असारे वाली गित : सलाम छ किसान मजदुरलाई

  • रचना- जुना चालिसे (चंडीगढ़)
सलाम छ किसान मजदुरलाई
सुन्नुमा होला ए बाबाआमा
दाजु र भाईले
आहै दाजु र भाईले
दीनभरी खेतमा पसीना
झार्ने मजदुर सबैले
आहै मजदुर सबैले
प्रदेशी आवाज
किसानलाई स्यावास
मजदुर सबैले-
आहै मजदुर सबैले
साहुले भनी दौरा र सुरुवाल
कोटलगाई खेतमा
आहै कोट लगाई खेतमा
हीड्दै छन किसान पटुकी
बाँधी त्यो भोको पेटमा
आहै त्यो भोको पेटमा
मजदुरको व्यथा कस्लाई
केथाहा त्यो भोको पेटमा
मानो रोपेर मुरी फलाउनी
किसान मजदुरले
आहै किसान मजदुरले
किसानको मर्म बुझेर हिड
साहु ठालु सबैले
आहै साहु ठालु सबैले
किसानले साथ नदीए
खेतमा धानपनी झुल्दैन
आहै धान पनी झुल्दैन
दिनभरी काम नगरे
उनकै घर चुलो बोल्दैन
आहै घर चुलो बोल्दैन
बलोस है चुलो त्यही किसान
ठुलो चुलो नै बल्दैन
आहै चुलो नै बल्दैन ।
भन्दा भनीन्नीछ खेत
जोत्नेको घर हुन्छ पोत्नेको
आहै घर हुन्छ पोत्ने को
तर हुदैन ठेगान बिचारा
उनको त्यो शिर ओत्ने को
आहै त्यो सीर ओत्नेको
लुट्न कहा पाईयो अधीकार चाहीयो
चाहीयो सीर ओतने ठाउ
आहै चाहीयो सीर ओतने ठाउ
असारको महीना झरी र
बादल हतार सबैलाई
आहै हतार सबैलाई
सलाम ठोकौ अपमान
हैन मजुदर सबैलाई
आहै मजदुर सबैलाई ।
आहै मजदुर सबैलाई ।।
आहै मजदुर सबैलाई

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार