अनेजस केन्द्रीय समितिले अन्तक्रिया कार्यक्रम सम्पन्न पार्यो

कञ्चनपुर । अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा कञ्चनपुरदेखि दाङसम्मको कार्यक्रम अन्तर्गत कञ्चनपुरमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति को हलमा “मुक्त कमैयाको समस्या र समाधान बिषयक” अन्तरक्रिया कार्यक्रम अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको प्रमुख आतिथ्यतामा शुरु भएको सो कार्यक्रममा आधारपत्र सम्मेलनका महासचिव राम बहादुर बुढाले वाचन गर्नुभएको थियो ।


अतिथिमा तराई मधेस जनबादि मोर्चाका महासचिव राजाराम चौधरी, जातिय समता समाजका महासचिव गोबिन्द बिक, नेकपा (मसाल) कञ्चनपुर जिल्ला प्रबक्ता लक्ष्मी दत्त बडु, राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला सचिव अहिमान थापा, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष लाल बहादुर रानामगर, अखिल (छैठौं) केन्द्रीय महासचिव महेशराज जोशी, अखिल नेपाल सुकुम्बासी सघ केन्द्रीय सदस्य लालबहादुर कुँवर, अन्टुकका सुप प्रदेश सयोंजक जनक कुँवर लगायत महानुभावहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति सम्मेलन कञ्चनपुर सयोंजक राजकुमार चौधरी, सञ्चालन रगं बहादुर चौधरी र स्वागत मनतव्य भुवन चौधरी ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार