आज प्रतिगामी एवं राष्ट्रघाती कदमका विरुद्ध सभा हुने

नयाँ दिल्ली, ३० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा आज विरोध सभा सम्पन्न हुने महासचिव ठाकुर खनालले जानकारी दिनुभएको छ । केपी ओलीको प्रतिगामी एवं राष्ट्रघाती कदमका विरुद्ध विरोध सभा आयोजना गरिएको खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार कार्यक्रममा नेपालका पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, ने.क.पा. (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, भाकपा (रेडफ्लेग) काम महासचिव के.एन. रामचन्द्रन, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी लगायत अन्य विभिन्न संघ संस्थाका अध्यक्षहरुले समेत मन्तव्य राख्नु हुनेछ ।

कार्यक्रम विहान ठिक ११ः०० बजेबाट शुरु हुने बताइएको छ । कार्यक्रम फेसबुकबाट समेत लाइभ प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार