एकता समाजद्वारा शिवकुमारीलाई बिदाइ

दुबई । युएई नेपाली एकता समाजले शिवकुमारी खड्कालाई बिदाइ गरेको छ । जुलाई १७, २०२० का दिन एक कार्यक्रमको आयोजना गरी एकता समाज केन्द्रीय समितिअन्तर्गत महिला विभागकी सदस्य खड्कालाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रम युएई नेपाली एकता समाज केन्द्रीय सदस्य टेकबहादुर थापाको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

महिला विभागकी अध्यक्ष बिनु केसीको अध्यक्षता तथा युएई नेपाली एकता समाजका केन्द्रीय सचिव केपी विरहीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा एकता समाज केन्द्रीय सहकोषाध्यक्ष ललन विश्वकर्मा, महिला विभागकी सल्लाहकार दुर्गा अधिकारी, कोषाध्यक्ष गोमा ढुङ्गाना, सहसचिव निरू शर्मा, सदस्य उषा भण्डारी, अम्बिका गैरेले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले महिला विभागकी एक जुझारु कर्मठ सदस्यलाई नेपाल पठाउँदै गर्दा महिला विभागलाई उहाँको अभाव खड्किइरहे पनि शिवकुमारीलाई नेपाल गएर राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाल भूमिका खेल्न आग्रह गरेका थिए ।

कार्यक्रममा उनलाई अबिर र दोसल्ला ओढाएर सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार