उपत्यकावासीको २७ वर्षदेखिको सपना आज पुरा हुँदै

  •   
  •  
  •  
  •  
  •  
  •  

88 जनाले पढ्नु भयो ।

काठमाडौं । बहुचर्चित मेलम्चीको पानी आज (आइतबार) देखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको छ । यो सँगै मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको २७ वर्षदेखिको सपना पूरा हुँदैछ ।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाको चक्रपथ क्षेत्रभित्र मात्रै पानी पठाउने तयारी गरिएको छ ।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो ।

काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । आज आइतबार र सोमबार चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ भने बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

उपत्यकावासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ।

केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *