आफ्नो पार्टीको विवादलाई लिएर संसद विघटन गर्नु लोकतन्त्र माथिको कुठाराघात : खड्का

माधव खनाल,

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्काले आफ्नो पार्टीको विबादलाई लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनुभएको छ ।

मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २र ३ ले आयोजना गरेको ‘राष्ट्रियता धर्म निरपेक्षता को रक्षा गरौं ,संघीयता र भ्रष्टाचारको बिरोध गरौं’भन्ने मुल नाराकासाथ मल्लरानिको चुजाठाटिमा भएको बिरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले सो कुरा बताउनुभएको थियो ।

यस्तै बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्रीले केपि वली नेतृत्वको वर्तमान सरकारले जनताको अभिमतलाई लत्याउदै समयावधि भन्दा अगाबै संसद बिगठन गरेको आरो लगाउनुभयो ।

बिरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज रानाले केपि वलीको निरङ्कुसता कारण नेपाल र नेपालीको भविश्य माथी खेलवाड भएको आरोप लगाउनुभयो ।

त्यस्तै,राजमो लुम्बिनी प्रदेश समिती सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख केसवराज आचार्य अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम राजमो मल्लरानी गाउँपालिका अध्यक्ष सुर्य बहादुर नेपालिको अध्यक्षता राजमो मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेलको स्वागत तथा राजमो मल्लरानी गाउँपालिका सचिव जिवलाल खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार