अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको व्यापक तैयारीमा जुटदै

पञ्जाब । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका अधिकांश नगरहरुमा स्थानीय महिला नगर विभागको आयोजनामा खेलकूद तथा रचानात्मक कार्यक्रम सहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका कार्यक्रम भव्य रुपमा मनाइने तयारी भएको छ ।

वर्तमान पुरुषप्रधान समाजिक संरचना एवं पुँजिवादी राज्यव्यवस्थाका कारण राजनैतिक, सामाजिक, आर्थिक तथा पारिवारिक थिचोमिचो समेत विभिन्न प्रकारका शोषण, दमन, अन्याय अत्याचार सहन वाध्य महिलाहरु स्वदेश छाडेर प्रदेशपस्नु परेको विषम परिस्थितिमा पनि यो सामाजिक संरचनाको विरुद्ध तिखो प्रहार गर्दै महिला मुक्ती आन्दोलनलाई वर्गसंघर्षसँग जोडेर अगाडि वढ्न प्रोत्साहित गर्दै मूल प्रवाहको व्यानर मुनि महिला विभागको आयोजनामा सबैनगरहरुले स्थानियरुपमा अंर्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिएको हो । क्षेत्रीय महिला विभागकी सचिव जुना चालिसेका अनुसार सो दिवसको लागि क्षेत्र अन्तर्गत सम्पूर्ण नगरहरुमा व्यापक तैयारी भइरहेको छ ।

मूल प्रवाह अभानेएस सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाका अनुसार अहिलेसम्म रोपड, चंडीगढ, लुधियाना, श्रीगंगानगर, संगरुरमा सभा गरिने भएको छ । हिसारमा भने खेलकूद प्रतियोगिता सहित सभा गरिने निश्चित भइसकेको छ ।

मूल प्रवाहले आफ्नो स्थापनाकाल देखि नै महिला हिंसा तथा दमनका विरुद्ध महिलाहरुलाई सामाजिकरुपमा सचेत बनाउँदै प्रशिक्षित र महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत  पहल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार