एकता समाजद्धारा अमृत आचार्यलाई आर्थिक सहयोग

उद्धव मगर, दोहा कतार । कतार नेपाली एकता समाजले जन गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

विरामी अमृत आचार्यका दाजु अर्जुन आचार्यको नाममा नेपाली रु. एक लाख छपन्न हजार एकसय छयासी १,५६,१८६/– कतारको हिमालय बैंक मार्फत नेपाल पैसा पठाएको कतार नेपाली एकता समाजका वर्तमान अध्यक्ष हेमन्त वाइवाले जानकारी गराउनु भएको छ ।

यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाई नेपाली एकता समाजको तर्फबाट र स्वयं व्यत्तिगत तर्फबाट धन्यावाद प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार