आज भ्रमित भएका कार्यकर्ताहरुले नै भोलि तपाइहरुसँग जवाफ माग्नेछन्

  • तारा सोमरे

यो बिषयमा सल्लाह सुझाब भन्दा पनि वहाँहरु कै शैलिमा उत्तर दिन मनलाग्यो । तर जसरी आफ्नो कमिकमजोरिलाई लुकाएर जनतालाई भ्रमित पार्दै संगठन, कार्यकर्ताको चरित्र हत्या गर्दै हिंड्नु भएको छ यो मानवीय र राजनीतिक नभएर अमानवीय र अराजनैतिक सोंच हो । त्यसका साथै सामाजिक भावना भन्दा पनि दोषपूर्ण वैरभाव र प्रतिशोधका आधारमा गर्नुभएको छ ।

पारिवारिक पिडालाई आर्थिक रुपमा केही मद्दत गर्ने उद्देश्य सहित १८१६ देखि २०२१ सम्म करोडौं युवाहरू झोलामा एकजोडी कपडा लिएर आउनेजाने क्रम जारिनै छ, यहाँ (भारत)मा आएर मजदुरी गर्ने क्रममा अनेकौं पिडाहरु झेल्नुपर्छ सो वहाँहरु पनि श्रमजीवी भएको हुँदा त्यो पीडा कति हुन्छ अवगतनै छ, मैले भन्नु र सिकाउनु पर्दैन होला ।

१८१६ देखि १९७९ सम्म आउँदा नेपालीहरुका हकहितमा कार्यगर्ने संघसंस्था भारतका कुनाकुनामा थिए । तर श्रमजीवी जनताको हकहितमा पुर्णतया आवाज उठाउनु भन्दा आफ्नै व्यक्तिगत स्वार्थको लागि कार्य गर्ने गरेका ईतिहास वहाँहरुले पनि अध्ययन गर्नु भएको होला । उक्त संगठनहरुद्धारा श्रमजीवी नेपालीको उद्दार नभएको महशुस गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तत्कालीन (अखिल भारत नेपाली एकता समाज) को सात सदस्यीय केन्द्रीय समिति श्रमजीवी जनताका हकहितमा कार्य गर्ने उद्देश्य सहित ७ नोभेम्बर १९७९ मा बनारसमा संगठन निर्माण भएको थियो ।

संगठनको बिधी– बिधानलाई स्वीकार्दै लाखौंको संख्यामा भारत भरिनै कार्यकर्ता संगठित हुँदै जाँदा विशाल परिवारको रुपमा संगठन निर्माण भएको थियो । यसको कल्पना संगठन बिस्तार गर्न १९७७ देखि नै लाग्नु भएका अग्रजहरुले महशुस गर्नु भएको थियो ।

संगठन निर्माण कार्यमा खटिनुभएका अग्रजहरु तत्कालिन नभएर दृघकालिन विश्लेषण गर्ने नीति, सिद्धान्त बोकेर हिड्नु भएको थियो । जसको प्रत्यक्ष उदाहरण अहिले देख्न सकिन्छ । श्रमजीवीहरुको हकहितमा नीति, सिद्धान्त बोकेर श्रमजिवी जनताहरुका कार्यगर्दै अगाडि बढिरहँदा व्यक्तिगत स्वार्थ र अराजक सोंचबाट प्रेरित भएका कतिपय साथीहरुले आफ्नो स्वार्थमा जनतालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् । वहाँरुले केही सोझा, इमान्दार कार्यकर्ताहरुलाई आफ्नो पक्षमा लैजाने र आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्ने दिउँसै सपना देख्दै हुनुहुन्छ । इतिहासमा पनि यस्ता कैयौं प्रकारका गतिविधिहरु भएका थिए र त्यतिवेला वहाँहरुले पनि मैले भन्दा बढी जान्नु भएको होला ।

जतिजति संगठनमा संकटहरु आए हाम्रो अभिभावकिय संगठन नत कहिल्यै कमजोर भयो, न कार्यकर्ताले हार मान्नु भयो । आफ्नो स्वार्थमा बिचलिए हजारौं निस्वार्थ भावमा कार्यगर्ने कार्यकर्ता उत्पादन भएर एउटा किल्लाको रुपमा अगाडि उभिनु भयो ।

विगतका दिनहरुमा जस्तै अहिले साथीहरु यो संगठनलाई तहसनहस गर्ने उद्देश्य सहित संगठन, कार्यकर्ताको चरित्र हत्या गर्दै हिंडनु भएको छ । आउने दिनहरुमा हजुरका पछि लागेर हिंडने कार्यकर्ताले ठूलो पक्षताप मान्ने छन् । किन की केहि समयको लागि हिज भ्रमित परेर पछि लागेका साथीहरू अहिले अलपत्र हालतमा आज आएर पक्षताप गर्नुभएको छ । आफ्ना कमिकमजोरीहरुलाई लुकाएर जनताको बिचमा टेक्निकली कमिकमजोरी भएको बिषयलाई जसरी सामाजिक सञ्जालद्धारा प्रस्तुत गर्दै चरित्र हत्या गर्नुभएको छ । त्यसको चिरफाड दक्षिण भारतकै कार्यकर्ताले गर्ने छन् । जुन स्टाटस् लेख्दै मूल प्रवाहको धज्जिया उडाउँने कार्य गर्नुभएको छ, भोलिबिहान यसको उत्तर अहिले भ्रममा परि हिंडेका कार्यकर्ताहरुले नै तपाईलाई प्रश्न गर्ने छन् । जसको उत्तर दिन वहाँहरुलाई धेरै अप्ठ्यारो हुनेछ ।

अन्तमा :– आलोचना गर्नुहोस् मानवीय रुपमा रहेर कसैको चरित्र हत्या गरेर अगाडि बढ्ने सपना देख्नुभएको छ भने तपाईको सपना अधुरै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार