एकता समाजका पूराना नेता गिरीप्रति श्रद्धाञ्जलीका दुई शब्द

खिमराज चालिसे, (पंजाब, भारत)

२१ अक्टुबर १९५३ को वाग्लुङ जिल्लाको बुर्तिवाङ भवरेटामा निम्न वर्गिय परिवारमा बुबा स्व.अर्जुन गिरी आमा स्व. कुन्ती देवी गिरीको कोखबाट जन्मिएका याम बहादुर गिरी त्यो समय मै एसएलसी राम्रो अंकमा पास गरि गाउँ मै पोष्ट अफिसमा खर्दार सरहको अस्थायी जागिर खानुभएको थियो तर त्यो जागिर वहाँलाई मन परेन अनि वहाँ १९७२ मा भारतको जालंधर (पंजाब) मा आउनु भयो र एउटा पेट्रोल पंपमा केही वर्ष जागिर गर्नुभयो तर त्यहाँ पनि त्यो जागिरबाट असंतुष्ट भएर वहाँ १९८० मा पञ्जाबको नवाशहरमा पुगी विएलएम गर्ल कलेजमा जागिरमा लाग्नु भएको थियो ।

त्यती वेला भारतमा तत्कालीन अखिल भारत नेपाली एकता समाजको भर्खर भर्खर स्थापना भएको थियो र एकता समाजका पंजाब क्षेत्रका प्रखर नेता राम वहादुर विष्ट लगाएत सँगसँगै एउटै ठाउँ काम गर्ने र एकसाथ संगठनात्मक गतिविधिमा लाग्ने हुँदा वहाँ पनि एकता समाजप्रति निकै आकर्षित हुनुहुन्थो । त्यही कारण वहाँ तात्कालिन नेपाली एकता समाजको संगठन विस्तारको क्रममा १९८१ मा नवांशहर नगर समितिको संस्थापक सदस्य वन्नुभयो ।

समाजमा लागे पछि क्रमशः आप्mना सन्तानहरुलाई पनि सामाजिक भावनाको विकास गराउँदै समाज संगठनका गतिविधिहरुमा सहभागिता गराउनु भयो । फलस्वरूप वहाँको परिवारमा जेठी छोरी शुष्मा खड्का मूल प्रवाह महिला केन्द्रीय विभाग सदस्य एवं मूल प्रवाहको क्षेत्रीय नेता हुनुहुन्छ । स्मरणयोग्य कुरा यो छ कि शुष्मा जी र लक्ष्मण खड्का जीको विवाह पनि संगठन कै सहभागितामा गरिएको थियो । हालांकी विवाह पारम्परिक थियो तर सम्पुर्ण देखरेख संगठन कै थियो । जबकी छोरा सुरज, कान्छी छोरी सुनिता पनि मूल प्रवाहको सदस्य हुनुहुन्छ । याम बहादुर गिरीको विभिन्न समय समयमा विभिन्न अवसरवादीहरुका अनुशासन विहिन र भडकाउ क्रियाकलाप विरुद्ध संघर्ष गरेर मूल प्रवाहको संगठनलाई आवश्यकता अनुसार रक्षा कवजको रुपमा जोगाएर राखि रहने र विभिन्न भडकावबाट वचेर रहेको गौरवमय इतिहास रहेको छ ।

वहाँ सन २०१२ मा ६० वर्षको उमेरमा नोकरीबाट सेवानिवृत्त याम वहादुर गिरी वाग्लुङबाट वसाई सरी रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ९ सालझण्डी वनकट्टामा आए पनि अहिले वहाँको नवाशहर स्थित आफ्नै निवासमा ६८ वर्षको उमेरमा २४ अगस्त २०२० को दुखद निधन भएको हो ।

वहाँको स्थानिय शवगृहमा अंतिम संस्कार गर्नुपुर्व मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर वगाले, परिषद सदस्य लक्ष्मण खड़का (वहाको ज्वाई), महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका (वहाको छोरी)ले संयुक्त रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा ओढ़ाएर श्रद्धांजली अर्पित गर्नुभएको थियो । स्थानिय नेता कार्यकर्ताहरुले पुष्प अर्पित गर्नुभयको थियो । यसरी वहाँको निधनले मूल प्रवाहले एक निष्ठावान, अटल र विश्वासको स्तम्भलाई गुमाएको छ ।

निश्चितरुपमा वहाँको निधन पछि वहाँको कमी हामी सबै कार्यकर्ताहरूलाई सधै रहि रहने छ । शोकलाई शक्तीमा बदल्न अझै तनमनले वहाँका आफन्तहरु समेत सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिंतक झनझन दृढताका साथ संगठन मजवुत बनाउने दिशामा लाग्नु नै सच्चा श्रंद्धान्जली हुनेछ ।

अन्त्यमा दुःखद घडिमा शोकसंतप्त परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दै मृतक का.द याम बहादुर गिरीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु ।

http://nepaliekta.com/%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%95-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%82%E0%A4%9C%E0%A4%B2%E0%A4%BF-2/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार