्छ । अब भागेर लाहुर जाने निर्णयमा पुग्छ, तर त्यसका लागि पनि त किराया चाहिन्छ । कालुले बिस्तारै आफ्नो बाबा र आमाको जीवनी पत्ता लगाउन थाल्छ, अनि साहुलाई त्यो कुराले पिरलि रहन्छ ।

एक दिन बिहानै घाँस काट्न गएको कालु फेरी फर्केर त्यहाँ गइन ।

दृष्टीकोण

“नमस्कार मित्रहरु !” मणिले सबैलाई हात जोडेर भन्छ ।

तर उसलाई कसैले ध्यान दिदैनन् । उनको यो ब्यबहार देखेर मणिलाई ब्यङ्ग्य हान्ने बिचार आउँछ ।

“मान्छेको हेराई फरक–फरक हुन्छ । अनि सोंच पनि फरक–फरक हुन्छ । त्यहाँको बातबरण र संस्कारसँग प्रेरित भएकै हुन्छ । कसैले के भन्छ भन्दा पनि कसैले के गर्छ र उसले गरेको कृयाकलापबाट कस्तो देश र जनता समाजलाई असर पुग्छ भन्नेनै हो, होईन र कान्छ ?” मणिले कान्छालाई सम्झाउने प्रयत्न गर्छ ।

“मणि ज्यु कुरा त ठिक हो तर हामी सही भएर पनि त पिडित छौँ नि ? हजुरले हामी सहि हुनुपर्छ त भन्नु हुन्छ तर यहाँको माहोल पनि त सहि छैन होईन र ?” कान्छाले आफुभित्रको भडास् निकाल्छ ।

“हजुर हो नि, हामी पक्कै पनि सतप्रतिशत सहि छौँ । तर पनि हाम्रो बिचारले हाम्रो ब्यबहारको प्रतिनिधित्व गर्न सकेन वा हामी बसेको समाजमा बिल्न सकिएन समाजले रुचाएन भने हामी अल्पमतमा पर्छौं । किन कि बस्तुगत अबस्था हाम्रो बिचार र ब्यबहार भन्दा बेग्लै हुन्छ ।” मणिले कान्छालाई सम्झाउने कोशिसमा भन्छन् ।

“त्यो ता ठिकै हो, तर हजुरहरु आफैले भन्नु हुन्छ, अन्धबिश्वासमा रहनु हुन्न, कम्युनिष्ट पार्टीले मात्र गरीब, सर्वहारा, सुकुमबासीको भलो गर्छ, जातिय लेङ्गिए बिभेद खतम गरेर समान्ता प्रदान गर्छ, खैत ? गरेको आज देशभित्र दुई तिहाई कम्युनिष्टहरु भएको सरकार छ । कत्तिको कृषि क्रान्ती भयो ? आज पनि दलितहरु अपमानित छन् । छुवाछुत गाउँ शहरमा छताछुल्ल छ । तिनै कम्युनिष्ट भनाउँदाहरु भ्रष्टचारमा मुछिएका छन् । जातिय लैङ्गिए बिभेद बरकरार छ । जसले हिंजो सर्वहाराकरण हुनुपर्छ भन्थे उनै धनि बन्ने होडमा छन् । अनि अन्धविस्वास भन्नु हुन्छ भने कुरा गरेरै साध्य छैन । उनैले देवालीमा कैयौँ बोका बली चडाउन कबलेका हुन्छन् । यस्ता कैयौँ उदाहरणहरु हाम्रा अगाडि छन् ।” कान्छाले आफु भित्रको भडास् केहि बाँकी नराखेर निकाल्छ ।

एकछिन् कोठामा शान्त हुन्छ ।

“हो, हजुरले भनेको झैँ छ तर, अलिबेरको मौनतालाई तोड्दै मणिले भन्छ । अहिले देशभित्र जुन सरकार छ त्यो त कम्युनिष्टको नै होइन नि ..”

“त्यसो भन्न मिल्दैन है” जेठाले मणिलाई बोल्दाबोल्दै बिचैमा काट गर्छ । “हिंजो २०२८ सालमा झापामा जसको जोत उसैको पोत भनेर किसानहरुले जमिन्दारको विरुद्ध बिद्रोह गरे, अनि २०५२ सालमा जनयुद्ध दश बर्ष बन पसेर सशस्त्र युद्धगरेका त्यो पनि नौलो जनवादी क्रान्ति भनेर सत्र हजार युवाहरुको ज्यान गयो । उनीहरुलाई कम्युनिष्ट नभनेर कसलाई भन्ने ?” पल्लो घरको जेठाले आफ्नो रिस पोख्छ ।

आज मणि लगायतका केही साथीहरु एकजना बिमारीको लागि उपचारको सहयोग माग्न आएकाथिए । तर यहाँ चन्दा दिनु भन्दा पनि उनीहरुको भित्र रहेका कैयौँ मयलहरुलाई पाखाल्न परेकोछ ।

“होनी हजुरले भन्नु भएको जस्तै उनीहरुले कृषिक्रान्ती, जसको जोत उसको पोतका नारा दिएर संघर्ष गरे । हजारौँ होनहार युवाहरु मरे, अपाङ्ग भए, शहिदको खेती भयो । अहिले उनै झापाली र माऔँवादीहरुको दुईतिहाई बहुमातको सरकार देश भित्र छ । तर यदी यिनिहरुले त्यो नारालाई अहिले लागु गरे त ? यदि साँचै भन्दा कम्युनिष्ट हुन्थे भने कृर्षी क्रान्ति गर्न,जस्को जोत उसको पोत गर्न कस्ले रोकेको छ उनीहरुलाई । जातिय लैङ्गीय बिभेदको अन्त्य गर्न कसले रोकेको छ ? सामाजमा रहेका बुजुर्वा बिचारको अन्त्य गर्न पनि कसले रोकेको छ ? देशमा भ्रष्टचारको अन्त्य गरेर शुब्यबस्था ल्याउन कसले रोकेको छ ? युवाहरुलाई आफ्नै देशमा रोजगारको ज्ञारण्टी गरुन्, कथित गोर्खा भर्तिमा रोक लागोस्, छिमेकीसँग भएका तमाम असमान संधि खारेज गरेर पञ्चसिलको आधारमा संधि होस् । यि धेरै कामहरु त गर्न सक्थे । संघीयता खारेज गरेर देशको खर्चमा कटौति गर्न सक्थे भारतका ब्यस्यालयहरुमा बेचिएका महिलाहरुको उद्धार गर्न सक्थे तर उनीहरुको सरकार कम्युनिष्ट नै होइन भनेको यस्तै खाले ब्यबहारले गर्दा हो ।” जेठाको कुरा बिस्तारै सुने पछि मणिले उनीहरुलाई सम्झाउँछ ।

सबैले एक स्वरमा– “हो, यो त पक्कै पनि यहाँले भनेको ठिक हो” मणि तिर हेरेर जेठाले भन्छ– “मेरो त यो कुरातीर त ख्याल नै गएन छ ।”

सबैले मणिको यहाँ आउनु पर्ने कारण बल्ल सबिस्तार पूर्वक सोध्दछन् ।

बुजुर्वा डिग्री

नमस्कार– माष्टर साहेब !

नमस्ते माष्टरले मणिलाई फर्काउँदै हजुर को ?

म चिनिन त, अनि केही काम थियो ? माष्टरले सोध्छन् ।

म यहि नजिकै गाउँमा बस्थे तर सानैदेखि लाहुरे भएकोले धेरैले चिन्दैनन् । मणिले आफ्नो परिचय दिँदै भन्छ ।

ए ए बस्नुस ! मणिलाई बस्न चियर तिर इसारा गर्छन् ।

मैले यहि स्कुलबाट कखरा सिकेको पुरानो रिकार्ड छ की भनेर सोध्न आएको हु ! मणिले कुर्चिमा बस्दै भन्छ ।

अहँ छैन हजुर कुनै रिकार्ड ! माओवादी जनयुद्ध ताका सबै पोलेछन् । त्यस पछिको मात्र छ हामीसँग अरु त केहि पनि छैन । भन्दै अध्यापक निराश हुन्छन् ।

अनि हजुरलाई रिकार्ड किन चाहियो अचानक ?

म छिमेकी देशमा जागिरे हु अब रिटायर्ड हुने बेला भयो तर मसँग आफु जन्मेको कुनै प्रमाण छैन, भोली आबस्यकता पर्ला भनेर मैले पढेको सर्टीपिकेट भए सजिलो हुन्थ्यो भन्दै उनले पुरानो समरण गर्छन् ।

“हामी भनेको आमुल परिवर्तन गर्ने कर्णधार हौँ ! त्यसैले पनि हामीलाई यो बर्तमान ब्यबस्था अन्तरगर्तको डिग्रिको कुनै आबश्यकता पर्दैन ! दिनेशले एउटा खचाखच कार्यकर्ताले भरिएको हाउसलाई सोम्वोधन गर्दै भनेका थिए । त्यो सुनेर म लगायत धेरै साथीहरु प्रभावित भएका थियौँ त्यो हौल नै गुञ्जिने गरी तररर तालि बज्यो ।

हुन पनि ठिकै त होनी ! आमूल परिवर्तन गर्न कमर कसेकालाई त्यो बुजुर्वा डिग्रीनै किन चाहियो भन्ने ठानेर कैयौँ साथीहरुसँग मैले पनि त्यो च्यातेर फ्याँके । मलाई पनि लाग्यो आखिर हामीले त सम्पूर्ण बुजुर्वाको समरचना भत्काएर आमूल परिवर्तन गर्ने आँट राखेका हामी युवाहरुले साँचै भन्दा त्यो डिग्रि कसैले आ–आफ्ना सार्टिपिकेट पोलेका थियौँ ! मणिले लामो स्वास फेर्दै आखिर ..!

भन्नुस आखिरमा के भयो त ? अध्यापकले उनको कथा सुन्न चाहान्छन् ।

दिनेश एउटा प्रशिक्षक थिए त्यो बेला पनि उनी आफुलाई कम्युनिष्ट भनेर चिनाउँथे ! मणिले अगाडि भन्न सुरु गर्छ– दिनेशका कैयौँ त्यागका कथाहरु कैयौँ ब्यक्तिहरुबाट सुनिन्थ्यो । अखबारहरुमा उनका लेख रचना आए भने हामी त्यसलाई कैयौँपटक दोराउँदै अध्ययन गथ्र्यौँ । त्यो बेला देशभित्र पञ्चायती तानाशाही ब्यबस्था भएकोले त्यो ब्यबस्थाको बिरुद्ध युवाहरुमा तिब्र आक्रोश थियो । निरंकुश पञ्चायती तानाशाही ब्यबस्थाको बिरोधी नाराहरुले त्यो बेला ब्यापक जनसमर्थन पाउँथे । क्रान्तिकारी आवाजको त्यो बेला ठुलो र ऐतिहाशिक महत्व थियो । त्यो बाटोमा हिँडेका नेताहरुको पनि उच्च सम्मान हुन्थ्यो र कार्यकर्ता उनको सहयोगका लागि सधै तैयार हुन्थे । समय बित्दै गयो अनुशासनमा बसेका साथीहरु निरन्तर सामाजिक राजनीतिक काममा लागि रहे, उनीहरुको योग्यता हुँदाहुँदै पनि आफ्नो नीजि काम नगरेर निरन्तर संगठनको काम मै खटिरहे । कैयौँ पार्टटाइमर पढाई गर्न थालेकाहरुले पनि त्यो बुजुर्वा डिग्रिको खाँचो नपर्ने भएपछि त्यो पाठ्यापुस्तक पढाई गर्न छाडेर फैँके, भौतिक शास्त्र क्रान्तिकारीहरुका रचना लेखहरु र दार्शनिक महापुरुषहरुको जीवनी अध्ययन गर्न थाल्यौँ ।

हामीलाई त्यो बेला लाग्थ्यो अब छिट्टै देशभित्र नौलो जनवादी क्रान्ति शुरुहुन्छ । परदेशमा संगठित साथीहरुमा लोह अनुशासन हुन्थ्यो । देशभित्र राजतन्त्र बिरुद्धको सयुंक्त जनआन्दोलनले गति लिन थालेको थियो प्रवासबाट म लगायत म जस्तै धेरै साथीहरू हजारौँको संख्यामा देशभित्र संयुक्त जनआन्दोलनको समर्थनमा फर्किका थियौं ।

काठमाण्डौमा जुन दिन कैयौँ साथीहरुलाई बन्दुकले ढाल्यो त्यो दिन हामी प्रवासीहरु त्यहि आन्दोलनको बिचमा थियौँ । बहुदलको घोषणा पछि आ–आफ्नो गाउँमा फर्केका साथीहरुले त्यहाँ कार्यक्रमहरु गरे मैले थुप्रै साथीहरुसँग मिलेर गाउँ पञ्चायतको भवनमा कम्युनिष्टको झण्डा गाडेको थिएँ । मणिले पुरानो बितेका दिनलाई संस्मरण गर्दै अगाडि भन्छ ।

बहुदलिय ब्यबस्थाको घोषणा भएपनि प्रतिगमनको ठुलो खतरा जिवित नै थियो । हो हामीले जनतासँग त्यो बेलाका संयुक्त आन्दोलनका नेताहरुले धोखादिएको कुरा भन्दै आयौँ । देशमा बहुदल होईन कालो बौदल आएको पनि भनेका थियौं । हामीले कहिले पनि त्यो बुजुर्वा डिग्रीलाई हात लगाउने प्रयत्न गरेनौँ तर पछि त्यही दिनेशहरुले त्यो बुजुर्वा डिग्रि कैयौँ रुपिया खर्च गरेर हात पारे अनि उनीहरु सांसद मन्त्रि पनि बने । त्यो बेला आफुलाई कटर क्रान्तिकारी भन्नेहरुले गरिब मजदुरहरु जनतालाई बिभिन्न क्रान्तिकारी अतिरञ्जित नाराहरु लगाएर उनी सिखरमा चडेका हुन् भन्दै आफ्नो कथाको बिट मार्छ ।

त्यो कथा भन्दा उसका आँखामा ज्वाला बलेको जस्तो चमक थियो । अनुहार रातोभएको थियो । उसको कथा सुन्न आएका कैयौँ दर्जन बिद्यार्थिहरुले आफुलाई घेरेको देख्छ । उनीहरु चुपचाप लागेर मणिको बिगत नियाल्दै थिए तर कथा सुनाउँदा बिद्यार्थिले घेरेको मणिले भने थाहा नै पाएन ।

एउटा अधेड उमेरका ब्यक्तिले एकलोटा पानी लिएर उभिएको देख्छ । मणिले पानी छोप्नु अघि उसलाई खुट्टाबाट टाउकासम्म नियाल्छ । उसलाई मणिले चिनेको जस्तै लाग्यो त्यो मास्टर उहिले मणिसँगै पढाईको सटिपिकेट च्यातनेहरु मध्यको थिए तर अहिले उनी पनि स्थायी मास्टर भइछन् । मणिले पानी पिएर लोटा उनैको हातमा थमाउँदै बिदाको संकेत हात हिलाउँछ र उनीहरुले पनि उत्तरमा हात हिलाउँ छन् । बिद्यार्थीहरुले साहेद केहि मणिको कथाबाट ज्ञान लिएको हुन सक्छ ।

गरिब

रातीमा महिला भएर एक्लै दुक्लै हिँड्नु हँुदैन, जमाना राम्रो छैन ! भन्दै मणिले आफ्नो छोरीलाई संझाउँछ ।

बाबा चिन्ता गर्नु पर्दैन, शहरमा रातीमा पनि पुलिस प्रशासन खटेका हुन्छन् । छोरीको कुरा सुनेपछि मणिले पुरानो एउटा घटना सुनाउछ । छोरी पुलिस प्रशासन पहिले पनि खटेका हुन्थे तर गरिबहरुको लागि उनै पनि दुश्मन भन्दा कम हुँदैनन् । एक पटकको कुरा हो मलाई दिल्ली जानु थियो, दिउँस डिप्टि गरेर रातीको जान थाले ।

गाडी लेट भएर समय साडे बाह्र बजे लेखेको थियो गाडीको निर्धारित समय दश बजेको हो । म त्यहाँ नौ बेजे पुगिसकेको थिएँ । अढाई घण्टा समय बिताउनलाई मैले आफ्नो बैगबाट एउटा किताब निकालेर अध्ययन गर्न थालें त्यो बेला मेरो बेगमा “युबक मोर्चा” नाम पुस्तक थियो । भर्खर एउटा पेज पढ्दै थिएँ अचानक पुलिसहरु दुईजना टिकट क्वान्टरको नजिक आएर डण्डाले बेँचमा ठाई पार्दा मेरो ध्यान पुस्तकबाट हटेर उतै गयो । अक्टुबरको महिना भएकोले त्यती जाडो त थिएन तर रातीको समयमा चिसो महशुष भएको थियो । त्यहाँ केहि यात्रुहरु गाडीको बाटो हेरेर बसेका थिए ।

ठिक टिकट काउनटरको तल भुँईमा दुईजना एउटा महिला अर्को पुरुष बसेका थिए । ओए यहाँ किन बसेकाछौ ? केछ एस्मा ? भन्दै ! पुलिसले नजिकै राखेको टिनको पिपामा डनण्डाले ठ्याक ठ्यक पारे । उनीहरूले त्यो पिपालाई ताला लगाउने बनाएर त्यस्मा आफ्ना कपडा राखेका थिए । खोल यो भन्दै फेरी डण्डाले ठ्याक–ठ्याक पारे । अरु पनि यात्रु थिए कसै तिर उनीहरुको ध्यान थिएन । म त्यो बेला भर्खर अठार वर्षको थिएँ ।

महिलाले त्यो कनेस्तर खोलेर एउटा एउटा चिज देखाई दिन्छिन् । मुसाफिर खाना तिर इसारा गर्दै–उता गएर बसौं यहाँ बस्न मिल्दैन भन्छ । उनीहरु उठेर दुबै जना मुसाफिर खानामा जान्छन् ।

मैले आफ्नो किताब बेगबाट निकालेर फेरी पढ्न थाल्छु । भर्खरै पढ्न थालेको थिएँ उनी दुबै जनालाई फेरी तिनै पुलिसहरुले मुसाफिर खानाबाट हक्लाउँदै भगाए ।

मैले कुनै कुरा बुझ्न सकिन । किताब पढ्ने मनपनि मर्यो । उनीहरु फेरी त्यहि टिकट क्वन्टरको तल आएर बसेका छन् । एकछिन् पछी फेरी तिनै पुलिसहरु आएर उनीहरुलाई त्यहाँबाट खेद्न थाल्छन् । यो देखेर मलाई केहि भन्ने मन लाग्छ ।

के भयो सर ? यहाँहरुलाई किन बस्न दिनु हुँदैन ? बिचरा रातीमा कहाँ जान्छन् यिनिहरु ? मैले सोधी हाले । उसले मतिर राता आँखाले अलि राम्रै गरी नियाल्यो । मेरो बोली सुनेपछि उनीहरुले सहारा पाएको झैँ महेशुष गरेर होला । हामी रातीमा कहाँ जाने रात बितेपछि त हामी गै हाल्ने छौँ भनेर महिलाले के गुनासो गर्थिन्– अँझ बोल्छेस् निक्लिहाल यहाँबाट भन्दै बसेको महिलाको कमरमा लाठिले घोंचे ।

यो देख्दा कसैले पनि सहन सकिदैन तर पुलिसहरुको अगाडी कसैको बोल्ने हिम्मत नहुने । मलाई भन्छ मेरो क्वटरमा हिंड तलाई सुत्न खान दिन्छु हामीले जान नमान्दा यस्ले हामीलाई यसरी तङ्ग गर्दैछन् ! महिलाले रुँदै भन्छे । एउटा दुइटा गर्दा अरु पनि त्यहाँ जुटछन् र धेरै रातीमा रिक्सा चलाउने वाला पनि जम्मा हुन्छन् । ओए झुठ बोल्छे अँझै अब तलाई झेलामा कोच्छु भनेर हप्काउँछ ।

दाई हेर्नुसतो यसले हामीलाई यसरी नजायज गर्न भन्छ, हामीलाई बचाउनुस ! भन्दै दुबैजनाले हाम्रो अगाडि हात जोड्छन् ।

सर जी तपाई एउटा जनताको रक्षा गर्ने जिम्मा लिएकोले यस्तो अभद्र ब्यबहार गर्न मिल्छ ? मैले उक्त प्रहरीलाई सम्झाउने कोसिश गर्दा ! तिमिले मलाई मेरो जिम्मेवारी सिकाउनु पर्दैन । यीनिहरु यस्तै खाले हुन्, तिमी कुनै इज्जददार बाउको छोरा जस्तो लाग्छौ । यो चक्करमा नपर तिमिलाई जहाँ जानुछ जाउ ! भन्दै मलाई नसियत दिन खोज्छ ।

बिस्तारै समय बित्दै गयो, करिब बाह्र बज्न आँटि सकेको थियो । एका तिर त्यो एउटी महिला र उसको लोग्ने जसले गुहार मागेका थिए । अर्को तिर त्यो प्रशासन जसले उनीहरुको ईज्जतसँग खेल्ने प्रयत्न गरेका थिए । अब मैले कसो गर्ने उनीहरुलाई कसरी ति पुलिसहरुबाट जोगाउने ? यहाँ मलाई ठुलो संकट परेको थियो ।

मुसाफिर खानामा र यताका मान्छेहरु केहिले मलाई साथ दिने सम्भावना त थियो तर कतिबेरलाई ? रातीको समय थियो । उनीहरुको गाडि आएपछि त गै हाल्छन् ।

बैनी तिमिहरु कहाँ जाने हौ ? मेरो प्रश्नको उत्तरमा महिलाले एउटा प्रचि निकालेर देखाई त्यसमा जो अड्रेश थियो त्यो अधुरो थियो ब्यक्तिको नाम र कुनै कटन मिलको फोन नम्वर थियो । तर त्यो बेला कसलाई कहाँबाट फोन गर्ने ? उतिबेला आजको जस्तो मोवाइल थिएन । अनि त्यो बेला फोन गर्न पनि सकिएन ।

त्यहाँ अब पब्लिक दस बाह्र जाना जुटेपछि पुलिस अलि ढिला त भएको थियो । तलाई यति धेरै हमदर्द छ भने आफ्नो घरमा लिएर जा यहाँ हामीले बस्न दिदैनौँ भनेर मलाई भने ।

उनीहरुलाई नजिकको धर्मशालामा लग्दा धर्मशाला वालाले डराएर यहाँ नराख पुलिसले यहाँ पनि छाड्दैन भनेर भन्यो । अब कहाँ जाने मेरा एक जना साथीको नजिकै पावर हाउसमा क्वटर थियो उनीहरुलाई अध्यारैको लाभ उठाएर पावर हाउससम्म लगेर गए त्यहाँ पुगेर दैलो खट खटाएँ बाहिरको आगन वाला दैलोमा कुण्डि लगाएँ । भित्र एकजना बुजुर्ग थिए दैलो खोल्दा बित्तिकै लाईट बाले मैले लाईट मार्न लगाएको उनलाई गलत फैमी भयो ।

अब यसबेला आउने अनि त्यो आईमाई लिएर भन्दै कराउन थाले । उनलाई जसरी तसरी चुप गराउनु पर्ने थियो । किनकी पुलिसले खोज्दै आएका थिए । उनलाई भित्र बसालेर मैले गेट कुरेर ढोकाको चरबाट हेरेको थिएँ दुईजना पुलिस साईकलमा आएका थिए कुकुरहरु भुक्न थाले कलौनी सबै हेरे अनि कतै मेसो नपाए पछि उनीहरु फर्किए । भोली उज्यालो नहुँदै उनीहरुलाई त्यहाँबाट लिएर त्यो ठेगानामा पुराए पछि म दिल्लीको लागि रवाना भएँ । त्यो बेला फरीदावादमा मेरा आफन्तिहरु बस्थे कुनै ठाउँ र उनैको आफन्तिको घरमा बिवाह थियो जसको निम्तोमा मलाई जानु थियो । पावर हाउसका चौकिदार आफ्नै मान्छे थिए । उनले म आएको र क्वकरमा पसेको पनि देखेका रैछन्, पुलिस आएको पनि देखेका रैछन् पुलिसले उनीसँग सोधेपछि उनले यहाँ कोहि पनि आएन भनेपछि पुलिसहरु फर्किएको पछि उनले बताएका थिए ।

ओहो निकै समस्या परे छ बाबालाई अहिले पनि त हजुर जस्ता कतै भेट्टिन्छन् होला ? उनीहरुले जोगाई हाल्छन् नी किन चिन्ता दिनु हुन्छ । छोरीले भन्छे ।

शङ्का

“भन्छन् कतिपयले शङ्काले लङ्का ढलाउँछ ।तर वास्तबमा संकाले कैयौँका घर वा जिन्दगी पनि बचाउँछ ।

यस्तै यो कथा पनि त्यसैमा आधारीत छ ।

कार्यक्रम सुरुभएको थियो तर वाग्ले जी स्वदेश जान थाल्नु भएकोले, मणिले उहाँलाई बस अड्डासम्म छोड्न गए । अन्तर्राष्ट्रिय बस अड्डाको नजिकै भब्य सम्मेलन थियो । स्वदेश त जान मणिलाई पनि थियो यतैबाट स्वदेश तिर लाग्ने साईत नै सारेर आएको हो । तर उसले कार्यक्रम हेरेर जाने निधो गर्यो, वाग्लेलाई छिट्टै जानु पर्ने भएकोले कार्यक्रमलाई बिचैमा छाडेर निक्लिनु भयो ।

उहाँलाई बसमा बसालेर फर्किनै लागेको बेला त्यहाँ एउटा चियाको कैन्टिनमा काम गर्ने केटाहरुले त्यहिं नजिकै बेञ्चमा बसेका एउटा अधेड महिला, अनि उस्तै पुरुष, एउटी भर्कर अट्ठार बिस बर्षकी केटीसँग कैयौँ केटाहरुले हाँसो ठट्टा गरेको जस्तै देख्यो । उनी सबै नेपालीहरु थिए तर देख्दा बोल्दा नेपाली लागे पनि को कहाँको हो त्यो थाहा भएन । एकता बसको टेँटे घोँघो अर्को अलि टाडा भएकोले मणिले केहि बुझ्न पाएको थिएन ।

अलि बेर त्यो दृष्यलाई हेरेपछि मणिलाई सोध्ने मन लाग्छ ! नजिकै गएर हजुर नमस्ते छ है, मेरो मणिले ठटौले लहेजामा भन्छ । कोहो र तपाई ? अधबैँसे ब्यक्तिले नमस्तेको उत्तर दिदैन प्रश्न राख्छ । म त को भनौँ एकजना स्याँगजा तिरका मित्र हुनुहुन्थ्यो उहाँलाई बसमा बसालेर फर्किदै छु । हजुरहरु नेपाली जस्तै देखेर सोधी हालौँ भन्ने कुरा मनमा पलायो तर हजुरहरु कहाँ जाने होत ? मणिले सोध्छ । हामी पानीपत जाने हो, पंचरङ्ग बजार सुन्नु भाको छ ? उनले सोध्छन् !

हजुर थाहा छ मलाई मणिले उत्तर दिन्छ ।

हो त्यहिं हामीले अचार बनाउने काम गर्छौँ भनेर भन्छन् । पहिले हिमाचल तिर बाटोको ठेक्का पनि लिएका थियौँ, अहिले त पानीपत तिर जाने हो ! उसले अरु थप्छ ।

अनि घर कहाँ पर्यो त हजुरहरुको ? मणिले बुझ्न खोज्छ ।

घ..घर ? घर त दाङ हो नि ! अलि अक मक्किएको जस्तै देखिन्छ ।

अनि यिनि को त ? मणिले त्यो केटी तिर ईसारा गर्दै सोध्छ ।

उसले आफ्नो कपाल कोर्दै घरी काईओलाई कपालको माथिन्ै टाँग्थि कहिले फेरी कोर्थी !

यो यो त मेरो छोरी हो ! त्यो ब्यक्तिले भन्छ । त्यहाँ सिग्रेट ल्याएर त्यो केन्टिनको एउटा केटाले उसलाई दिँदै थियो । उनीहरु रमाईलो गर्दै हाँसो ठ्टा गर्दै थिए । ति केटाहरु न त उनीहरुको नजिककै हुन् न आफ्ना साहेद नेपालीको नाताले होला खुब ठट्टा चलेको थियो ।

त्यो महिला र पुरुषहरु उनीहरुको ठट्टा हेर्दै खुसि हुदै गर्दैथे । ति केटाहरुले कहिले चुरोट कहिले चिया दिने गरिरहेको देखिंदा उनीहरु मणिको शंकाको घेरमा आएका थिए ।

अनि घर पनि दाङ घोराही त होईन होला बरु तुल्सिपुर तिर देखेको जस्तो लाग्छ हजुरलाई त ! हो हो भाई तुल्सिपुर नै हो भन्दै कस्तो ठ्याक्कै पार्नु भयो । हामीले होटेल गर्दथ्यौँ पहिले भनेर भन्छ । अनि हजुरको घर दाङ हो ? उसले मणिलाई सोध्छ ।

हजुर होनी ! मणिले भन्छन् । यहाँ कहाँ बस्नु भाको छ ? उसले मणिलाई सोध्छ ।

म नजिकै एउटा सम्मेलनमा आएको थिएँ यहाँ एकजाना साथी स्वदेश जान थाल्नु भएको त्यसैले बसमा बसाल्न आएको हुँ । मणिले आफ्नो बारेमा भन्छ । अनि हिँड्नुस् नजिकै त हो सम्मेलन ! मणिले उनीहरुलाई जान इसारा गर्छ ।

हजुर जाने त हो तर पानीपतको बस निक्लिन्छ की भनेर टालमटौल गर्छ । यध्यपी त्यो बेला कस्मिरी गेटबाट दश–दश मिनेटमा पानीपतका लागि बसहरु गै राख्थे । किन की यो जीटी रोड पर्छ । यहाँबाट अंबाला, कर्नाल, पंचकुला, चण्डिगढ जाने बसहरु पनि पानीपत नै भएर जान्छन् ।

हिँड्नुस हजुरले पानीपतमा बसेको हु भन्नु हुन्छ धेरैलाई चिनेको बताउनु हुन्छ त्यहाँबाट थुप्रै साथीहरु आउनु भएको छ कार्यक्रम ! भनेर फेरी मणिले उसलाई भन्छ । उसले किन मान्थ्यो उसको उदेश्य अर्कै थियो मणिलाई धेरै शंका लाग्यो । कहिँ यो केटी उसको छोरी न हुने र यसलाई कतै दिल्लीको बेस्यालय तिर बेच्छ कि भन्ने शंका लाग्न थाल्यो ।

मणिलाई पनि स्वदेश जानु थियो भोली पल्ट पनि उनीहरु त्यँहि थिए । यस पटक मणिका एकजना आफन्ती राजसँगै मणिलाई बसअड्डा छाड्न जानु भयो । मणिले उहाँलाई यसको बारेमा बतायो उनीहरुको चाल चलन ठिकछैन यसको पक्का सिआइडि गर्नु होला भनेर मणि स्वदेशको लागि रवाना हुन्छ ।

केहि दिन पछि त्यो महिलालाई पानीपतकै एकजना ब्यक्तिले किनेको जानकारी आउँछ । त्यो केस अलि ठुलै बन्छ राज लगायत एकता समाजका साथीहरुले त्यो बिक्रि भएकी केटीलाई ठुलो संघर्ष गरी एउटा कोठीबाट निकालेर स्वदेश पठाएको जानकारी आउँछ । उनीहरु कथित आमा बाहरुले दश हजारमा एउटा ब्यक्तिलाई बेचेर जान्छन् जसको घरमा पहिलैइ जहान बच्चा थिए । जसलाई निकालेर स्वदेश पठाउनमा राज, उक्त ब्यक्तिको श्रीमति समेतले सहयोग गर्छिन्, लगाएत एकता समाजको महत्व पुर्ण योगदान रहेको छ ।

(यो घटना वास्तबिक भएपनि यसका तमाम पात्रहरुको नाम खुलाईएको कृतिम नामबाट कथा कोर्दा ठ्याक्कै कसैको नाम मिल्न गएमा क्षामा पार्थि छुँ ।)

भोक मिठो की भोजन ?

बर्षाको बेला सिमसिमे पानी परेकै थियो । गाँउ घर तिर कतै अन्न गहु मकै पाईदैन । अनिकाल परेको छ । भोकले केटा केटीहरुको चिल्लि बिल्लि थियो । बारीमा भर्खर मकैले खिसा च्याँपेको छ, भनौँ अँझै एक डेड महिना बारीको मकै खाने लाएक हुदैन ।

मतीले अन्न बेसाउन वरिपरीका गाउँ सबै चारेर आइन तर कतै अन्न मिलेन अब ज्यान के गरेर पाल्ने ? आफुले त भोकै पनि बस्न सकिएला एक दुई दिन तर ति स–साना बाबु नानीलाई कसरी पाल्ने ? मतीको समझमा आउँदैन आफुले सेउँ ओडेर गएको फेरीपनि पानीको बाईस्टोले चुत्रुक्कै भिजाएको छ । फेर्ने अर्को जोडी कपडा पनि छैन । पानी पनि लगातार आएको आएई छ, बिसिनेको नामै छैन ।

मतिको लोग्नेको केहि दिनदेखि अत्तोपत्तो छैन । उनी जुवा खेल्नका माहिर जुवाडे हुन् । उनी जुवा खेल्न थाले पछि हप्ता दिनसम्म गाउँमै भएपनि पत्ता लाग्दैन थ्यो । अब उनलाई खोज्न पनि त कता जाने ? यतै जान्छु भनेपो जान पनि सकिन्छ । अनिकालको बारेमा थाहा नै नभयको त होईन । घरमा एकदाना अन्न छैन भन्ने त थाहा नै थियो ।

झमक्कै साँझ पर्छ मतीले आगो बाल्छिन् बाहिर पानी परिरहेकोले आगो बाल्न पनि अलि बेर लाग्यो । आगो बालेपछि केटाकेटीले अगेनालाई घेरेर बसेका छन् । जस्तो कि अब आमाले केही खानेकुरा दिन्छिन् । बच्चाहरुको निन्नौरो सुरतले मतीलाई भावुक बनाउँछ । उनी नबोली–नबोली तालमा जान्छिन् त्यहाँ तोरी पेलेको खलि एउटा डालामा भेट्टछिन् र त्यो लिएर आउँछिन् ।

अनि आगाको ओर पर लगाउँछिन् त्यो खलिलाई पोलेर केटा केटीलाई दिन्छिन् । उनीहरुले त्यो खलि जो प्राय गाइ भैँसीलाई दाना बनाएर दिने गरिन्थ्यो त्यो खलीलाई पोलेर दिएपछि ति स–साना बच्चाहरुले कति मिठो मुखले खाएको देख्दा मतीका आँखाबाट आँशु खस्छ ।

यति साना बच्चाहरुलाई कसरी पाल्न सक्किन्छ ? यो हालातले । उनले मनैमनमा सोंच्छिन्, बच्चाहरुले खलि खाएपछि निन्द्राले यस्तै गुन्द्रिमा पल्टिन्छन् र निदाउँछन् ।

मतीलाई भने केको निन्द्रा लाग्थ्यो । आफुलाई त भोक लागेको पनि पत्ता लागेन छोरा छोरीको लागि कति धेरै चिन्तित थिइन् ।

रात त जनतन बित्यो, अब बिहान कसको घरमा जाने कसैले एकमाना पैँचो पनि दिँदैन, यदी दिए पनि त कसरी फिर्ता गर्ने ? आखिर कसैले त तब दिन्थ्यो जब कि पल्लामा केही हुन्थ्यो ।

खलि डालामा अँझै धेरै दिन खाने थियो, त्यो खलिपोलेको पनि कति मिठो भयो भन्नै गारो छ । भोजन भन्दा पनि मान्छेको भोक मिठो हुनेरैच्छ भन्ने कुरा यसैबाट पनि अनुभती हुन्छ ।

त्यो बेला अनिकाल धेरैसम्म पर्यो गाउँमा कसैका घरमा पनि अन्नको दानो नभएको ईतिहास पनि भोगियो । तर जस्ले वास्ता गर्दैन उसकालाई के छोरा के छोरी जुवा तासमा ब्यस्त हुन्छन् ।

दुई तिन दिन जती उनीहरुले त्यो डालामाको खलि सिद्धाई दिन्छन् । मतिको लोग्ने केहि दिन पछि फर्केर आउँछन् ।

एकातिर गरिबी भोकमरी अर्को तिर लोग्नेको यस्तो हालतले मति अत्यन्तै दुखी भैसेकेकी हो । मतिको लोग्ने आइपुगेको केहिबेर पछि एकजना अर्धबैँसे ब्यक्ति आएर भैँसी फुकाईदेओ भन्दै आउँछ ।

मतिको लोग्नेले आज केही दिनको भुँमिगत भएर यति ठुलो काम गरेको थियो । भर्खर ब्याएको भैंसीलाई जुवामा फालेर आएका रैछन् ।

कम्तिमा ति बच्चाहरुले त्यहि भैंसीको दुधले पनि कैयौँपल्ट गुजारा गर्न सकिन्थ्यो । मतिले खबरदार !

भैँसीलाई हात लगायौ भनि ! भन्दै तिनिहरुलाई खेद्न थाल्छिन् तर उसले भैंसी लिएरै जानथालेका छन् । अब त्यो भैँसीले खाने खली पोलेर बच्चालाई दिन्छन् । अनि कहि दिन बित्छ । भोक लागे पछि जे मिठो हुन्छ भन्दै मनैमन कुराको बिट मार्छ ।

धनु

आज गाउँभरि हल्लि खल्ली थियो, के भएछ भन्दै एउटी बुढी बोईसँग सेतेले सोध्छ । उ आफु बेलौतीको रुखमा थियो । ए बोई तल किन मान्छे कराछन् हँ ? उसले आश्चार्य प्रकट गर्छ ! खै बाबु तल देबिको थानमा चोर पस्यो भन्ने हल्ला छ । त्यतीता मलाई पनि थाहा छैन, उनले भन्छिन् । बाबु बेलौती पाकेको छ ?

उनले प्रसङ्ग बदल्छिन् । हजुर पाकेको छ भन्दै चारौटा दाना राम्रो पाकेका बेलौती बोईको फाँदमा खसाल्दिन्छ । उनले बेलौतीका दाना फाँदमा राख्दै ! घर पुग्दा बित्तिकै न नातिना बोईले केहि ल्याईछेकी भन्दै मुक ताक्छन् । धन्न यो बाबुले बेलौती खसाल्दियो बाँचीरहे भाग्यमानी भय भन्दै बुढी बाटो लाग्छिन् ।

तल मन्दिर परिसरमा झन् जोडजोडसँग मान्छेहरु कराएको सुने पछी सेते बेलौती खान छाडेर तल तिर ओरालो लाग्छ ।

कसले चोर्यो ? यो भगवानको मन्दिरबाट, यो देवी थानको ढोका फोरेर यस्तो चोरी गर्न सक्ने डाँकाको हो ? भन्दै पुजारी कराउँछ । घोर कलियुग आयो मन्दिर जस्तो पबित्र स्थानबाट पनि चोरी हुन् थाल्यो ! मुख्याले कुरालाई हावा दिंदै थियो । अलि बेर यस्तै कच–कच गर्दै आपसमा एकले अर्काको मुख ताक्दै गर्थे । एउटाले उपुल्ला घरे माईला दिनहुँ सवेरै आउँछन्, उनले देख्नु पर्ने ! भनेर भन्छ । मुखियाको पहिलेईदेखि माईलासँग अलिअलि सम्बन्ध ठिक थिएन । मुख्यले बसेर योसँग बद्ला कसरी लिने भन्दै सोंच्न थालेको थियो । माईला तिमिले त देखेनौ ? चोरलाई उसले सोद्छ । देखिन मैले कसैलाई ! माईलाले जवाफ दिन्छन् । अहिले जस्तो मौका फेरी मिल्दैन आज जसरी भएपनि यसलाई फसाउनै पर्छ ! मुख्याले मन मनै सोंचेको छ । अब त्यस्तै प्रकारको माहोल तैयार पार्न थाल्छ । हो माईलालाई सधैभरी बिहान सबेरै मन्दिरमा आएको त मैले पनि देख्छु तर माईलाले देखेन भन्दा अलि ठिक त लागेन मलाई पनि ! मुख्याले गम्भिर हुँदै भन्छ । जेहोस चोरको त पत्ता लगाउनै पर्छ तर कसरी पत्ता लगाउने ? अब त हामीसँग एउटा मात्र बिक्लप छ, भन्दै मुखियाले पञ्चायतमा कुरा राख्छ । त्यो सबै त्यो सानो बच्चाले देखेको थियो । करेसामा बसेर उनीहरुको छलफल सुनिराखेको थियो ।

हो, अब अन्तिम निर्णय “धनु” लगाउनु पर्छ । मुख्याको कुरामा सबै सहमत हुन्छन् । ए जेठा तिमिले धनु त लगाउन जानेकै छौँ । हामी अन्त कसैलाई खोज्न कै लागि जाँदैनौ, यो काम तिमिले गर्नु पर्छ । अब सबैको सोर सल्लाबाट यो काम गर्नै पार्छौं । अब सबैको सल्हाबाट अब धनु लगाउन तयार छौ भने ढिलो नगरी अब जसका घरमा त्यो धनु प्रवेश हुन्छ, त्यही चोर हुनेछ । त्यस पछि पनि समान नमिले उसलाई ठेडुका ठोकेर जेल हाल्दिने हो । त्यहाँ बसेका सबैले हुन्छ भन्छन् ।

उनीहरुलाई के को डर उनीहरु मध्य कसैले चोरेकै छैनन् । न चोरेको घरमा धनु जाने कसैलाई बिस्वास पनि छैन भनेर सबै ढुक्कछन् । साँझ तिर जेठाले बाँसको धनु काटेर तैयार पारेका थिए । त्यसको माथि ध्वजा रातो सेतो बाँधेका छन् । अनि मनमनै के हो के मन्त्र पढेको झैँ ग्यापग्याप गर्छन् । एक छिन् मनमनै गनगन गर्छन र काँपन थाल्छन् ।

त्यहाँ भिड लाग्या छ राम हेर्नलाई सबै गाउँले साना ठुला जुटेका छन् । नजिकै घरका स–सना बच्चा बृद्ध र महिलाहरु समेत घरबाट बाहिर निस्केर त्यो तमासा हेर्दैछन् ।

आखिर चोरको हुन् सक्छ ? धनु कस्का घर जान्छ ? उनीहरुको चासोको बिषय बनेको छ, तर मुखिया मनमनै ढुक्कछ, फुरुक्कै छ, मनमनै खुशिछ आज उसले एउटा तिरले दुईवटा शिकार गर्न थालेको थियो । माईलालाई केथा त्यो फटाहाको चाल सबैले यो फैसलाको स्वागत गरेका छन् । जेठाले काँप्दै धनु लगाउँदै लगाउँदै ढगढग ढगढग गर्दै आखिर माईला कै घरमा पुग्छ । दनादन भित्र पस्छन् अनि तालमा पनि पुग्छन् । सबै तलासी लिन्छन् । माईला आश्चार्य पर्छन् ।उनको घरमा केहि पनि भेट्टिदैन तर उनको निदारमा चोरको मोहोर लाग्यो ।

मुख्या मनमनै हर्षित थियो कैयौँ बर्षबाटको बदला लिन पाएकोमा आज उ धेरै खुसि थ्यो । उसले आज एउटा भाईको हातबाट अर्को भाईलाई निसाना बनाउन सफल भयो ।

उसैले राती नै त्यस मध्यको केहि समान खरबारीमा लुकाएको पछि भेट्टिन्छ । हेर यो माईलाले यस्तो गर्ला भनेर त मैले सोंचे कै थिएन छि कस्तो मान्छे हो यो । लौ–लौ पुलिसलाई खबर गरौँ छिट्टै भन्दै पुलिसलाई लिन मान्छे पठाउँछ । पुलिस आउँछन् अनि माईलालाई हत्थकडी लगाएर लैजान्छन् । मलाईला निर्दोष हुँदाहुँदै पनि उनलाई धनुले जेलमा पुरायो । अर्को तिर फटाहाले घरमा खुशी मनाएको थियो । यही त्यो धनुको ईतिहासको तितो कथा थियो ।

बचन

“सिमा, कति पल्ट भन्नु पर्छ तिमिलाई केटाकेटीलाई आमासँग खान नदिए भनेको होइन मैले ? आमाको नजिक नबसाल आमा रोगी हुँनुहुन्छ । बाबु नानी साना छन्, रोग सल्किन सक्छ । तर तिमिले कुरा बुझ्दै बुझ्दैनौ” रवीले झौँक्किदै सिमालाई हप्काउँछ ।

“तपाईलाई यसरी जोडसँग कराउन किन पर्छ ? आमाले सुनेपछि आमाको मनमा कस्तो असरपर्ला ? हेक्का छ तपाँइलाई ?” सिमाले रवीलाई सम्झाउँने प्रयात्न गर्छे ।

कालीले भर्खर खान थालेकी हुन्छिन् नाति र नातिनीलाई ख्वाई दिँदै आफुले पनि खाँदै गर्दै गर्दा छोराको कुरा कानमा परेपछि उनी आफ्नो थाल लिएर बाहिर दलानमा जान्छिन् ।

सिमा र रवीका स–साना बाबु र नानी छन् । उनीहरुले प्रायः जसो हजुर आमासँग समय काट्थे, खाना पनि सँगै खान्थे । उनीहरु हजुर आमासँग खुब घुलमिलेका थिए । यो देखेर रवीको अनुहार केहि दिनदेखि अमिलो हुन्थ्यो, जुन दिन देखि कालीलाई खोकी लागेको थियो । बुढेस्कालमा केहिन केही बिमारी त हुन्छ नै ।

आज रवीको कुराले कालीको हृदयमा तिखो कांडो गडेको जस्तै महशुस् भएको छ । दलानमा आएर भित्ताको अडेस् लागेर बसेकि थिइन् । खानाखाने प्रयत्न गरिन् तर ब्यार्थै भयो । घाँटीबाट तल जाँदै गएन । आँखाबाट आँशुका ढिका खस्छन्, मन खिन्न हुन्छ ।

आफुले खान नसकेपछि भात एकातिर राखेर बसेकी थिइन् ।

नाति नातिनीहरु कोठामा खान छाडेर खेल्न थालेका थिए । “तिमिलाई थाहा छ ? आमा केहि दिनबाट खास्दै हुनुहुन्छ । मलाई शंका छ टीवी पनि हुन सक्छ ।” रवीले बिस्तारै सिमालाई भन्छ ।

“हजुरले अंघी चिच्याउँदा आमाले सुन्न पनि सक्नु हुन्छ ।” सिमाले रवीलाई सम्झाउँन खोज्छे ! बरु डाक्टर हुनी लगेर राम्रैगरी चेकप गराउँनुस् ! उनले थप्छिन् ।

रवीले खाना खाएर जान ढिलो भएको छ । उसले फटाफट खान्छ र मलाई थाहा छैन अलि सम्लिनु मलाई सम्झाउँनु भन्दा मैले जे भन्छु त्यसैमा ध्यान पुराउ भन्दै रवी बाहिर निक्लिन्छ ।

दलानमा बसेकि काली मुर्छा परेको झैँ भित्तामा अडेस् लागेकि आँखाबाट आँशु बगेको थियो । रवी त्यहि दलानबाट बाहिर निस्किन्छ आमालाई नदेखेको जस्तै गरेर । यो त्यहि रवी हो जसको मुख हेरेर काली बाँचेकी हुन् ।

रवी गर्वैमा छँदा उनको लोग्ने भिरबाट लडेर मरेका थिए । आफुले सकि नसकी अरुको घरको काम गरेर भयपनि रवीको राम्रो पर्वरिस गराईन् । पढाई लेखाई गराएर आज उ एउटा इञ्जिनियर भएको छ ।

रवीलाई यहाँसम्म पुराउँन कालीले कति कष्ट झेल्नु परेको थियो । हिंजो आफुले पिठ्युमा बोकेर अर्काको मेला गरेको, उसलाई ताते गराउँदै हिंड्न सिकाएको अनि आफुले चपाएर उसलाई ख्वाएको एक एक संझना कालीलाई झलझली आँखाको वरिपरी घुम्दै थिए ।

बच्चाहरु भित्र कोठामा खेलिरहेको र आमालाई नदेखेपछि सिमा दलानमा आउँछिन् आमालाई रोएको देख्दा उनले कुरा बुझिहाल्छिन् । रवीको स्वर टाठो थियो आमाको कानमा रवीले भनेको पर्यो भन्ने कुरा बुझे पछि । आमाको गालामा बगेको आँशुलाई आफ्नो पछ्यउरी पानीमा भिजाएर मुख पुच्छन् थाल्छिन् । उसका हातको स्प्रसले काली झसिङ्ग हुन्छिन् ।

आमा के भयो ? किन रुनु भाको ? भन्दै गालामा कपडाले आँशु पुच्दैछन् ।

कालीको बोलि फुट्दैन बरु उनलाई झनै भक्कानो पर्छ । आँसुको बलेनी पर्छ ।

सिमाले आफ्नो अँगालोमा कस्दै, थाहा छ आमा हजुरलाई गहिरो पिर परेकोछ । रवीको तर्फबाट मैले माफि माग्छु आमा रवीलाई क्षामा गरिदिनु होला ।

उनले मुख्मा जे आयो त्यही बोल्छन्, तर आमा हजुरलाई धेरै मायाँ गर्छन् ! भन्दै सिमाले बिस्तारै आँशु पुच्छिन् ।

कालीको आँशु कहाँ रोकिन्छन् आँखाबाट बग्ने आँशुको मुल त हृदय हो ।

कालीले केही बोल्न सक्दैन तर मनमनै कास सिमा मेरै कोखबाट जन्मिन्थी । सिमालाई बुहारीको रुपमा पाएकोमा पनि कालीलाई गौरभ थियो । बुहारीको ब्यबहारले धेरै राहत महशुष गरेकी थिइन् ।

एकैछिन् पछी नाति र नातेनी हजुर आमाको नजिक आउँछन् । नाती आएर काखमा बस्छ नातेनीले कपाल मसमसाउँछे । ना–नातिनाको माँया देखेर काली झनै भाबुक हुन्छीन् । उनको मनभित्र एउटा शंकाको छाप बसेकोछ ।

आफुसँग के यस्तो बिमारी छ जो आफ्ना फूल जस्ता बाबु र नानीलाई सर्न सक्छ ! यदी साँचै त्यस्तो छ भने मलाई ति बाबु नानीबाट टाडै बस्नु पर्छ भन्दै मनैमनमा कुरा खेलाउँ छिन् । ठिक यहि बेला उनलाई जोडले खोकी लाग्छ, सिमाले उनको टाउकोमा जोडले दबाई दिन्छिन र एकछिन् पछि खाँसो रोक्किन्छ उनका हात छोपेर बिस्तारै बिस्तार आगनमा घुमाउँ छिन् । करेसामा टोप्रेको झार टिपेर महमा अरु के–के पकाएर खान दिन्छिन् ।

बुहारी तिमिले मेरो कती ख्याल राख्छेउ ! तिमिलाई बिमारी सल्किने डर लाग्दैन ? कालीले आफ्नो बुहारीलाई सोध छिन् ।

करुणा भरिएका आँखाले पिर्लुक्क हेर्दै । आमा हजुरलाई कुनै पनि बिमारी छैन जो अरुलाई सर्छ ।
त्यसो त तैँले भन्छेस् तर रवीले त्यो दिन मलाई टीवी हुन सक्ने भन्थ्यो त रवीले ? कालिले आश्चार्य प्रकट गर्दै सोध छिन् ।

आमा रवीले बाबुलाई अन्धो मायाँ गर्छन् त्यही भएर हो । जे मनलायो त्यहि भन्छन् कामको बोझ भएर पनि होकी अलि चिढचिढाहट भएको देखिन्छन् । हजुरले चिन्ता नलिनुस्, मैले हजुरको सबै बिमारी चैकअप गराई दिन्छु भनेर उनलाई आस्वाशन दिन्छिन् । अस्पताल लगेर चैकअप गराउँदा कालीलाई कुनै बिमारी थिएन । एउटा छोराले दिएको भर्खरको घाउ बाहेक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *