आक्रोस

जनक पौडेल (रेशम), पाण्डेचरी

म नेपाली भएर के भो ?
देश दिनदाहडै लुटिन्छ भने
म युवा भएर के भो ?
सिमानाका सन्तान
गोलीले भुटिन्छन् भने ।

देश भक्तिको भावना भएर के भो?
दुष्ट्रहरुको रजाई टुलुटुलु हेरिन्छ भने
म स्वाभिलम्भी भएर के भो ?
मेरो देश दलालीले चिनिन्छ भने ।

तातो रातो रगतको अर्थ के भो ?
आमाको रक्षा गर्न सकिन भने 
मेरो आक्रोसको के काम भो र !
देश जोगाउन सकिन भने ।

कति सहुँ चुपचाप अब त अती भो 
किस्तै किस्ता लुट्दै आयो 
देश नै सकिनी भो
पर्व लुट्यो पश्चिम लुट्यो 
उत्तर दक्षिण कहिँ छैन बाँकी
कति निरीह बन्ने हो ।

गोली हानोस् 
छाती थाप्नै पर्ने भो
रगतको बगोस् खोला
अब लड्नै पर्ने भो 
मुठ्ठीमा माटो साँची राखी 
देशको कसम खानु नै पर्ने भो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार