इमान प्रसाद गोरथोकिलाई विदाई

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्ब नगर समित अन्तर्रगत प्रेमगुडि एरिया समितिका सदस्य इमान प्रसाद गोरथोकिलाई एक समारोह बीच विदाई गरिएको छ । गोरथोकिले नोकरीबाट अबकास लिइ सदाको लागि स्वदेश जाने भएकोले उहाँलाई बिदायी गरिएको हो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्व नगर समितिका सचिब कोटि प्रसाद पोख्रेलको सञ्चालन र लक्ष्मण चालिसेको अध्यक्षता एवं अथिति आसनग्रहण पछि शहिदहरूको संझनामा एक मिनेट मौनधारण पछि सहभागिहरुलाई नगर उपाध्यक्ष ओमकान्त शर्माले स्वागत गर्नुभएको थियो ।

उपस्थित सम्पूर्ण नगर सदस्यहरुलेबाट दोसल्ला ओढाइ अबिर लगाई इमान प्रसाद गोरथोकिलाई विदाई गरिएको थियो ।

बिदाइ कार्यक्रममा मूल प्रवाह अखिल भारती नेपाली एकता समाज क्षेत्रीय समितिबाट काशिराम शर्मा, बोमलाल बसेल, पुर्ब नगर समितिबाट ओमकान्त शर्मा, राम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । शुभकामना दिने बक्ताहरुले स्वदेशमा गई एकता समाजले दिएको शिक्षालाई व्यवहारमा लागु गरि सम्पूर्ण खाले अबसरबादलाई परास्त गर्न अग्रसर रहनेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको थियो ।

स्वयं इमान प्रसाद गोराथोकिले स्वदेसमा गई एकता समाजले दिएको शिक्षालाई ईमान्दारिता साथ राष्ट्रिय जनमोर्चामा आबद्ध भई गरिब, निमुखाहरुको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार