आज ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको भोलि (शुक्रबार) सपथ गर्ने कार्यक्रम छ ।

यस अघि ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

उक्त समयसीमाभित्र कसैको पनि दाबी नपरेपछि संसदमा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार