अर्थ नपाएको प्यार दिवश

12296 जनाले पढ्नु भयो ।

जुना चालिसे– चंडिगढ

अर्थ नपाएको कस्तो हो यो प्यार दिवश।
कैयन नारी कैयन पुरुष हुन्छन् विवश ।।
सबै उस्तै हुन्छन् त भन्न खोज्या हैन मैले ।
एक अर्काको पीडा र दुःख बुझ्न भन्छु पैले ।।

रगतसँग साट्या पैसा उडाएर खाली ।
छोराछोरी हुँदा नि अविवाहित वन्ने खाली ।।
पुरुषप्रधान समाज छ पुरुषकै राज ।
तर पनि महिलाहरु कम छैनन् आज ।।

श्रीमानको पैसा माथी ऐस र आराम गर्ने ।
के प्रेम भन्नु बरै आफ्नै स्वार्थ मात्र गर्ने ।।
एक दिनको दिवशमा त ज्यादै राम्रो बन्ने ।
घरमा भने कलझगडा सधै भरि गर्ने ।।

कठैवरा ! पश्चिमीको नकल गर्ने हामी कस्ता ।
यो संसार बदल्नेले मान्छौं दिवश यस्ता ।।
बाबाआमा वृद्धाश्रम सम्झिएर मन रुन्छ ।
प्रेम दिवस भन्ने कति विश्वास योग्य हुन्छ ?

न नारी पिडीत हो न पुरुष पिडित समाज ।
फालौ यो संरचना बनाऔं सभ्य समाज ।।
वर्षभरी प्रेम रहोस् सधै सुखी समाज ।
व्यवस्था फेर्ने प्रण गरौं बन्छ राम्रो समाज ।।

महिला, पुरुष दुबैको हिंसा नै रोक्नु पर्छ ।
दुःख सुखमा दुबैले सहयोग गर्नु पर्छ ।।
अन्त गरौं पाश्चात्य संस्कार परिवर्तन खोजौ ।
परिवर्तन भित्रबाट मानवीय प्रेम खोजौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *