अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न

माधव खनाल, अर्घाखाँची ।

राष्ट्रिय जनमोर्चाको आयोजनामा भूमिकास्थान नगरपालिका –१ साविकको ढाकावाङ–३ कुसुम्मारेमा प्रशिक्षणात्मक भेला कुसुम्मारे टोलमा सम्पन्न भएको छ ।

भेलाले मेघनाथ खनाल अध्यक्ष रहेको १५ सदस्यीय राष्ट्रिय जनमोर्चा कुसुम्मारे टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन खनाल, सचिवमा जानका खनाल, सहसचिवमा गोपाल नेपाली, कोषाध्यक्षमा मोहन खनाल र सदस्यहरूमा धर्मराज खनाल, नारायण खनाल, तेजबहादुर नेपाली, हरि नेपाली, शान्ता खनाल, सुरज नेपाली, लक्ष्मी नेपाली, शिवलाल खनाल, उमाकान्त खनाल र दिपक नेपाली रहनुभएको छ । समितिको सल्लाहकारमा प्रकाश खनाल, खुबिराम खनाल र बासुदेव खनाल रहनुभएको छ ।

भेलाले कमला खनाल अध्यक्ष रहेको १५ सदस्यीय अखिल नेपाल महिला सङ्घ कुसुम्मारे टोल समिति गठन गरेको छ; जसको उपाध्यक्षमा लक्ष्मी नेपाली, सचिवमा पूजा खनाल सहसचिव सरस्वता खनाल र कोषाध्यक्ष सुनिता खनाल रहनुभएको छ भने सदस्यहरूमा कौसल्या नेपाली, शान्ता खनाल, टुका खनाल, दुर्गा खनाल, जानका भुसाल, लक्ष्मी नेपाली, धनकला नेपाली, देवी नेपाली, सरस्वता खनाल र पुजा खनाल रहनुभएको छ ।

प्रशिक्षणात्मक भेलालाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य खड्कबहादुर थापाले प्रमुख अतिथिको आसनबाट बोल्दै सम्पूर्ण जनतालाई राष्ट्रिय जनमोर्चाले लिएको नीति अवलम्बन गर्दै राष्ट्रियताको पक्षमा एकजुट हुन आह्वान गर्नुभएको थियो ।

भेलामाराष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगर सदस्य तथा वडा नम्बर १ का वडाध्यक्ष भोजराज खनाल, अखिल नेपाल युवक सङ्घका वडा अध्यक्ष प्रकाश खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का खुबिराम खनाल, अखिल नेपाल किसान महासङ्घका बासुदेव खनाललगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम उमानन्द खनालको अध्यक्षता र जीवन नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार