अहमदावादको बस्त्राल रिङ्गरोडमा एरिया समिति गठन

अहमदावाद, ७ अगस्त । अराजक र महत्वाकांक्षीहरुद्वारा चलाइएको भ्रमलाई निस्तेज पार्दै मूल प्रवाह कार्यकर्ताहरु धमाधम संगठन विस्तारमा खटिएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुलाई भ्रम छर्दै आफ्नो व्यक्तिगत प्रतिशोधीहरुरुको गतिविधिलाई परास्त गर्दै समाजको पश्चिम भारत क्षेत्रीय समितिका नेता–कार्यकर्ताहरु नगर समिति, एरिया समिति, टोल समितिका बैठक, भेला, गठन, पुनर्गठन कार्यमा जुटिरहेका छन् ।

यसै बीच महेषाणा, भावनगर, सुरेन्द्र नगर, बेचराजी, साणद, वलसाड, सचिन, धरमपुर लगायतका स्थानहरुमा नगर समिति गठन तथा पुनर्गठन गरिएको छ । त्यस्तै सोही क्षेत्रीय समिति अन्तर्गत रहेका विभिन्न नगरहरुमा अनेकौं एरिया समितिहरु गठन तथा पुनर्गठन गरिएको छ ।

यसै बीच ७ अगस्त २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अहमदावाद नगर समिति अन्तर्गत बस्त्राल रिङ्गरोड स्थित रहने श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिका सल्लाहकार धमेन्द्र लामाको पहलकदमी तथा केन्द्री सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।

लाल बहादुर विश्वकर्माको अध्यक्षता, निर्मल कुमार सोनीको सञ्चालन र भेलामा सहभागिहरुलाई प्रेम बहादुर विश्वकर्माको स्वागत मन्तव्य दिनुभएको थियो । भेलाले १३ पूर्ण २ वैकल्पिक र ३ सल्लाहकार चयन गरेको छ ।

जसमाः अध्यक्ष– लाल बहादुर विश्वकर्मा, उपाध्यक्ष– प्रेम बहादुर विश्वकर्मा, सचिव– निर्मल कुमार सोनी, सहसचिव– करन सुनार र कोषाध्यक्ष– विरेन्द्र कुमार वि.क. रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः करण बोहरा, भुपेन्द्र बस्नेत, प्रदिप सुनार, अम्मर विक, राजु सुनार, शुशिल चुदारा, अनिल चुदारा, सन्तोष खड्का, वैकल्पिक सदस्यहरुमा : खड्क बहादुर गुरुङ र कमल थापा रहनुभएको छ । त्यस्तै सल्लाहकारमा अर्जुन चुदारा, दिपक आफ्रे र एक रिक्त रहेको छ ।

नयाँ समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार