अहमदावाद बापुपुरमा मूल प्रवाहको एरिया समिति गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

153 जनाले पढ्नु भयो ।

अहमदावाद, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित अहमदाबाद नगर समिति अन्तरगत बापुपुरमा २२ जुलाई २०२१ का दिन श्रमजिवी नेपालीहरु मूल प्रवाहमा संगठित बनेका छन् । केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा नारायण भण्डारी र धर्मेन्द्र लामाको पहलकदमीमा भेला सम्पन्न भएको छ । सुनित नेपालीको सञ्चालन र सुरेश नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई करण बहादुर नेपालीले स्वागत गर्नुभएको थियो ।

संगठनको आवश्यकता तथा महत्वको बारेमा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले प्रकाश पार्नुभएको थियो । भेलाले सुरेश बहादुर नेपालीको अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ४ सल्लाहकार गरि १८ सदस्यीय बापुपुर एरिया समिति गठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– करण बहादुर नेपाली, सचिव– सुनित बहादुर नेपाली, सहसचिव– बखत बहादुर नेपाली र कोषाध्यक्ष– खगेन्द्र बहादुर नेपाली रहनुभएको छ । त्यस्तै सदस्यमाः आकाश बहादुर नेपाली, जगत बहादुर नेपाली, दिपेन्दर बहादुर नेपाली, हेमु खत्री, चक्र बहादुर नेपाली र सुनिल बहादुर नेपाली  रहनुभएको छ । त्यस्तै वैकल्पिक सदस्यमाः विनोद बुढा, बम बहादुर नेपाली, कृष्ण नेपाली, सल्लाहकारमा शेर बहादुर नेपाली, धर्मेन्द्र लामा, नारायण भण्डारी र जगत नेपाली (ख) रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *