‘अवसरवाद’

खिमराज चालिसे (चंडिगढ)

बाहिर क्रान्तिकारी, भित्र स्वार्थको भकारी हुन्छ।
त्यो नै वर्गीय आन्दोलनमा अवसरवादी हुन्छ।।
नेतृत्व अधिनस्त हुँदैन तथानाम गाली गर्छ ।
मौका पाउँदा विन्ती र ढोंगको नाटक पनि गर्छ।।

चर्का कुरा गर्दै सबैलाई उसले साह्रै लठ्ठ पार्छ ।
भाषा क्रान्तिकारीको तर चरित्र गफाडी हुन्छ।।
अनुशासन आफू मान्दै नमान्ने गुटबन्दी गर्ने।
पद्धतिमा बस्नै नखोज्ने मौकापरस्त काम गर्ने।।

बहुमत र सर्बसहमती मान्नै नपर्ने मान्छे।
पदप्रतिष्ठा पाउँदा राम्रो नपाए कुर्लीने मान्छे।।
भित्र भित्रै दुलो खोलेर संरचना बिगार्ने मान्छे।
आफू सर्वज्ञानी रे अरुलाई गन्दै नगन्ने मान्छे।।

रुप अनेक चरित्र एक हुन्छ अवसरवाद।
स्वार्थको लागि पाउ पर्ने गुण हो अवसरवाद।।
दलाली, चाप्लुसीको नांगो रुप हो अवसरवाद।
सिधा साधामा भ्रान्ती फैलाउने हो अवसरवाद।।

कुर्सी, पद पाउन्जेल अवसरवाद सही हुन्छ।
पद छोड्दा अवसरवादलाई अति पिडा हुन्छ।।
सिन्को नभाच्नेले आफूलाई क्रान्तिकारी भन्छ।
क्रान्ती, परिवर्तन र नेतृत्वको खन्नु जरो खन्छ ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार