अलिबागमा एमसिसि विरुद्ध सभा सम्पन्न

अलिबाग, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समितिको आयोजनामा एमसिसि बिरोद्ध सभा सम्पन्न भएको छ ।

नगर अध्यक्ष मधु पुनको अध्यक्षता र नगर सचिव चित्र बहादुर थापाको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा केन्द्रीय सदस्य तथा मध्य पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष खुम बहादुर पुन, क्षेत्रीय सदस्य तेज बहादुर थापा लगायतले आतित्थ्यता पछि ज्ञात अज्ञात शहिदप्रति मौनधारण पछि खिम बहादुर पल्लीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य खुम बहादुर पुन र क्षेत्रीय सदस्य तेज बहादुर थापाले नेपालमा कुनै पनि अवस्थामा एमसिसि लागु गर्न नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार