अलिबाग र तारापुरमा संघीयता विरुद्ध सभा

152 जनाले पढ्नु भयो ।

अलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अलिबाग नगर समितिको आयोजनामा स्वदेशमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको संघीयता विरुद्धको सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

कार्यक्रम खिम बहादुर पल्लिको अध्यक्षता तथा चित्र बहादुर थापाको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि नुमान थापाले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष खुम बहादुर पुन, क्षेत्रीय सदस्य तेज बहादुर थापा र रमेश दर्लामीले मन्तव्य दिनुभएको थियो  ।

तारापुर ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा नेपालमा भइरहेको संघीयता विरुद्ध आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खडग राइको अध्यक्षता र ज्ञान प्रसाद भट्टराईको सञ्चालनमा सभा सम्पन्न पारिएको छ ।

कार्यक्रममा मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवरको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै महिला बिभागबाट रेनुका कुँवरले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।

शहिदहरुको संझनामा एक मिनेट मौनधारण लेखनाथ पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रमुख कुँवरले मुलुकमा संघीय शासन असफल भएको बताउनु भयो । “अहिले राम्रोसँग आफ्ना कर्मचारीहरुलाई तलब खुवाउन नसक्ने अबस्थामा पुगेको नेपालमा संघीय शासनमा आर्थिक भार बढेको छ, अर्को तिर नेकपा सरकार दलाल भ्रष्टाचार बलात्कारलाई नियन्त्रण गर्न नसक्नु निन्दनीय कुरा हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *