अनेमस कास्कीको चौथो जिल्ला सम्मेलन सम्पन्न

गणेश अधिकारी
कास्की । अखिल नेपाल महिला संघ कास्कीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जमुना खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा पार्बती पाठक, सचिबमा लक्ष्मी कुँवर, सहसचिबमा मिना लक्ष्मी शर्मा, कोषाध्यक्षमा सुसिला सुनुवार निबार्चित हुनुभएको छ भने सदस्यमाः देबि कला बिक, यमादेबी पौडेल, देबि अधिकारी, सरिता श्रेष्ठ, अम्बिका अधिकारी, शान्ति गुरुङ, सोभिता अधिकारी, एक रिक्त पुर्ण सदस्य सहित बैकल्पिक सदस्यहरु शान्ती बोहोरा, पार्बती ढकाल, मिना रेग्मी र सुन्दरी राना सहित सत्र सदस्यीय समिति निर्बाचित गरिएको छ । त्यस्तै सपना बराल, सावित्री केसी, हरिकला शर्मा, ज्ञानु कार्की र गङ्गा गायक सल्लाहकारहरुमा चयन हुनु भएको छ ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि अनेम संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, गण्डकी प्रदेश सांसद पियारी थापा, नेकपा मसाल कास्की प्रबक्ता चन्द्रबहादुर केसी, राजमो जिल्ला अध्यक्ष रबिमोहन ढकाल, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, युवक संघ केन्द्रीय सदस्य बिक्रम थापा, अन्टुकका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर, जनजाति सम्मेलनका गण्डकी प्रदेश अध्यक्ष दिपक गुरुङ, किसान संघका जिल्ला सचिब राम प्रसाद पौडेल, बुद्धिजीवी संघका प्रबिन पौडेल लगाएतकाले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सपना बरालले गर्नु भएको थियो भने स्वागत जमुना खत्रीले गर्नु भएको थियो । समितिको कार्यकाल सफलता कामना सहित शुभकामना जेष्ठ नागरिक गोबिन्द पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार