आनन्दको उमिया चौकडीमा मूल प्रवाहको एरिया समिति गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

836 जनाले पढ्नु भयो ।

आनन्द, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नडियाड नगर समिति अन्तरगत चक्रोदा उमिया चौकडीस्थित श्रमजिवी नेपालीहरु बिच केन्द्रिय सदस्य गोविन्द बहादुर थापा र भिमसिंह बिष्टको विशेष उपस्थितिमा एरिया भेला सम्पन्न गरिएको छ ।

नारायण न्यौंपानेको सञ्चालन र शेखर दाहलको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई राकेश थापाले स्वागत गर्नुभएको थियो । केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, भिम सिंह विष्ट, आनन्द नगर समितिका राजु सोनी र उपेन्द्र बुढाथोकी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा उपस्थित श्रमजिवीहरु बीच केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र भिमसिंह विष्टले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा नेपालीहरु बीच खेल्दै आएको अभिभावकीय भूमिका र आवश्यकताको बारेमा प्रष्ट्याउनु भएको थियो ।

भेलाले शेखर दहालको अध्यक्षतामा चक्रोदा उमिया चौकडी एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– राकेश थापा, सचिव– नारायण न्यौंपाने, सहसचिव– मनिस बरौताला र कोषाध्यक्ष– लितक थापा रहनुभएको छ । त्यस्तै सदस्यमाः आयुस न्यौंपाने, पदम केसी, पुजारी थापा र राजु सोनी रहनुभएको छ । नयाँ समितिलाई केन्द्रीय सदस्य भिमसिंह विष्ट, राजु सोनी र उपेन्द्र बुढाथोकी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *