अस्ट्रेलिया पढ्ने विद्यार्थीले खाजा खर्च कटाएर गाउँमा पठाए स्वास्थ्य सामग्री

डोटी । अध्ययनका लागि अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीले गाउँमा स्वास्थ्य सामग्री पठाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टका छोरा पृथ्वी भट्टले आफ्नो गाउँ डोटीको केआई सिंह गाउँपालिकालाई स्वास्थ्य सामग्री पठाएका हुन् ।

सो सामग्री शनिबार राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशवनाथ योगीले गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई हस्तान्तरण गर्नुभयो ।

भट्टले पठाएको स्वास्थ्य सामग्रीमा २७५ थान एन्टिजेन किट, ५० थान सेनिटाइजर, ५०० थान मास्क लगायत छन् ।

कार्यक्रममा राजमो जिल्ला सचिव योगीले कोरोना संक्रमणले देशभरी नै आक्रान्त पारिरहेको बेला विदेश पढ्न गएका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जन्मभूमिका लागि गरेको सहयोग सह्राहनीय भएको बताउनुभयो ।

सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले माहामारीको समयमा प्राप्त सामग्रीबाट गाउँपालिकालाई धेरै राहत उपलब्ध भएको बतानुभयो ।

सो सामग्री वितरणको व्यवस्थापन राष्ट्रिय जनमोर्चाका युवा नेता डबल बोगटीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार