आकाश तर्फ नथुकौँ

  •   
  •  
  •  
  •  
  •  
  •  

258 जनाले पढ्नु भयो ।

    सुरेशकुमार पाण्डे

आफ्नो देशमा कल–कारखाना, कुनै उद्योग धन्दा छैन । नागरिकहरुको बिचिल्लिछ, आधा जनसंख्या बिदेशमा छ । अहिले पनि यो कोरोनाको बिमारीमा परी देशमा भन्दा बढी हाम्रो देशका युवाहरु बिदेशमा मरेका छन् । उनको राज्यसँग कुनै लेखाजोखा छैन । हामीले भारत लगायतका कैयौँ देशहरुमा न्युनतम् ज्यालामा अधिक र तुच्छ प्रकारका काम गर्न बाध्य छौँ । अहिले देशभित्र फर्केका युवाहरु वेरोजगार छन् ।

धेरैजसो नेपालीहरुले आजसम्म छिमेकी मुलुकमा मजदुरी गरेका छन् । भारतमा स्थायी वा अस्थायी दुई प्रकारका नेपालीहरुको बसोबास छ । सन १९५० को कथित मैत्रि तथा शान्ति सन्धिको तहत आएका नेपालीहरु भारतको बिभिन्न शहरहरुमा अस्थायी रुपमा कार्यारत छौँ । जो प्रवासी श्रमिकको रुपमा बिभिन्न ठाउँमा कार्यारत छौँ । बिडम्बना हामीले अर्काको देशमा काम माग्दै हिंड्दछौँ, तर कुन आधारमा ? यो एउटा गम्भिर र सोंचनीय बिषय हो । सुगौली सन्धिको तहत आएका नेपालीहरु जो भारतीय नागरिक हुन् उनीहरुका लागि भारतमा समान हक मुहाइया गराउँने कुरा छुट्टै हो । भारतको २९ प्रान्तहरुमा बस्ने भारतीय जनता एकै प्रकारका हुँदैनन् । कसैको कस्तो सोंच, कसैको कस्तो सोंच त हुन्छनै तर बिदेशीलाई हेर्ने दृष्टीकोण भने लगभग एकैनासे हुन सक्छ ।

भारत केन्द्रीकृत अर्धसंघीय शासन प्रणाली भएको देश हो । जनता भड्किए भने सरकारको पनि केहि चल्दैन भन्ने बारेमा हामीले आसाम र मेघालयका बिगतका घटनाहरुबाट अनुभव गरि सकेका छौँ । हामी अर्काको देशमा काम खोज्न आउँनु भनेको त्यो देशका जनता वा मजदुरहरुको मजदुरी “हक” खोस्नु हो । स्थानीय जनताको रोजीरोटी खोसेर बसेका हामी प्रवासीहरुलाई मालिकहरुले सस्तो पाएर धेरै कजाउन पाउँदा खुशि देखिए पनि श्रमजिवीहरुलाई उनीहरुको रोजीरोटी खोस्न आएको महेशुर्ष गरिरहेको अभाष जोकसैलाई पनि हुन्छ । अहिलेको अबस्था पहिलेको जस्तो छैन, अहिले धेरैजसो काम नपाएर बसेकाहरुको ठुलो स्थानीय जमात छ र सबै जसो जनता राजनीतिकरण भएका छन् ।

आज भारतकै जनता एक अर्काको प्रान्तमा गएर काम गर्दा धेरै भेदभाव हुन्छ भने हामी त अर्को देशका नागरिक हौँँ । हामीलाई देखेर को खुशी होला ? पक्कै पनि भारतमा हामीलाई देखेर खुशी हुने ब्यक्ति भेट्न सकिने अवस्था छैन । त्यसकारणले भारतस्थित नेपालीहरुको समस्या जटिल बन्दै गएको छ । हामीले संघ संस्था बनाएर आफ्नो हकहितका आवाज उठाउँदै आएकाले केहि हदसम्म हामी सुरक्षित भएको आभाष गरेका छौँ ।

हामी नेपालीहरुले भारतमा आएर काम माग्ने आधार भनेको सन १९५० को त्यहि सन्धि हो जसलाई हामीले लगातार असमान भन्दै खारेजीको वा पुनरावलोकनको माग गर्दै आएका छौं । जो साँच्चै भन्ने हो भने एकतर्फा मात्र लागु छ । भारतको तर्फबाट त्यो नेपालीहरुको लागि अघोषित रुपमा खारेज भैसकेको छ । भनी रहनु पर्ने आबस्याकता छैन जनताका बिच मित्रता बाहेक अर्को आधार छैन, जो हामीले बस्न पाउँने । जनतासँगको मित्रता बिना हामी बस्न सक्ने अबस्था छैन ।

नेपाल सरकारले भारतमा बसोबास गरेका आफ्ना नागरिकको भलो चाहान्छ भने कम्तिमा बोल्दा धेरै सोंचेर बोल्नु पर्छ । कुनै शब्द बोल्नु भन्दा पहिले कयौँ पटक सोंचेर बोल्नु पर्ने देखिन्छ । तर सरकारको बच्काना पन तथा अदुरदर्शिता र होचुवा किसिमको कृयाकलापले गर्दा भारत प्रवासमा बसेका नेपालीहरुलाई ठुलो संकट झेल्नु पर्ने अवस्था श्रृजना भएको छ । केही दिन पहिले प्रधानमन्त्रिले दिएको “रामको जन्म भुमी नेपाल हो” भन्ने भनाईबाट आक्रोशित कतिपय ब्यक्ति, धार्मिक कटरपंथिहरुले नेपालीको कपलासम्म खौरिएर “राम नाम सत्य“ भन्ने लेखिएको पोस्टर वाईरल भयो । यस्तै मुम्बईका उद्धब ठाकरेले नेपालीको बन्दुक उठ्ने भन्दा पहिले बन्दुकको नाल भाँच्नेसम्मको अभिब्यक्ति आएका छन् । यसरी ठाउँठाउँमा नेपाली श्रमजिवीहरुलाई प्रताडित गर्ने कामहरु हुँदै आएका छन् ।

देशको सर्वोच्चमा अंग प्रधानमन्त्री जस्तो सिटमा बिराजमान ब्यक्तित्वबाट कुनै पनि बोली बोल्दा धेरै सोंचेर बोल्नु पर्ने हो । राम जन्मिएको भूमि नेपाल कै भए पनि त्यसको स–प्रमाण कुटनीतिक पहल गर्नु पर्ने प्रमुख विषय हो । मुखमा जे आयो त्यही बोलेर स्वायं आफ्नै गरिमा र यहाँ बसोबास गरेका लाखौँ नेपालीहरुको ख्यालसम्म नगर्दा आज ठाउँठाउँमा नेपालीहरुलाई नकारात्मक असर परेकोछ ।

आफुलाई कम्युनिष्टको बेच टाँसेर संसारलाई चिनाउँन खोजेका हँसिया हथौडा अंकित दोसल्ला ओडेर सरकारमा बिराजमान भएकाहरुले आफ्ना नागरिकहरुका लागि रोजगार, सुरक्षा र देशभित्र शान्ति, सुब्यबस्था दिनको लागि ठोस योजना बनाएर जानु पर्दछ । मात्र उखान र टुक्का अनाआबश्यक र जथाभावी बोलेर देशको र जनताको भलो हुने देखिन्न ।

सरकारको भित्रै एकले अर्काको खुट्टा तान्ने सरकार ढाल्ने खेल, देशको सड्कमा राँको बाल्ने बाहेक अरु केहि गर्न सकेका छैनन् । आखिर उनीहरुको यो ब्यबहारले कसलाई फाईदा पुग्छ ? निश्चित रुपमा यो गलत कृयाकलाप आत्मघाती जनघाती र राष्ट्घाती नै हो ।

आज दुनियाँ कोरोनाको कहरमा छ, भोक रोग र शोकमा डुबेको बेला जनतालाई राहत दिनुको सट्टा झनै आहात गरिंदै छ । हामीलाई थाहा छ, यो सरकार कम्युनिष्ट सरकार होईन तर पनि यस्तो विषम परिस्थितिमा त घोर पुँजिवादी वा प्रतिकृयावादीहरुले पनि देशको हितमा एक अर्काको खुट्टा तान्नुको सट्टा मिलेर पक्ष बिपक्ष समेतले यो संकटको बिरुद्ध अभियान चलाउँ छन् । तर हाम्रो देशको कम्युनिष्ट भनेर नथाक्ने यो दुई तिहाईको जमातका कृयाकलाप देख्दा आज बिदेशमा बस्ने नेपालीहरुलाई मुख तोपेर हिंड्ने गराएको छ । धेरै केही नभनि, मात्र सरकारले आकाश तर्फ फर्केर नथुकोस् ।

२२ जुलाई २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *