अमेरिकी जनतालाई मसालद्वारा धन्यवाद

  •   
  •  
  •  
  •  
  •  
  •  

271 जनाले पढ्नु भयो ।

काठमाडौं, २३ कार्तिक । नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले अमेरिकी जनतालाई धन्यवाद दिएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित आइतबार जारि विज्ञप्तीमा अमेरिकको चुनावमा राष्ट्रपति ट्रम्पको पराजय भएकोमा ने.क.पा.(मसाल)ले प्रसन्नता प्रकट गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छः

“अमेरिकको चुनावमा राष्ट्रपति ट्रम्पको पराजय भएकोमा ने.क.पा.(मसाल)ले प्रसन्नता प्रकट गर्दछ । अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा कुनै परिवर्तन आउने छैन । त्यसैले अमेरिकी साम्राज्यवादीप्रतिको हाम्रो नीतिमा कुनै परिवर्तन हुने छैन । तैपनि ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो र त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा हामीले अमेरिकी जनतालाई धन्यवाद दिन्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *