अहमदावाद नौरङपुरामा मूल प्रवाहको एरिया समिति गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

379 जनाले पढ्नु भयो ।

नौरङपुरा, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित रहेको अमदाबाद नगर समिती अन्तर्गत नौरङपुरामा भेला सम्पन्न भएको छ ।

नरेन्द्र बुढाको सञ्चालन, श्याम बहादुर राहु मगरको अध्यक्षता र केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थितिमा भेला सम्पनन भएको छ । भेलामा सहभागिहरुलाई लाल बहादुर मल्लले स्वागत गर्नुभएको थियो ।

प्रथम नौरङपुरा एरिया समितिको भेलाले श्याम बहादुर राहुँ मगरको अध्यक्षतामा नौरङपुरा एरिया समिति चयन गरेको छ । जसमा ः उपाध्यक्ष– लालबहादुर मल्ल, सचिव नरेन्द्र बुढा, सहसचिव– पुजा बुढा, कोषाध्यक्ष– भिम बहादुर बुढा, सदस्यहरुमाः इन्द्र गुरुङ, मान बहादुर सुनार, बैकल्पिक सदस्यमाः सुनिल सुनार, गोपाल सुनार, सल्लाकारमा नैन सिंह कडायात र बिरबल सुनार रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *