आप्रवासी श्रमिकका समस्याबारे अन्तर्राष्ट्रियस्तरमा गरियो छलफल

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको आयोजनामा ‘विदेशमा कार्यरत आप्रवासी श्रमिक मजदुरहरुको अवस्था र चुनौति विषयक अन्तर्राष्ट्रियस्तरको बृहत् अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

जुुम प्रविधिबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेल र श्रम विभागका महानिर्देशक कृष्ण दबाडीको आतिथ्यता रहेको थियो । आप्रवासी श्रमिकहरुका समस्या, उत्पिडन र समाधानका उपायहरुबारे गम्भीररुपमा छलफल गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले जानकारी दिनुभयो ।

आप्रवासी श्रमिकसँग सरोकारवाला विज्ञ चिरन्जिबि बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने टिप्प्णी तथा सुझावकर्ताहरुमा विज्ञहरु डा. मिना पौडेल, चिन्तामणि शिवाकोटि, आप्रवासी श्रमिकको कानुनी अधिकारको पक्षमा अध्यनकर्ता कानुन विज्ञ सोम लुइटेल, कान्तिपुर प्रकाशनको आप्रवासन बिटका सञ्चारकर्की भूम कार्की हुनुहुन्थ्यो ।

साथै प्रवासमा वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिक संगठनहरुका प्रतिनिधिहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव तथा अन्तर्राष्ट्रिय एकता समाजका पदाधिकारी ठाकुर खनाल, कतारबाट लुमकान्त पुन, युकेबाट युरोप नेपाली एकता समाजका अध्यक्ष अर्जुन सुनार, हङकङबाट हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, जापान बाट कृष्ण क्षेत्री सहभागी हुनुहुन्थ्यो।

यसैगरी नेपालमा डब्ल्यूएफटीयूएएमा आबद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल लगाएत १० वटा राष्ट्रियस्तरका ट्रेड युनियन महासंघका पदाधिकारिहरुले टिप्पणी गर्नुभएको थियो ।

विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालका संयोजक प्रेमल कुमार खनालको अध्यक्षता र संचालन सहसंयोजक मोहन स्वारले गर्नु भयको थियो । उक्त कार्यक्रमको सह सञ्चालन भोला पोख्रेल, लालबहादुरपाख्रिन र लोकराज भुसालले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै अन्टुकका अध्यक्ष लोकराज भुसालले देशभित्र उत्पादन र रोजगारी सिर्जना नगर्ने तर रेमिट्यान्सका भरमा राज्य चलाउने मानसिकताले मजदुरहरुको हित हुनै नसक्ने बताउनु भएको थियो । उहाँले आप्रवासी कामदारको समस्या समाधान गर्न देशभित्रै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार