इलाहवादमा ११० औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवश मनाइयो

  •   
  •  
  •  
  •  
  •  
  •  

86207 जनाले पढ्नु भयो ।

इलाहवाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति र महिला नगर विभागको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।

महिला विभाग की अध्यक्ष श्रीमती पम्फा न्यौंपानेको अध्यक्षता र श्रीमती गोमा थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय समिति अध्यक्ष राम प्रसाद वस्याल, क्षेत्रीय कोषाध्यक्ष खिमानन्द न्यौंपाने, नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, धर्म समाज महिला अध्यक्ष श्रीमती सीता थापा, धर्मसमाज अध्यक्ष गोपाल मणि काफले लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा उपस्थिति जनसमुदायलाई भवानीप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

सबै उपस्थित जन समुदायलाई सम्बोधन गर्दै क्षेत्रीय समिति अध्यक्ष राम प्रसाद वस्यालले तत्कालीन राजनीति परिस्थिति बारेमा बोल्नु भएको थियो । नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले संगठनको महत्व बारेमा र अन्तर्राष्ट्रिय महिला दिवशको बारेमा बोल्दै हामीहरु ठुलो संख्यामा संगठित भई हामी माथि हुने अन्याय अत्याचारको विरुद्ध आवाज उठाउने चर्चा गर्नुभएको थियो ।

त्यस्तै किसनसिंह परियार, राम बहादुर थापा, दुर्गा प्रसाद न्यौंपाने, कल्पना शर्मा कार्यक्रममा प्रश्न उत्तर कार्यक्रम पनि राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *