अहमदावाद नगर अन्तर्गत नरोडा एरिया भेला सम्पन्न

अहमदावाद, १९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने अमदाबाद नगर समिति माताहतमा रहेको नरोडा एरियामा दिलिप सोनीको पहलमा एरियाको भेला दिनाक १९ जुलाई २०२१ मा सम्पन्न पारिएको छ ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र पश्चिम भारत क्षेत्रीय अध्यक्ष एवं केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति तथा हेमन्त बुढाको सञ्चालन यान बहादुर रावलको अध्यक्षतामा भेला सम्पन्न गरिएको हो ।

भेलाले यान बहादुर रावलको अध्यक्षतामा नरोडा एरिया समिति निर्माण गरेको छ । जसमा ः उपाध्यक्ष– दिपक थापा, सचिव– हेमन्त बुढा, सहसचिव– युवराज कार्की, कोषाध्यक्ष– टिना गैरे, सदस्यहरुमा ः डिकेन्द्रीय रावल, रमेश रावल, हेमन्त रावल, दिलीप सोनी, चन्द्र बहादुर थापा, बाल कुमारी रावल, अमृता रावल, सन्तोष रावत, वैकल्पिक सदस्यमा तुल बहादुर वुढा, दिनेश बुढा, सल्लाकार सदस्य सुन्दर खत्री र प्रकाश बुढा रहनुभएको छ ।

नयाँ समितिलाई गोबिन्द बहादुर थापा र बेद बहादुर कार्कीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार