इथियोपियाका ३३ हजार बालबालिका मृत्युको मुखमा

  •   
  •  
  •  
  •  
  •  
  •  

202 जनाले पढ्नु भयो ।

जेनेभा । संयुक्त राष्ट्र सङ्घको बालबालिकासम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै तीमध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ । संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका रूपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ । यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु¥याउन सकिएको छैन । ती बालबालिका र उनीहरूका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पु¥याउनुपर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु¥याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरू विश्वका दाताहरूमा आग्रह गर्नुभएको छ ।

उहाँले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आसामा रहेका बताउनुभयो । उहाँले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरूको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पु¥याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिनुभएको हो । (रासस\सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *