अहमदावादको अम्बावारीमा मूल प्रवाहको एरिया समिति गठन

अम्बावारी, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति द्वारा सञ्चालित अहमदावाद नगर समिति अन्तर्गत अम्बावारी सरदार नगरमा एरिया समिति गठन गरिएको छ । क्षेत्रीय सल्लाहकार धर्मेन्द्र लामाको पहल कदमी तथा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलाले सो समिति गठन  गरेको हो ।

अमृत विकको सञ्चालन र नरेन्द्र सोनीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई राजु नेपालीले स्वागत गर्नुभएको थियो । भेलाले नेरेन्द्र सोनीको अध्यक्षतामा ९ पूर्ण, ३ वैकल्पिक र २ सल्लाहकार गरि १५ सदस्यीय अम्बावारी सरदार नगर एरिया समिति गठन गरेको छ  । जसमाः उपाध्यक्ष– राजु नेपाली, सचिव– अमृत विक, सहसचिव– चित्र बहादुर, कोषाध्यक्ष– खेमराज विक रहनुभएको छ । त्यस्तै सदस्यमाः प्रेम विक, बम बहादुर विक, सुनिल विक, सन्जु सुनार, वैकल्पिक सदस्यमा : प्रेम विक, जय बहादुर विक, तेज बहादुर विक, सल्लाहकारमा लक्ष्मण विक र नैनसिंह विक रहनुभएको छ ।

नयाँ समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय सल्लाहकार धर्मेन्द्र लामाले बधाई तथा शुभमकाना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार