आमाद्वारा छोरालाई मर्म स्पर्शी पत्र

436 जनाले पढ्नु भयो ।

मेरो सन्तान तिमीलाई थाहा छ, जब तिमी मेरो गर्भमा बसेको थियौ नि, म आफुलाई भाग्यमानी मानेको थिएँ, किनकी आमा बन्ने स्वभाग्य प्राप्त भएको थियो । हरेक पल तिमीसँग सुख दुःखको कुरा गर्थें अनि मुहारमा खुसी आउँ थियो । कहिले काही तिमीले मलाई निकै सताउँथ्यौ । गर्भबाट स–साना पाइलाले हान्थ्यौ, म उदास भएको बेला ।

अनि म सोच्थें तिमीले मलाई संसार कै खुशी दिनेछौ । बिस्तारै बिस्तारै तिमी मेरो गर्भमा बढदै गयौ । दिन पनि राम्रोसँग बिति रहेको थियो । एकदिन एकासी यो विश्वव्यापी कोरोना रोग फैलियो तर म डराएन तिमीलाई मैले यो रङ्गी दुनियाँमा लिएर आउनु थियो । म यो रोगलाई परास्त गरेर जित्छु भने हिम्मत जुटाएको थिए, तर मैले सोचेंको केही भएन बाबु–नानी ।

मेरो चाहना थियो, तिम्रो कोमल त्यो शरीरलाई छुन मन थियो । तिम्रो पहिलो रोदन सुन मन थियो । मेरो छातीबाट बहने अमृत तुल्य दुध चुसाउन मन थियो, तर भएन त्यस्तो केही बाबु–नानी । यो संसारमा तिमीलाई जन्म त दिएँ तर मेरो माया ममता दिन सकिन । मैले राम्रो संस्कार राम्रो बाटो देखाउने मौका पाइन । तिमी नरुनु है, बाबु–नानी म यो संसारबाट बिदा भएको छु, तर तिम्रो साथ कहिले छोड्ने छैन ।

खै तिमीलाई कसैले छुन्छन् कि छुँदैनन् थाहा छैन । कोरोनाले आक्रमण अनेकौं नमिठा शब्दको प्रहार गर्छन् होला । जन्म लिंदा बितिकै आमालाई यो संसारबाट बिदा हुने गराइस भन्ने छन् होला । तर तिमी निराश नहुनु, जबजब तिमीलाई मेरो संझनाले सताउने छ बाबु–नानी तब मलाई आकाश तिर हेर्नु त्यहाँ जुन–तारा चम्किनेछ, त्यो तिम्रो आमा हुनेछ भनि संझनु ।

बाबु–नानी तिमी कति रोएको हौला, कति भोक लागेको होला, आमा भन्ने शब्द नै तिम्रो भाग्यमा रहेन्छ । तर तिमी असल र इमानदार बन्नु मेरो नामलाई संसार भर चिनाउनु त्यही महामारीको रुपमा फैलिएको कोरोनाबाट ज्यान गुमाएकीको छोरो हो भनेर । म जन्म दिने आमा पो छैन संसारको सबै आमाहरुलाई सम्मान गर्नु । मेरो पनि कहा मन थियो र तिमीलाई छोडेर जाने के गर्नु त्यो पापी दैवको सामु मेरो केही लागेन । जति लडे पनि हारे बाबु–नानी ।

तिम्रो मुहारमा सधै खुशी देख्न पाउ बाबु–नानी ।

 

आर.एल.संगिता
झिमरुक गापा, तुसारा ७ प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *