नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)
नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताउनुभयो ।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उहाँले लेख्नुभएको बहुचर्चित नेपाली नृत्यनाटिका ९ओपेरा० हो । अश्वत्थामा९अङ्ग्रेजी० कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।
घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, , गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उहाँका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।
राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो । उहाँले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ ।
अल्पायुमै पत्नी गौरीको निधन भएपछि उहाँले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गर्नुभयो जुन उहाँको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उहाँले महाकाली घिमिरेसंँग विवाह गर्नुभयो ।
लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडौं आउनुभएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उहाँ नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती हुनुहुन्थ्यो । उहाँको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।
विसं २०७४ माघ २६ गते उहाँलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो । (रासस)
समीर सिंह ## जर्मनीमा भएको दार्शनिक सेमिनारमा गएको बेला विभिन्न देशका व्यक्तिहरूले...
काठमाडौँ । नेकपा (मसाल) ले आफ्नो पार्टीका सदस्य रूपा केसी (का. चिनु)...
मनोज भट्ट ## १. विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी, त्यसका नेता वा...
काठमाडौं । नेकपा (मसाल) ले रुसमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको...
काठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने...
निखिल रावत गुजरात वापि, मार्च २४–२५ । मूल प्रवाह अखिल भारत...
नयाँ दिल्ली, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली एकता...
खिमराज चालीसे चंडिगढ, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2024 All right reserved Site By : Himal Creation