इतिहाँसले सुम्पेको जिम्मेवारी पुरा गरौं,  अवसरवादीहरुको भ्रमलाई परास्त गरौं ।

  •   
  •  
  •  
  •  
  •  
  •  

1012 जनाले पढ्नु भयो ।

नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको दबदबा रहेको अवस्था थियो । पार्टी संगठन सञ्चालनको कुरा त परै जावस् जनताले आफ्ना हक अधिकारका बारेमा कुरा गर्न पनि नपाइने अवस्था थियो । कम्यूनिष्ट पार्टी तेश्रो महाधिवेशन पछि छिन्न भिन्न र विभाजित अवस्था थियो । नेकपाले नेपालको राजनीतिक जीवनमा खास भूमिका खेल्न नसकेको कारण पार्टी एकीकृत भएर कायम रहन पनि सकेको थिएन । विस २०२८ सालमा नेकपाको केन्द्रीय न्यूक्लसको गठन भइसकेपछि पार्टी निर्माण कार्य र त्यसको राजनीतिक भूमिका बारे विचार हुन थाल्यो । केन्द्रीय न्यूक्लस कै पहलमा २०३१ सालमा पार्टीको चौथो महाधिवेशन सफल हुन पुगेको थियो । त्यसले संगठन निर्माण, राजनीतिक र कार्यनीतिक जिम्मेवारी तथा देशको तत्कालीक राजनीतिमा पार्टीको भूमिका बारे ठोस निर्णय गर्दै निश्चित दिशा प्रदान गरेको थियो । यहि पृष्टभूमिमा नै भारतमा प्रवासी नेपालीहरुलाई संगठित गर्ने कामहरु भएका थिए । नेपालीहरु माथि थिचोमिचो अन्याय, अत्याचार, अवहेलना व्याप्त थियो । स्वयं नेपालीहरुमा राजनीतिक चेतनाको स्तर निकै कमजोर थियो ।

यहि परिप्रेक्षमा एउटा खुल्ला रुपमा काम गर्न सक्ने गरि सामाजिक संगठन हुनुपर्ने आवश्यकता महशुस गरियो । क. मोहनविक्रम सिंहको पहलमा, मद्रास, दिल्ली, कलकत्ता, वनारस, केरला, गोरखपुर, फरीदावाद जस्ता स्थानहरुमा संगठनका प्रारम्भिक काम शुरु भइसकेका थिए । क. मोहनविक्रम सिंह र क. चित्रबहादुर केसी बीच केरलामा भेटपछि अखिल भारत स्तरीय संगठन निर्माण गर्ने योजना र रुपरेखा तयार भएको थियो । त्यही योजना अनुरुप सन १९७९ नोभेम्बर ७ मा बनारसस्थित विषेश्वरगञ्जको एक धर्मशालामा तात्कालिन अखिल भारत नेपाली एकता समाजको स्थापना गरिएको थियो ।

यस्तो संगिन अवस्थामा स्थापना भएको एकता समाजले आफ्नो संगठनको आन्तरिक व्यवस्थापन गर्नेदेखि लिएर एकता समाजलाई नेपालीहरुको बीचमा स्थापित गर्नु जटिल कार्य थियो, तै पनि पार्टीको सकृय निर्देशनमा क्रमशः यसका गतिविधिहरु अघिबढ्न थाले ।

थुप्रै आरोह अबरोह पारगर्दै एकता समाजले प्रथम देखि सातौं अखिल भारत सम्मेलन सम्पन्न पार्न सफल भएको छ । पाचौँ राष्ट्रिय सम्मेलन भन्दा पहिला रहेको तात्कालिन अखिल भारत नेपाली एकता समाजलाई प्रतिक्रियावादी राज्यसत्ताले हस्तक्षेप गर्दै प्रतिबन्ध लगाउने र रजिष्टे«शन नम्बर समेत खारेज गर्ने कोशिस ग¥यो । त्यसका बाबजुद पाचौं राष्ट्रिय सम्मेलन पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाममा भारत सरकारमा रजिष्ट्रेशन नं ४३१३३÷०२ मा दर्ता भई वैधानिकता पनि प्राप्त गरिसकेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आठौं राष्ट्रिय सम्मेलनको तयारीमा जाँदैछ । एकता समाज भारतभरी छरिएर रहेका नेपालीहरुका विभिन्न खाले समस्याहरु समाधान गर्न सफल हुँदै आएको छ । प्रवासी नेपालीहरुलाई आ–आफ्नो स्थानबाट मतदान गर्न पाउने कानुन बनाउन र संसदमा समानुपातिक प्रतिनिधित्वको लागि संविधानमा संशोधन गर्न नेपाल सरकारलाई दबाव दिंदै आइरहेको छ । संगठनमा आवद्ध गर्ने उनीहरुको चेतनाकोस्तर माथि उठाउने प्रयत्न निरन्तर चलिरहेका छन् ।

स्थापना कालदेखि नै देशभित्र चल्ने राजनैतिक जनआन्दोलनहरुमा सहभागिता र भारतका विभिन्न शहरहरु भित्र संगठनहरु कै आयोजनामा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने । एकता समाजले अन्तर्राष्ट्रिय महत्वका घटनाहरुसँग सम्बन्धित आन्दोलनहरुमा सहयोग, समर्थन र प्रत्यक्ष सहभागिता जनाउँदै आएको छ । राष्ट्रिय जनमोर्चाको आव्हानमा सञ्चालन हुने सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु, सांगठनिक अभियानहरु, निर्वाचनहरुका कार्यक्रमहरुमा नैतिक, भौतिक र आर्थिक सहयोग मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पु¥याउ“दै आएको छ ।

एकता समाजलाई आजको अवस्थासम्म पु¥याउनको लागि साहादात प्राप्त गर्नु हुने सरोज शर्मा र जलजला, एकता समाजको सांगठनिक जिम्माकै शिलशिलामा मृत्यूवरण गर्नु हुने, संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नु हुने, उच्च होस् या न्यूनस्तरको रोजगारीमा समावेश हुनुभएकाहरु जसले यो संगठनलाई आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्नु भयो, पूर्णकालिन रुपमा, आंशिक रुपमा होस् या खास कार्यक्रमहरुका लागि स्वदेशबाट खटिई आउने व्यक्तित्वहरुको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहासमा लामो सुची छ । वहाँहरुको कुनै न कुनै कालखण्डमा अमुल्य योगदान छ । वहाँहरुको योगदानबाटै अहिलेको पिडीले यो संगठन यो अवस्थामा पाउन सफल भएको छ ।

यसरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास सहज र सरल तरिकाले गुज्रिएको छैन । स्थापना गर्दा नै क. मोहनविक्रम सिंहले समानान्तर संगठन बनाउन थाल्यो भन्ने आरोप लाग्यो र सम्बन्धित स्थानमा एकता समाज स्थापना गर्ने निर्णय नै गर्न गाह्रो परेको थियो । स्थापना भएपछि पञ्चायती मण्डलेहरुको प्रत्यक्ष हमला, प्रवासी संघले नेपालीलाई एउटै संगठनमा सामेल गर्न नहुने तर्क अघि सा¥यो, त्यसको कडा प्रतिवाद गर्नु प¥यो । दोश्रो सम्मेलनको संघारमा आएर मध्यपन्थिहरुले सम्मेलन समेत भाड्ने प्रयास गरेका थिए । सो कार्यमा असफल भए पछि वेग्लै संगठन खोलेर त्यसलाई पनि विसर्जन गरिछाडे । कथित तेश्रो धारले निकै भ्रम श्रृजना गरे, सोझा र इमान्दार व्यक्तिहरुलाई पथभ्रष्ट पार्ने प्रयास गरेका थिए वर्तमानमा उनीहरु नगन्य भैकसेका छन् । त्यस पछि पनि केही फुटपरस्त तत्वहरुले मूल प्रवाहमा फूट पार्ने र इतिहासलाई धमिल्याउने प्रयासहरु भइरहे । मूल प्रवाहको एकताले ति सबै प्रयासहरुलाई अफल पारिदियो ।

यतिवेला पनि संगठनबाट निश्काशित व्यक्तिहरु जो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका साधारण सदस्य समेत छैनन्ले आफूलाई खाटी मूल प्रवाह एकता समाजको नेतृत्व बताउँदै संगठनमा पूmट पार्ने कोशिसमा देखिएका छन् । उनीहरुलाई ने.क.पा.(मसाल)ले साधण सदस्य समेत नरहने गरि निश्काशित गरेका व्यक्तिहरु र पार्टीमा जिम्मेवारी वहन गर्न नसकि थन्कीएका व्यक्तिहरु उच्क्याई रहेको छन् । उनीहरुले संगठनका साधरण सदस्यहरुका बीचमा भ्रम छर्ने र आफूलाई अन्याय भएको भन्दै गोहीको आँशु खसाल्दै डिंडेका छन् । उनीहरुको यो सबै संगठनलाई फूट पार्ने नौटंकी बाहेक केही पनि होइन । यसैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रक्तरञ्जित झण्डालाई उचो राख्न इमान्दार र सक्रिय रहौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *