एकता समाजको चार दशको कार्यक्रम सम्पन्न

भोपाल । मूल प्रवाह भोपाल नगर समिति द्वारा नगर समिति अध्यक्ष किम बहादुर कार्कीको अध्यक्षतामा मूल प्रवाहको ४ दशकको कार्यक्रम सम्पन्न पारेको छ ।

कार्यक्रममा मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष केबी खड़का, क्षेत्रीय कोषाध्यक्ष्य सुरेश पाण्डे, क्षेत्रीय सदस्य लाल बहादुर क्षेत्री, श्रीमती लक्ष्मी रोका, भोपाल नगर समितिका तर्फबाट पीताम्बर पुलामी, बिष्णु अर्याल र नगर समिति सचिव सोनु थापा लगायतले मन्तब्य राख्नुभएको थियो ।

वक्ताहरुले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपालीहरुको पक्षमा लगातार अभिभावकिय भूमिका निर्वाह गर्दै आएको बताए । दुःख, शुख तथा मर्दा पर्दासम्म एकता समाजले श्रमजिवी नेपालीहरुको हितमा काम गर्दै आएको वक्ताहरुको भनाई थियो ।
(केवी पचभैया)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार