उठाै अब लागाै अाफ्नै जन्मभुमि तर्फ

रबि पाैडेल  (पाण्डेचरि)

जागिर थिएन
त्यतिखेर घर छाेछ्नु पर्याे ।
सर्टिफिकेट पकेट मा
काम खाेज्नु पर्याे ।
खाेज्दै जाँदा काम मैले बिदेश मै पाए
सर्टिफिकेट थन्काएर
मैले जागिर खाँए ।
अाफ्नै देश छाेडि हिडे
बिहानि काे लालि
गहभरि अाँसु बगाई
रुन थाली काली
छाेरि पनि रुदै भन्थि
कहाँ जाने बाबा
छाेरा पनि भन्दै थियो
छिट्टै अाउनु बाबा
अामा ,बाबू रुदै भन्थे
जिउकाे ख्याल गर्नु
घरिघरि सम्मि घरमा
फाेन पनि गर्नु ,
अर्कै काे देशमा काम
असी डिक्रि ताताे
मालिकले खान्छ सधैं
कामदार काे साताे ।
कमाउने रहर मा
देशै छाेड्नु पर्ने
याे अबस्था कहिले सम्म
हाम्ले झेल्नु पर्ने ?
देशले मलाई राेकेर नि
राेक्न सकेन
मेरा अाफ्ना समस्या छन
छेक्न सकेन
सर्टिफिकेट दियो देशले
काम खै त दिएको ?
अर्कै काे देशमा हामी पसिना बगाउने
सरकार काे नीति पनि
युवा भगाउने
श्रम जति सम्झौतामा
नेताले डुवाए
बिदेश काे तातो पानी यिनै ले खुवाए
देशले रगत माग्याे भने
हामी जानू पर्छ
देशको सिमा बचाउन
ज्यानै दिनु पर्छ
लुटिएकाे जमिन सबै
फिर्ता ल्याउनु पर्छ
नेपाल काे झण्डा हाम्ले
झुक्न दिनु हुन्न
पुर्खा काे ईतिहास
मेटाउनु हुन्न
हुन्न अब बिदेश मा
यसरी बसेर
उठाै अब
लागाै अाफ्नै जन्म भुमि तर्फ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार